घोराही- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ।
आर्मीले कर्णाली प्रदेशमाथि ७–० विशाल गोल अन्तरको जित निकालेको हो । देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा नेपाल आर्मीका विवेक बस्नेतले खेलको १२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको २१ औ मिनेटमा अर्को गोल थपे । खेलको ५६ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दैै ह्याटिक पुरा गरेका थिए ।
यसैगरि खेलको २९ औ मिनेटमा टेक बुढाथोकीले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाए । पहिलो हाफमा ३ शुन्यले पछि परेको कर्णाली प्रदेश दोस्रो हाफमा थप ४ गोल खान पुग्यो । खेलको ४३ औ मिनेटमा टेक बहादुर बुढाथोकी तथा खेलको ६२ र ७६ औ मिनेटमा सुमन अर्यालले गोल गरे ।
आर्मीसंग कडा प्रतिस्प्रर्धी देखिएको पुलिस प्रदेश २ संग भने फितलो खेल पस्केको थियो । शुरुवातबाट नै आक्रमक खेल पस्केको प्रदेश नं. २ पुलिसलाई बराबरीमा रोक्दै अंक बाडेको छ । खेलको २९ औ मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर खेलको ३७ औ मिनेटमा प्रदेश नं. २ का निर बहादुर आलेले गोल फर्काउदै बराबरीमा ल्याए । खेलको ४३ औ मिनेटमा पुलिसका हरि कठायतले अर्को गोल गरे । सुमन लामाको क्रममा हरिले आर्कषक गोल गर्दै खेलमा पुनः अग्रता दिलाएपनि प्रदेश नं. २ का टंक बहादुर सिग्देलले बराबरी गोल गरेका थिए ।
आईतबार लिग चरणको अन्तिम दिनको खेलमा सुदुरपश्चिमाञ्चल प्रदेशले त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेशसंग सामना गर्ने छ ।
महिला फुटबल
दाङको बेलझुण्डीमा शनिबार भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नम्बर ३ विजयी भएको छ । उसले प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा २ गोल कप्तान ममता थापा मगरले गर्दा एक गोल पार्वती घलेले थपिन्।
पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको प्रदेश तीनले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
दोस्रो हाफ शुरु भएको पाँच मिनेट पछि नै प्रदेश तीनका लागि कप्तान ममता थापा मगरले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले पनि २–० को अग्रता बनाएको थियो । यसैगरी ६२ औं मिनेटमा पार्वती घलेले एक गोल थपिन् । त्यसपछि गोल नभएपछि प्रदेश तीन विजयी हुन सफल भयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।