• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : योजनाको अन्त्य

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  ०६:२९
1140x725

म नागडाँडामाथिको सानो पहाडलाई फनक्क घुमेर काडे पुग्दा मानिसहरु भर्खर पसल खोल्न लागेका थिए।  जस्ताले बारेर बनाएका लस्करै घरहरुमा टिमिक्क मिलाएर उत्तिसका फलेकहरु राखिएका छन्। मलाई यस्तो पुरानो बजार देख्यो कि बाल्यकालको खूब सम्झना आउँछ। आफ्नो आयतन बढाउन पनि नसक्ने, खुम्च्याउन पनि नसक्ने यस्तो बजारमा म फरक किसिमको अपनत्व अनुभूति गर्छु। 

आधाजस्तो पिच उध्रिएको यो पुरानो बाटो हुँदै एक घन्टा जस्तो अघि बढ्यो भने, कुश्मा बजार नआउँदै टिनैटिनले बनेको एउटा सानो बस्ती आउँछ, सुन्दरेखोला। मैले बाह्रखरी नसिक्दै हजुरबुवा त्यहाँ पसल गर्नुहुन्थ्यो। वनस्पति घ्यू आउने टिनका भाँडामा मट्टिटेल बेच्न राखिन्थ्यो। सबका सब पसलमा मट्टितेलको गन्ध आउँथ्यो। मेरो अचेतन आज पनि त्यहाँ पुग्दा त्यही मट्टितेलको गन्ध खोजिबस्छ।  

हुस्सुका स-साना झोक्का कालो खिया बसेका जस्तालाई स्पर्श गर्दै उकालो लागे। लुगलुग काम्ने चिसो त छैन, तर यो नेपालको चेरापुन्जीमा बसेर अदुवा मिसाएको एक कप चिया नखाएसम्म उकालो लाग्नै मन लागेन। यो खोंच कस्तो अचम्मको! जस्तो पानी पर्छ, उस्तै चिसो सिरेटो चल्छ। च्यांग्राको छालाले मोडेको एउटा मुडा ताने, र बस्दै भने 'दिदी, एक गिलास चिया।'

साहुनीले इसाराले हुन्छ भनिन्। म बसेको मुडाले भर्खर तिनले लिपेर गएको पेटी उप्कायो। मनमनै माफी मागेँ। अहिले तिनको वाचाल हृदयमा पहिलो ग्राहक पाएको खुसी होला कि पुरानो गाउनको फेरो हिलाम्मे पार्दै पोतेको पेटी उध्रेको आक्रोश? जे होस्, साहुनी केही बोलिनन्, मलाई भने थकथकी लागिरह्यो।  

साहुनीले माटोको चुल्होमा आगो सल्काइन् र सिलाबरको दिउरीमा चिया उमाल्न थालिन्। साहुनीको अनुहारमा ज्वालाको सानो सोडियम उज्ज्यालो पोखियो, चिसोले गाला फुटेर परेका चिरा काला भएका थिए। साहुनीको छातीमा हेर्नेबित्तिकै काखे बच्चा छ, हुर्कंदै छ जस्तो लाग्थ्यो। वक्षको वरिपरि आलो दूध सुकेका टाटा देखिन्थे। मलाई यस्ता नारीको शरीरबाट आउने (सु)गन्धमा अलौकिक मातृस्नेह अनूभूति हुन्छ।

साहुनीले चियादानीले सुस्तरी चिया फिट्न थालिन्, मानौं अबका दिनहरुलाई पनि उनी यसरी नै फिटेर बाँड्दिन चाहन्छिन्। म साहुनीलाई नियाल्दै ट्र्याकको गोजीबाट एउटा सूर्य निकालेर सल्काउँदै धूवाँ हुस्सुमै मिसाएँ। उनले शीशाको पाटा परेको गिलासमा चिया ल्याएर मलाई थमाइन्।  

यायावर बनेर यात्रामा निस्केको छु आज। लान्द्रुक पुगेर बस्ने योजना तुनेर निस्केको हुँ। यहाँबाट लगभग एक घन्टाको ठाडो उकालो हिँडेर अस्ट्रेलियन बेसक्याम्प पुगिन्छ, त्यसपछि लगातार तीन-चार घन्टा हिँडेर लान्द्रुक। कृषि अनुसन्धान केन्द्रको गेटलाई कोछेटे (कोल्टे) पार्दै म डाँडाको फेदतिर लम्किएँ। 

माथि बेसक्याम्पबाट विदेशी पर्यटक ओरालो झर्दै थिए। मोटो तर उस्तो भद्दा नदेखिने एक बूढो पुकार खाजाघर नजिकैको चौतारीमा सुस्ताउँदै थियो।  

nimb
nimb
Ncell 2
Ncell 2

'हेलो ! नमस्ते', उसको नमस्ते अंग्रेजी लबज मिसिएर झन् मिठो भएर आयो। 

मलाई उकालो काट्नु थियो। प्रत्येक सुस्केरापछि म केही न केही ऊसँग गफिन पाउँथेँ। बाटो काट्ने गज्जबको काइदा पनि त हो यो।

'ह्वेर आर यू फ्रम?'

