काठमाडौँ- काठमाडौँ ठमेल क्षेत्रको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोक्किँदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ।
बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा१४च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा५८प ३७१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो।
गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनका चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।