बार्सिलोना- स्पेनिस 'ला-लिगा'मा बार्सिलोना उपाधि नजिक पुगेको छ। शीर्ष स्थानको बार्सिलोनाले शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ ले हराएर अंक तालिकामा ११ अंकको अग्रता लिएको छ।
बार्सिलोनाका लागि लेङलेटले ४५ मिनेटमा पहिलो गोल गर्दा जोर्डि अल्बाले ६४ मिनेटमा दोस्रो गोल गरे। सोसिडाडका लागि जुवानमीले ६२ मिनेटमा गोल फर्काए।
उता लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले एइबारलाई १-० ले हराएको छ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३३ खेलबाट ७७ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ६८ र एक खेल कम खेलेको रियल म्याड्रिडको ६१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।