'फ्रान्स, एन्ड यू?' – उसले पहेला दाँत ङिच्च पार्दै बोल्यो। यतिबेला ऊ उसको उमेरभन्दा जवान लाग्यो। मैले उसलाई नेपाली भएको परिचय दिएँ।

'कति समय बस्छौ?'

'मलाई पनि यकिन छैन। हेरुँ, तेरो देशको हिमालले कति लोभ्याउँछ!'

'कहाँ पुग्ने योजना छ?'

'म योजना बनाउँदिनँ।' 

कस्तो अप्ठेरो मान्छे!  प्रत्येक प्रश्नको अन्टसन्ट मात्र जवाफ दिन्छ। प्रत्येक गोरा यति दिन यति हप्ता बस्छु भन्थे, यो कि म जस्तै यायावर हो या मसँग यस्तै जवाफ दिने मुडमा छ।

'किन योजना बनाउँदैनौ?'

'मलाई योजनाहरुको सुखद सुरुवात हुन्छ भन्ने थाहा छ।'

'योजनाहरुले अन्त्य पनि त सुखद ल्याउँछन्।'

'हो ! मलाई थाहा छ, योजनाहरु सुखद अन्त्यका लागि बनाइन्छ। तर, अन्त्य योजना जत्तिकै सुखद हुँदैन। मसँग यसको लामो अनुभव छ।'

'कस्तो अनुभव?'

'हरेक रात योजना अस्ताएको र हरेक रात योजना उदाएको हेरेर बिताएको नमीठो अनुभव।'

'के अन्तिम पटक योजना उदाएको दिन उस्तै रह्यो?'

'रहेन, तर योजनाको अर्थ खोसियो।' 

उसले बलियो असहमति राख्यो। हँ? के यो बूढोले सही भनिरहेछ? हो, सोचेअनुसार योजनाको अन्त्य भएन भने त्यसभन्दा नमज्जा के होला!

'के तिमी यही कारणले मात्र योजना बनाउँदैनौ?'

मेरो यो प्रश्न खस्न नपाउँदै उसले आँखा चिम्सा पार्‍यो। अनुहारको भाव बदलिएर अर्को एक झोक्का रातो पोतियो। भर्खरै धमनीमा आएको रगत अनुहारबाट फर्केन क्यार।

'होइन! खास मेरो जिन्दगी आवेगको आगोमा जलेर सकियो। आवेग जसले योजना बिगार्छ, अर्थात् योजनामा आवेग हुँदैन।'

ऊ यति भनेर शान्त भयो। सोचेँ, यसले अति गम्भीर कुरा सामान्यीकरण गर्न भ्यायो।
 
मैले झोलाको बाहिरी जाली-खल्तीबाट पानीको बोतल निकालेर पिएँ। उसले मतिर पुर्लुक्क हेर्‍यो।, मायालु पारामा। साँच्ची, पहिलो पटक उसको आँखामा संवेदना पोखियो।

'योङ्ग म्यान' – उसले जिस्कँदै बोल्यो।

'यस ओल्ड म्यान।'

'मैले तेरो जस्तै उमेर ला सान्तेमा बिताएँ, अर्थात् जेलमा। म पूर्वकैदी हुँ।' 

कतै पढेको सम्झिएँ- ‘ला सान्ते’ पेरिसको कुख्यात जेल हो।
 
'म हरेक बिहान जेलबाट भाग्ने योजना बनाउँथेँ। लिटल म्यान, त्यहाँको सुरक्षा एकदम कडा छ, तर पनि म योजना बनाउँथेँ। प्रत्येक रात म जेलबाट निस्किने योजना बुन्थेँ। म मात्र होइन, संसारका सबै कैदी सायद यसै गर्छन्। तर, रात त्यस्तो हुँदैनथ्यो, यसै उज्यालो भइजान्थ्यो। मेरो समय उज्यालो-अँध्यारोले होइन, मेरो सोचाइले निर्धारण गर्थ्यो। जस्तो कि मेरो साँझ जम्मै जेलबाट भाग्ने योजनाको उकुसमुकुसमा बित्थ्यो।'

उसले यति भनेर लामो सास फेर्‍यो।
 
'कति दिन बितायौ जेलमा?'

