• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथामा एलबी स्टाइल

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  ०८:२७
1140x725

हामी साहित्यलाई समाजको ऐना मान्छौं। ऐनाले जसरी कुनै पनि वस्तुको यथार्थलाई प्रस्तुत गर्छ, साहित्यले पनि सोही धर्मलाई अवलम्बन गर्छ। ऐना आफैंमा निर्जीव वस्तु भए पनि वस्तुलाई प्रतिविम्बित गरी सजीवता प्रदान गर्छ। एल.बी. क्षेत्रीकृत ‘इन्द्रमायाको देशमा’ ले पनि समसामयिक राजनीतिक, सांस्कृतिक, आर्थिक पक्षको रहस्य उद्घाटन गरेको छ। नेपाली समाज र नेपालीहरुकै रहनसहन र दिनचर्यालाई प्रमुखताका साथ उठान गरेको यस संग्रहले समाजको एक दस्तावेजका रुपमा काम गरेको छ। 

कुनै पनि कालखण्ड अथवा त्यस बखतको बारेमा जान्नु छ भने तत्कालीन समयको साहित्यको अध्ययन नै समाज थाहा पाउने मुख्य आधार हुन जान्छ। कला र साहित्यले समाजमा घटेका घटनाहरुलाई प्रतिविम्बित गर्नुपर्छ भन्ने जर्ज लुकासको मान्यता र क्षेत्रीकृत ‘इन्द्रमायाको देशमा’ लाई एकै तराजुमा जोख्दा साहित्यलाई समाजको दस्तावेजको रुपमा स्विकार्नुपर्ने हुन्छ। यसर्थ ‘इन्द्रमायाको देशमा’ ले नेपाली समाजकै घटना-परिघटनाहरुलाई समेटेको छ। क्षेत्रीले समाजको सामूहिक भोगाइसँगै आफ्नै वैयक्तिक भोगाइका कच्चा पदार्थहरुलाई प्रशोधन गरी एक दस्तावेजका रुपमा यस संग्रह तयार पारेका छन्। 

२२ वटा कथाले संरक्षित ‘इन्द्रमायाको देशमा’ कथाकार एल.बी. क्षेत्रीको कृतिगत तेस्रो तथा दोस्रो कथा संग्रह हो। यसअघि त्रिशंकुको देशमा ०६४, लघुकथासंग्रह र भीडमा हराएको मान्छे ०७१, कवितासंग्रह प्रकाशित गरी नेपाली साहित्य क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका क्षेत्रीले यस संग्रहमार्फत समसामयिक र मौलिक कथाहरु प्रस्तुत गरेका छन्। 

समय–समयमा देश-विदेशको यात्रा गरिरहने क्षेत्रीले यात्राको क्रममा साक्षात्कार गरेका विभिन्न परिस्थिति र घटनाक्रमहरुलाई नै समाज बुझ्ने आधार बनाएको प्रतिविम्ब उनका कथाहरुमा भेटिन्छ। यात्राले उनका कथाहरुको रेन्ज त बढाएको छ नै, त्यसका साथै कथाका विषयवस्तुहरुमा सजीवता पनि प्रदान गरेको छ। 

नेपालको नारायणगढ, भैरहवा, सुनौली, साथै गोर्खा पल्टन, भारत हुँदै, अस्ट्रेलियासम्मको विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षहरु कथाहरुले उठान गरेका छन्। धनी, गरीब, शिक्षित, अशिक्षित लगायत सीमान्तकृत वर्गका पात्रहरु पनि क्षेत्रीको संग्रहमा अटाएका छन्। समाज र समाजसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण पाटाहरुसँग विमर्श गरी विभिन्न मूल्य, मान्यताहरुलाई ताली र गालीका माध्यमबाट प्रस्तुत गर्नु नै एल.बी. को मुख्य 'स्टाइल' हो। 

