भोजपुर- निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन्।
नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लवका चार कार्यकर्ता भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ परेका हुन्।
टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए।
यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिस्ट पार्टीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भर्त्सना गरेको छ। जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।