आर्मीकी कमला श्रेष्ठ।
नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तरगत शनीबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकास केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे ।
पुरुष ६७ किलो तौल समुहमा प्रकासले स्न्याचमा १०३, क्लीन एन्ड जर्कमा १२२ तथा तथा कुल २२५ किलो भार बहन गर्दै तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
महिला ५९ किलो तौल समुहमा कमलाले स्न्याचमा ७०, क्लीन एन्ड जर्कमा ८० तथा कुल १५० किलोको तीन वटा कीर्तिमान कायम गरेकी हुन् । सो स्पर्धामा पुलिसकी जुनु माया छन्त्यालले रजत तथा गण्डकी प्रदेशकी टिका माया गुरुङले काश्य पदक जिते।
देवीलाई पद्छाउदै आर्मीकी मनिषा रानाभाटले रजत तथा गौरी चौधरीले काश्य पदक जिते । यसैगरी, पुरुष ६७ किलोमा आर्मीकी जिवन तामाङले रजत तथा गण्डकी प्रदेशका धन बहादुर झाक्रीले काश्य पदक जिते ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।