संग्रहको पहिलो कथा ‘राष्ट्र निर्माण’ ले देशको विषम परिस्थिति र ओहदामा पदासीन विशिष्ट व्यक्तिहरुले गरिरहेका लापरवाहीलाई व्यङ्ग्यका माध्यमबाट एक मीठो झापड हानेको छ। राष्ट्र निर्माणको जिम्मेवारी पाएका केही प्रभुत्वशाली पात्रहरुहरु एक ठाउँमा छलफलका लागि भेला भए पनि निष्कर्षमा पुग्न नसक्नुले टि.एस. इलियटको ‘हलो म्यान’ कविताको पात्रहरुसँगै मितेरी लगाउन पुगेका छन्। नेपाली राजनीति र प्रशासनको गैरजिम्मेवारीपनाको नाङ्गो रुपलाई व्यङ्ग्यात्मक रुपमा देखाउनु नै एल.बी. को शिल्पकला हो। 

‘रेमिट्यान्सको कथा’ मा अस्ट्रेलियामा भएका नेपालीहरुले भोग्नु परेको दुःख र पीडालाई प्रतिविम्बित गरिएको छ। विदेश जाँदैमा रुखमा पात टिपेझै पैसा कमाउन सकिँदैन, बरु रगत र पसिना चुहाउनु पर्ने यथार्थलाई कथाकार यसरी प्रस्तुत गर्छन्: 

त्यो घरको माथिल्लो तलाको बीस ओटा भन्दा बढी कोठाहरु म र तपाईंकी बुहारीले राति ११/१२ बजेसम्म सफा गर्थ्यो। ... होटलमा भागा माझ्नेदेखि लिएर कार्याल्यहरुमा पोछा लगाउने, चर्पी सफा गर्ने काम समेत गर्नुपर्ने रहेछ। 
- रेमिट्यान्सको कथा, पृष्ठ २७)

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो दशकमा विदेश पलायन हुने संस्कृति नेपालमा ह्वात्तै बढेको छ। पढाइ र जागिरका क्रममा नेपालीहरु खाडीमुलुक, यूरोप, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुगेपश्चात् पेट पाल्नकै लागि उनीहरु जुनसुकै कामहरु अपनाउन बाध्य हुन्छन्। जसलाई कथाकारले छोराबुहारीका माध्यमबाट प्रस्तुत गरेका छन्। उनीहरुले अस्ट्रेलियामा भोग्नुपरेको समस्यालाई नेपालीहरुको सामूहिक विश्वदृष्टि स्वरुप जागृत गराउन सक्नु एल.बी. को अर्को स्टाइल हो। 

शीर्षकथा 'इन्द्रमायाको देशमा' विनिमार्णद्घारा वुनिएको राष्ट्रप्रेम र नारी स्वतन्त्रताको खोजी गरिएको संग्रहकै उत्कृष्ट कथा हो। यस कथामा कथाकारले हेनरिक इब्सेनको अ डल्स हाउसकी मुख्य पात्र नोरा र जर्ज बर्नाड शाकी क्यानडिडासँग नेपाली परिवेशकी इन्द्रमायालाई विश्वका स्थापित चरित्रहरुसँगै स्थान दिएर नारी शक्ति र अधिकारका लागि आवाज उठाउनु पनि एल.बि.को अर्को स्टाइल हो। यसले कथाकारको बौद्धिकतालाई प्रस्ट पारेको छ। 

एक्काइसौं शताब्दीका मानिसहरु जीवन जेटकै गतिमा बाँचिरहेका हुन्छन्। उनीहरु समाजमा आफ्नो नाम स्थापित गर्न, सुखी जीवनयापन गर्न कुदिरहँदा उनीहरुभित्रको मनोवैज्ञानिक विश्लेषण ‘मीठो हाँसो’ र ‘हतारमा’ कथाहरुले गरेका छन्। जसलाई कथाकारले यसरी देखाएका छन्:

ऊ जहिले पनि हतारमा देखिन्छ। उसलाई सुत्नुभन्दा पहिला भोलि जाग्नुको हतार हुन्छ । सुन्नुभन्दा पहिला बोल्नुको हतार, पढ्नुभन्दा पहिला खेल्नुको हतार, पुग्नुभन्दा पहिला फर्किनुको हतार।
- हतारमा, पृष्ठ. ६९)

