• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथामा एलबी स्टाइल

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  ०८:२७
1140x725

हामी साहित्यलाई समाजको ऐना मान्छौं। ऐनाले जसरी कुनै पनि वस्तुको यथार्थलाई प्रस्तुत गर्छ, साहित्यले पनि सोही धर्मलाई अवलम्बन गर्छ। ऐना आफैंमा निर्जीव वस्तु भए पनि वस्तुलाई प्रतिविम्बित गरी सजीवता प्रदान गर्छ। एल.बी. क्षेत्रीकृत ‘इन्द्रमायाको देशमा’ ले पनि समसामयिक राजनीतिक, सांस्कृतिक, आर्थिक पक्षको रहस्य उद्घाटन गरेको छ। नेपाली समाज र नेपालीहरुकै रहनसहन र दिनचर्यालाई प्रमुखताका साथ उठान गरेको यस संग्रहले समाजको एक दस्तावेजका रुपमा काम गरेको छ। 

कुनै पनि कालखण्ड अथवा त्यस बखतको बारेमा जान्नु छ भने तत्कालीन समयको साहित्यको अध्ययन नै समाज थाहा पाउने मुख्य आधार हुन जान्छ। कला र साहित्यले समाजमा घटेका घटनाहरुलाई प्रतिविम्बित गर्नुपर्छ भन्ने जर्ज लुकासको मान्यता र क्षेत्रीकृत ‘इन्द्रमायाको देशमा’ लाई एकै तराजुमा जोख्दा साहित्यलाई समाजको दस्तावेजको रुपमा स्विकार्नुपर्ने हुन्छ। यसर्थ ‘इन्द्रमायाको देशमा’ ले नेपाली समाजकै घटना-परिघटनाहरुलाई समेटेको छ। क्षेत्रीले समाजको सामूहिक भोगाइसँगै आफ्नै वैयक्तिक भोगाइका कच्चा पदार्थहरुलाई प्रशोधन गरी एक दस्तावेजका रुपमा यस संग्रह तयार पारेका छन्। 

२२ वटा कथाले संरक्षित ‘इन्द्रमायाको देशमा’ कथाकार एल.बी. क्षेत्रीको कृतिगत तेस्रो तथा दोस्रो कथा संग्रह हो। यसअघि त्रिशंकुको देशमा ०६४, लघुकथासंग्रह र भीडमा हराएको मान्छे ०७१, कवितासंग्रह प्रकाशित गरी नेपाली साहित्य क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका क्षेत्रीले यस संग्रहमार्फत समसामयिक र मौलिक कथाहरु प्रस्तुत गरेका छन्। 

समय–समयमा देश-विदेशको यात्रा गरिरहने क्षेत्रीले यात्राको क्रममा साक्षात्कार गरेका विभिन्न परिस्थिति र घटनाक्रमहरुलाई नै समाज बुझ्ने आधार बनाएको प्रतिविम्ब उनका कथाहरुमा भेटिन्छ। यात्राले उनका कथाहरुको रेन्ज त बढाएको छ नै, त्यसका साथै कथाका विषयवस्तुहरुमा सजीवता पनि प्रदान गरेको छ। 

नेपालको नारायणगढ, भैरहवा, सुनौली, साथै गोर्खा पल्टन, भारत हुँदै, अस्ट्रेलियासम्मको विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षहरु कथाहरुले उठान गरेका छन्। धनी, गरीब, शिक्षित, अशिक्षित लगायत सीमान्तकृत वर्गका पात्रहरु पनि क्षेत्रीको संग्रहमा अटाएका छन्। समाज र समाजसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण पाटाहरुसँग विमर्श गरी विभिन्न मूल्य, मान्यताहरुलाई ताली र गालीका माध्यमबाट प्रस्तुत गर्नु नै एल.बी. को मुख्य 'स्टाइल' हो। 

