काठमाडौं– सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय नैतिकता र कर्तव्य बोध गर्नेको खडेरी परेको बताएका छन्।
प्रो जीतेन्द्रध्वज खाँडले लेखेको ‘सुप्रिम गड’ नामक पुस्तकको आज लोकार्पण गर्दै उनले भने, ‘मुलुकलाई अगाडि बढाउन नैतिकवान् मानिस चाहिन्छ । हामीलाई सत्मार्गमा हिँड्न धर्मले सिकाउँछ । त्यसका लागि यो पुस्तकले मद्दत गर्ने विश्वास लिएको छु।’
राजनीतिक अस्थिरता र संक्रमणकालले धेरैलाई गलत बाटोमा डो¥याएको र उनीहरुलाई सही बाटोमा ल्याउन आवश्यक भएको उनको भनाइ थियो ।
ओम् श्री त्रिकुटा गुरुधारा नेपालका गुरु त्रिकुटानन्दले मानिसमा धैर्यता कम हुँदै गएको बताए । प्रो खाँडद्वारा लिखित उक्त पुस्तकमा सर्वोच्च भगवान् भन्ने के हो भन्ने कुरालाई विस्तृत रुपमा वर्णन गरिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।