‘अन्य’ कथाले देशको राजनीतिक संस्कारको यथार्थलाई चिरफार गरेको छ। हाम्रालाई काखी च्यापी राम्रालाई गलहत्याउने संस्कारको प्रतिनिधित्व कथाका पात्रहरु पार्टी सभापति र उनका समकक्षीले गरेका छन्। ‘रहर’ कथा यस संग्रहको सामाजिक कथा हो। घरपरिवारको उन्नतिका लागि अहोरात्र खटिएको प्रकाशले आफ्ना चाहनाहरु सन्तानका माध्यमबाट पूर्ति गर्ने सपना देख्नु प्रकाशको मात्रै नभएर सम्पूर्ण मानिसहरुकै विश्वदृष्टि हो। 

‘सिमाना’ कथासंग्रहकै उच्च दर्जाको कथाहरुमध्येको एक हो। देशका वरिष्ठ नेताहरु भारत भ्रमणमा जादा त्यहाँका नेताहरु समक्ष नेपालमाथि भएको अन्याय र दमनलाई बिर्सेर आफ्नो स्वाधिनता र स्वाभिमानलाई संकटमा पार्दै आइरहेको महसुस आम नेपालीले गरेका छन्। ‘सिमाना’ कथाले नेपाली अस्तित्व, परिचय र राष्ट्रियता सम्बन्धी विषय उठान गरेको छ। कथाकी मुख्यपात्रले सुनौली नाकामा भारतीय प्रहरी समक्ष गरेको अदम्य साहस र बुलन्द विद्रोहले नारी शक्तिको प्रतिनिधित्व गरेको छ। सीमा प्रहरीले गरेको दुर्व्यवहारको प्रतिउत्तर स्वरुप नारीपात्रले मुखभरिको थुक उसैको सामुन्ने थुकिदिनु र सिंगान ‘ल खा’ भनी फ्याँकिदिएको तथ्यले नारीहरु पनि आफ्नो अधिकार र राष्ट्रियताको मामिलामा बलियो हैसियत राख्न सक्छन् भन्ने कुरा पुष्टि हुन्छ।

केही कथाहरु ‘दर्पदमन’, ‘सोझो मान्छे’ र ‘हतारमा’ मा आकस्मिकताको खोजी गरिँदा कथाको प्रवाह अस्वभाविकतातिर गएको भान पाठकलाई हुन जान्छ। तर पनि, क्षेत्रीले काल्पनिकतालाई भन्दा आफैंले बाँचेको, भोगेको विषयवस्तुलाई प्राथमिकताका साथ यथार्थपरक चित्रण गरेका छन्। कथाहरुमा प्रस्तुत गरिएका विषयवस्तुहरुलाई न्याय दिदै जीवन्त र विश्वसनीय बनाउन सक्नु एल.बी. कथागत अर्को स्टाइल हो। 

वर्तमान युगलाई आधुनिक युग भनेर जति व्याख्या गरिए पनि धर्म, संस्कार र रितिरिवाजको जरा निकै गहिरो हुने प्रंसग ‘रुपान्तरण’ कथाले बोकेको छ। जातीय छुवाछुत र धार्मिक श्रेष्ठताका नाममा गरिने भेदले समाजलाई क्यान्सरले झै थला पारेको छ। देशकै राजधानी पनि यस विकृति र कुरीतीबाट अछुतो नरहेको प्रसंग कथाकार यसरी पोख्छन्:
    
‘तैंले पकाएको भात कसले खान्छ ?’
म झसंग भएँ । यो करा मलाई ज्ञान थिएन ।
‘किन र आमा ?’
‘नबुझे जस्तो नगर । तिमीहरु क्षेत्री । तिमीहरुले
छोएको भात हामीलाई चल्दैन।
- रुपान्तरण, पृष्ठ ५९)

समाजमा विभिन्न जात, धर्म र भाषाभाषीका मानिसहरु बस्छन्। समाजको विकास सबै मानिस एक आपसमा जुट्न सके मात्र सम्भव छ। जीवनको एक कालखण्ड प्राध्यापनमा बताएका क्षेत्रीले यस कुरालाई राम्ररी बुझेका छन्। तसर्थ सामाजिक असमानता, विकृति र विंसगतिहरुलाई साहित्यका माध्यमबाट चिरफार गरी अन्त्य गर्ने पाइला चाल्नु नै एल.बी. को स्टाइल हो। 

