म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शनिबार भएको खेलमा टोटनह्यामलाई १-० गोलले पराजित गरेर शीर्ष स्थानमा पुन स्थान बनाएको हो।
सिटीलाई जित दिलाउन फोडेनले खेलको पाँचौ मिनेटमै गोल गरेका थिए।
लिगको शीर्ष स्थानको सिटीको ३४ खेलबा६ ८६ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको ८५ अंक छ। टोटनह्याम ६७ अंक जोडेर तेस्रो स्थानमा छ। आर्सनल ६६ अंक जोडेर चौथो, चेल्सी ६६ अंक जोडेर पाँचौ र म्यानचेस्टर युनाइटेड ६४ अंक जोडेर छैटौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।