संग्रहको पहिलो कथा ‘राष्ट्र निर्माण’ ले देशको विषम परिस्थिति र ओहदामा पदासीन विशिष्ट व्यक्तिहरुले गरिरहेका लापरवाहीलाई व्यङ्ग्यका माध्यमबाट एक मीठो झापड हानेको छ। राष्ट्र निर्माणको जिम्मेवारी पाएका केही प्रभुत्वशाली पात्रहरुहरु एक ठाउँमा छलफलका लागि भेला भए पनि निष्कर्षमा पुग्न नसक्नुले टि.एस. इलियटको ‘हलो म्यान’ कविताको पात्रहरुसँगै मितेरी लगाउन पुगेका छन्। नेपाली राजनीति र प्रशासनको गैरजिम्मेवारीपनाको नाङ्गो रुपलाई व्यङ्ग्यात्मक रुपमा देखाउनु नै एल.बी. को शिल्पकला हो। 

‘रेमिट्यान्सको कथा’ मा अस्ट्रेलियामा भएका नेपालीहरुले भोग्नु परेको दुःख र पीडालाई प्रतिविम्बित गरिएको छ। विदेश जाँदैमा रुखमा पात टिपेझै पैसा कमाउन सकिँदैन, बरु रगत र पसिना चुहाउनु पर्ने यथार्थलाई कथाकार यसरी प्रस्तुत गर्छन्: 

त्यो घरको माथिल्लो तलाको बीस ओटा भन्दा बढी कोठाहरु म र तपाईंकी बुहारीले राति ११/१२ बजेसम्म सफा गर्थ्यो। ... होटलमा भागा माझ्नेदेखि लिएर कार्याल्यहरुमा पोछा लगाउने, चर्पी सफा गर्ने काम समेत गर्नुपर्ने रहेछ। 
- रेमिट्यान्सको कथा, पृष्ठ २७)

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो दशकमा विदेश पलायन हुने संस्कृति नेपालमा ह्वात्तै बढेको छ। पढाइ र जागिरका क्रममा नेपालीहरु खाडीमुलुक, यूरोप, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुगेपश्चात् पेट पाल्नकै लागि उनीहरु जुनसुकै कामहरु अपनाउन बाध्य हुन्छन्। जसलाई कथाकारले छोराबुहारीका माध्यमबाट प्रस्तुत गरेका छन्। उनीहरुले अस्ट्रेलियामा भोग्नुपरेको समस्यालाई नेपालीहरुको सामूहिक विश्वदृष्टि स्वरुप जागृत गराउन सक्नु एल.बी. को अर्को स्टाइल हो। 

शीर्षकथा 'इन्द्रमायाको देशमा' विनिमार्णद्घारा वुनिएको राष्ट्रप्रेम र नारी स्वतन्त्रताको खोजी गरिएको संग्रहकै उत्कृष्ट कथा हो। यस कथामा कथाकारले हेनरिक इब्सेनको अ डल्स हाउसकी मुख्य पात्र नोरा र जर्ज बर्नाड शाकी क्यानडिडासँग नेपाली परिवेशकी इन्द्रमायालाई विश्वका स्थापित चरित्रहरुसँगै स्थान दिएर नारी शक्ति र अधिकारका लागि आवाज उठाउनु पनि एल.बि.को अर्को स्टाइल हो। यसले कथाकारको बौद्धिकतालाई प्रस्ट पारेको छ। 

एक्काइसौं शताब्दीका मानिसहरु जीवन जेटकै गतिमा बाँचिरहेका हुन्छन्। उनीहरु समाजमा आफ्नो नाम स्थापित गर्न, सुखी जीवनयापन गर्न कुदिरहँदा उनीहरुभित्रको मनोवैज्ञानिक विश्लेषण ‘मीठो हाँसो’ र ‘हतारमा’ कथाहरुले गरेका छन्। जसलाई कथाकारले यसरी देखाएका छन्:

ऊ जहिले पनि हतारमा देखिन्छ। उसलाई सुत्नुभन्दा पहिला भोलि जाग्नुको हतार हुन्छ । सुन्नुभन्दा पहिला बोल्नुको हतार, पढ्नुभन्दा पहिला खेल्नुको हतार, पुग्नुभन्दा पहिला फर्किनुको हतार।
- हतारमा, पृष्ठ. ६९)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अन्य’ कथाले देशको राजनीतिक संस्कारको यथार्थलाई चिरफार गरेको छ। हाम्रालाई काखी च्यापी राम्रालाई गलहत्याउने संस्कारको प्रतिनिधित्व कथाका पात्रहरु पार्टी सभापति र उनका समकक्षीले गरेका छन्। ‘रहर’ कथा यस संग्रहको सामाजिक कथा हो। घरपरिवारको उन्नतिका लागि अहोरात्र खटिएको प्रकाशले आफ्ना चाहनाहरु सन्तानका माध्यमबाट पूर्ति गर्ने सपना देख्नु प्रकाशको मात्रै नभएर सम्पूर्ण मानिसहरुकै विश्वदृष्टि हो। 

‘सिमाना’ कथासंग्रहकै उच्च दर्जाको कथाहरुमध्येको एक हो। देशका वरिष्ठ नेताहरु भारत भ्रमणमा जादा त्यहाँका नेताहरु समक्ष नेपालमाथि भएको अन्याय र दमनलाई बिर्सेर आफ्नो स्वाधिनता र स्वाभिमानलाई संकटमा पार्दै आइरहेको महसुस आम नेपालीले गरेका छन्। ‘सिमाना’ कथाले नेपाली अस्तित्व, परिचय र राष्ट्रियता सम्बन्धी विषय उठान गरेको छ। कथाकी मुख्यपात्रले सुनौली नाकामा भारतीय प्रहरी समक्ष गरेको अदम्य साहस र बुलन्द विद्रोहले नारी शक्तिको प्रतिनिधित्व गरेको छ। सीमा प्रहरीले गरेको दुर्व्यवहारको प्रतिउत्तर स्वरुप नारीपात्रले मुखभरिको थुक उसैको सामुन्ने थुकिदिनु र सिंगान ‘ल खा’ भनी फ्याँकिदिएको तथ्यले नारीहरु पनि आफ्नो अधिकार र राष्ट्रियताको मामिलामा बलियो हैसियत राख्न सक्छन् भन्ने कुरा पुष्टि हुन्छ।

केही कथाहरु ‘दर्पदमन’, ‘सोझो मान्छे’ र ‘हतारमा’ मा आकस्मिकताको खोजी गरिँदा कथाको प्रवाह अस्वभाविकतातिर गएको भान पाठकलाई हुन जान्छ। तर पनि, क्षेत्रीले काल्पनिकतालाई भन्दा आफैंले बाँचेको, भोगेको विषयवस्तुलाई प्राथमिकताका साथ यथार्थपरक चित्रण गरेका छन्। कथाहरुमा प्रस्तुत गरिएका विषयवस्तुहरुलाई न्याय दिदै जीवन्त र विश्वसनीय बनाउन सक्नु एल.बी. कथागत अर्को स्टाइल हो। 

वर्तमान युगलाई आधुनिक युग भनेर जति व्याख्या गरिए पनि धर्म, संस्कार र रितिरिवाजको जरा निकै गहिरो हुने प्रंसग ‘रुपान्तरण’ कथाले बोकेको छ। जातीय छुवाछुत र धार्मिक श्रेष्ठताका नाममा गरिने भेदले समाजलाई क्यान्सरले झै थला पारेको छ। देशकै राजधानी पनि यस विकृति र कुरीतीबाट अछुतो नरहेको प्रसंग कथाकार यसरी पोख्छन्:
    
‘तैंले पकाएको भात कसले खान्छ ?’
म झसंग भएँ । यो करा मलाई ज्ञान थिएन ।
‘किन र आमा ?’
‘नबुझे जस्तो नगर । तिमीहरु क्षेत्री । तिमीहरुले
छोएको भात हामीलाई चल्दैन।
- रुपान्तरण, पृष्ठ ५९)

समाजमा विभिन्न जात, धर्म र भाषाभाषीका मानिसहरु बस्छन्। समाजको विकास सबै मानिस एक आपसमा जुट्न सके मात्र सम्भव छ। जीवनको एक कालखण्ड प्राध्यापनमा बताएका क्षेत्रीले यस कुरालाई राम्ररी बुझेका छन्। तसर्थ सामाजिक असमानता, विकृति र विंसगतिहरुलाई साहित्यका माध्यमबाट चिरफार गरी अन्त्य गर्ने पाइला चाल्नु नै एल.बी. को स्टाइल हो। 