प्रयोगात्मक शैलीलाई अनुशरण गरिएको संग्रहको अन्तिम कथा ‘उसले फेरी सपना बुन्नु छ’ ले सीमान्तकृत वर्गको प्रतिनिधित्व गरेको छ। संगीता र जेठाको मनोवैज्ञानिक तरङ्ग, सुनको टप लगाउने सानो सपना र देवरले बिष पिएसँगै उनीहरुको तुहिएको सपनाजस्ता बिल्कुलै सामान्य लाग्ने कुराहरुलाई कथाको मुख्य विषयवस्तु बनाउनु पनि एल.बी. को अर्को स्टाइल हो। यस कथाले सीमान्तकृत वर्गको पिडादायी कथालाई प्रस्तुत गरेको छ। गायत्री चक्रवर्ती स्पीभाककै धारणालाई अनुसरण गर्दै लेखकले सबाल्टर्नको कथा आफूले बोलिदिने प्रयास गरेका छन्। सामाजिक यथार्थलाई प्रस्तुत गरेका कथाकारले प्रभुत्वशाली वर्गले सबाल्टर्नमाथि गर्ने अत्याचार पनि देखाउन चुकेका छैनन्। संगीतालाई कुखुरा साहुसाहुनीले नामले नबोलाउनु र राउसिंहलाई निकै कम तलब दिएर काममा लगाएको प्रसंग कथाकार यसरी लेख्छन्:

जेठाले पनि त्यो काम छाड्छु भनेको साहुले पाँच सय तलब बढाइदियो। ... तर हामीलाई ठिक्क हुन्छ। एक पैसा बच्दैन। 
- उसले फेरि एउटा सपना बुन्नु छ, पृष्ठ ८६)

‘इन्द्रमायाको देशमा’ मा संरक्षित कथाहरुले एल.बी. क्षेत्रीको व्यक्तिगत अनुभव र कालिक वृतलाई राम्ररी प्रतिनिधित्व गरेता पनि उनको लेखनमा धेरै विषयवस्तु छुटेका छन्। संग्रहका कथाहरुलाई पछिल्लो दशकको दस्तावेज भनिए पनि द्वन्द्व र यसको प्रभावका विषयमा कतै पनि उठान गरेको भेटिँदैन। संग्रहका कथाहरुले कथाकारकै भोगाइ र अनुभवलाई धेरै स्थान दिँदा पुस्तक पढ्दै जाँदा कतै कथाकारकै आत्मवृत्तान्त त होइन भन्ने आभास पाठकले गर्न सक्छन्। 

साहित्यिक रसास्वादनमा डुबेर केही पाउन चाहने पाठकहरुलाई यो पुस्तकले त्यति खुसी दिन सक्दैन। आफ्नै भोगाइ र अनुभवलाइ संग्रहमा थोपर्नुको सट्टा नयाँ पुस्तक तयार गर्न सकिन्थ्यो, तर त्यो कुरा नजरअन्दाज गरी क्षत्रीले अन्याय गरेको महसुस पाठकले गर्न सक्छन्। जसले गर्दा एडगर एलन पोले व्याख्या गरेजस्तो प्रारम्भ, मध्य र अन्त्यको तालमेल ‘जवाफ’, ‘उपहार’, ‘अध्ययन गर्न बाकी छ’, ‘शिक्षक आनन्द’ जस्ता कथाहरुमा देखिँदैन। 

यस अर्थमा हेर्दा कोलोरिजको सेकेन्डरी इम्याजिनेसनको झल्को संग्रहका कथाहरुमा भेटिँदैनन्। अरु जे-जे भए पनि पुस्तकमा संरक्षित २२ वटा कथाले हाम्रो समाज र समयलाई कतै न कतैबाट जोडेको कुरा नकार्न सकिँदैन। इन्द्रमायाको जादु चले पनि नचले पनि यसले उठान गरेका विषयवस्तुहरु सापेक्ष छन्। 

   
                    

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति?
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्