काठमाडौं- आइपिएल क्रिकेटमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पुनरागमन गरेका छन्। पछिल्लो पटक रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका दिल्ली क्यापिटल्सका बलर सन्दीपले शनिबार मौका पाए।
उनले शनिबार किंग्स ११ पञ्जावविरुद्ध ३ विकेट लिएका हुन्। सन्दीपले ४ ओभर बलिङ गर्दा ४० रन दिए। उनले १२ बल डट फ्याँक्दा ६ चौका र २ छक्का दिए।
उनले खेलमा पन्जावका दुवै ओपनिङ ब्याट्सम्यानलाई आउट गरे। ओपनर केएल राहुललाई विकेटकिपर रिशव पन्तबाट क्याच गराएका सन्दीपले आफ्नो दोस्रो विकेटको रुपमा क्रिस गेललाई आउट गरेका थिए।
दोस्रो ओभरमै बलिङको मौका पाएका सन्दीपले राहुललाई १२ रनमा आउट गरेका थिए। सन्दीपले १२औं ओभरको दोस्रो बलमा क्रिस गेललाई आउट गरे। पहिलो बलमा छक्का प्रहार गरेका गेल दोस्रो बलमा क्याच आउट भए। गेलले लामो सर्ट प्रहार गरे पनि कोलिन इनग्रामले बाउन्डीमा क्याच गरेर फ्याँकेका थिए। फ्याँकेको बल अक्षर पटेलले क्याच गर्दा गेल ३७ बलमा ६९ रन जोडेर आउट भए। सोहि ओभरको अन्तिम बलमा सन्दीपले साम कुरानलाई शून्य रानमा आउट गरे। कुरानलाई सन्दीपले आफै क्याच गरेका थिए।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।