प्रयोगात्मक शैलीलाई अनुशरण गरिएको संग्रहको अन्तिम कथा ‘उसले फेरी सपना बुन्नु छ’ ले सीमान्तकृत वर्गको प्रतिनिधित्व गरेको छ। संगीता र जेठाको मनोवैज्ञानिक तरङ्ग, सुनको टप लगाउने सानो सपना र देवरले बिष पिएसँगै उनीहरुको तुहिएको सपनाजस्ता बिल्कुलै सामान्य लाग्ने कुराहरुलाई कथाको मुख्य विषयवस्तु बनाउनु पनि एल.बी. को अर्को स्टाइल हो। यस कथाले सीमान्तकृत वर्गको पिडादायी कथालाई प्रस्तुत गरेको छ। गायत्री चक्रवर्ती स्पीभाककै धारणालाई अनुसरण गर्दै लेखकले सबाल्टर्नको कथा आफूले बोलिदिने प्रयास गरेका छन्। सामाजिक यथार्थलाई प्रस्तुत गरेका कथाकारले प्रभुत्वशाली वर्गले सबाल्टर्नमाथि गर्ने अत्याचार पनि देखाउन चुकेका छैनन्। संगीतालाई कुखुरा साहुसाहुनीले नामले नबोलाउनु र राउसिंहलाई निकै कम तलब दिएर काममा लगाएको प्रसंग कथाकार यसरी लेख्छन्:

जेठाले पनि त्यो काम छाड्छु भनेको साहुले पाँच सय तलब बढाइदियो। ... तर हामीलाई ठिक्क हुन्छ। एक पैसा बच्दैन। 
- उसले फेरि एउटा सपना बुन्नु छ, पृष्ठ ८६)

‘इन्द्रमायाको देशमा’ मा संरक्षित कथाहरुले एल.बी. क्षेत्रीको व्यक्तिगत अनुभव र कालिक वृतलाई राम्ररी प्रतिनिधित्व गरेता पनि उनको लेखनमा धेरै विषयवस्तु छुटेका छन्। संग्रहका कथाहरुलाई पछिल्लो दशकको दस्तावेज भनिए पनि द्वन्द्व र यसको प्रभावका विषयमा कतै पनि उठान गरेको भेटिँदैन। संग्रहका कथाहरुले कथाकारकै भोगाइ र अनुभवलाई धेरै स्थान दिँदा पुस्तक पढ्दै जाँदा कतै कथाकारकै आत्मवृत्तान्त त होइन भन्ने आभास पाठकले गर्न सक्छन्। 

साहित्यिक रसास्वादनमा डुबेर केही पाउन चाहने पाठकहरुलाई यो पुस्तकले त्यति खुसी दिन सक्दैन। आफ्नै भोगाइ र अनुभवलाइ संग्रहमा थोपर्नुको सट्टा नयाँ पुस्तक तयार गर्न सकिन्थ्यो, तर त्यो कुरा नजरअन्दाज गरी क्षत्रीले अन्याय गरेको महसुस पाठकले गर्न सक्छन्। जसले गर्दा एडगर एलन पोले व्याख्या गरेजस्तो प्रारम्भ, मध्य र अन्त्यको तालमेल ‘जवाफ’, ‘उपहार’, ‘अध्ययन गर्न बाकी छ’, ‘शिक्षक आनन्द’ जस्ता कथाहरुमा देखिँदैन। 

यस अर्थमा हेर्दा कोलोरिजको सेकेन्डरी इम्याजिनेसनको झल्को संग्रहका कथाहरुमा भेटिँदैनन्। अरु जे-जे भए पनि पुस्तकमा संरक्षित २२ वटा कथाले हाम्रो समाज र समयलाई कतै न कतैबाट जोडेको कुरा नकार्न सकिँदैन। इन्द्रमायाको जादु चले पनि नचले पनि यसले उठान गरेका विषयवस्तुहरु सापेक्ष छन्। 

   
                    

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्