'जम्मै जवानी', यसो भन्यो र मुस्कुरायो।
 
'के गर्‍यौ र त्यस्तो?'

'आई एम मर्डरर अफ माई लभ एन्ड लाइफ…' उसको भनाइ नसकिँदै मैले ऊतिर हेरेँ,  ऊ कतैबाट अपराधी देखिँदैनथ्यो। मलाई विश्वास नै लागिरहेको थिएन। ऊ त पेन्सनर आर्मी जस्तो देखिन्थ्यो।
 
बाटो उकालो सकिएर तेर्सो लाग्यो, अघि छोपिएको माछापुच्छ्रे कोछेटे (कोल्टे) पर्दै देखिन थाल्यो। बूढोले झोला बिसायो र क्यानन क्यामेरा निकाल्यो।
 
लामा आँखीभौंले छोपेका आँखाले लेन्समा हेर्दै थियो, मैले अनायासै सोधेँ, 'कसरी मार्‍यौ?'
 
'वाइनको ग्लासले', उसले छोटो जवाफ दियो। मलाई भने जवाफ रुखो लाग्यो। यसले गिलासलाई हतियार बनाइदियो।
 
'को मार्यौन?'
 
'प्रेमिका' – यतिखेर भने उसले मतिर हेरेन, सायद अपराधबोध गरिराखेको होला।
 
ढुंगाले बारेको पर्खालको मुनि सानो चउरमा केटाकेटीहरु पिङ खेलिरहेका थिए। हामी छेउको गेस्टहाउस अगाडि बस्यौं। 

उसले समातिराखेको लट्ठी छेउमा राख्यो र बोल्यो, 'मेरी एमी त्यसदिन खूब राम्री देखिएकी थिई। हामी आरोनको बर्थडे मनाउने सुरसार गर्दै थियौं। लिटल म्यान, आरोन हाम्रो छोरो हो। म कसरी भनूँ, आरोन पाँच वर्षको भएको थियो, तर एमी कुनै हालतमा विवाहित देखिँदैनथी। बर्थडे पार्टी सकिँदासम्ममा मैले अलिक धेरै पिइसकेको थिएँ। एमी पाब्लोसँग जिस्किरहेकी थिई, पाब्लो मेरो अफिसको हाकिम थियो, तर मेरै उमेरको।' 

यति भनेर लामो सास तान्यो।
 
'मलाई दुवैसँग खूब रिस उठेको थियो। विशेषगरी पाब्लोसँग, सायद अफिसको हाकिम भएर पनि होला। हत्तपत्त प्यालाको वाइन फालेर टेबलको डिलमा हिर्काएँ। क्या अजीव हतियार बन्यो त्यो!'
 
अनि?' – मैले यस्सै सोधेँ। नसोधेको भए पनि बूढो रोकिनेवाला थिएन। बरु उल्टै मेरो शब्द बुझ्न एकछिन अल्मलियो।
 
'मैले पाब्लोलाई ताकेर गिलास उठाएँ। तर, ऊ एमीको पछिल्तिर सोफाको ग्यापमा पल्टियो। अनि नसोचेको भयो, ग्लास एमीको छातीमा गाडियो। पाब्लो त्यहाँबाट भाग्यो।'
 
'के तिमीले त्यति मात्रै गर्‍यौ?'

'होइन, मलाई एमीको छातीमा दाग लागेको कत्ति मन परेन। कताकता अलि नमिलेको लाग्यो। बरु सोचेँ, दाग पनि मिलेर लागोस् र अर्को पटक हिर्काएँ। मलाई अहिले सम्झना छैन, कति पटक हिर्काएँ।' 

उसले यति भन्दा उसका आँखामा एक भुल्को मूल रसायो।
 
'मैले प्रेम र जिन्दगी दुवैको हत्या गरेँ', उसले फेरि बिस्तारै बोल्यो।
 
'होइन, तिमीले योजनाको समेत हत्या गरेछौ। त्यसैले तिमीले फेरि योजना नै बनाउन सकेनौ',  म बोलेँ।
 
'हाउ? लिटल म्यान!'
 
'के तिमीले एमीसँग कुनै योजना बनाएनौ? आरोनबारे केही सोचेनौ?'
 
'थिए नि, किन नहुनु! पेरिसको बाहिरपट्टि एउटा सानो घर बनाउने योजना। अँ साँच्ची, हामी अर्को छुट्टी मोनाकोमा बिताउन चाहन्थ्यौं।'
 
'हो, तिमीले त्यसको पनि त हत्या गर्‍यौ। त्यसपछि तिमीलाई योजनाहरुले कहिल्यै साथ दिएनन्!'
 
'लिटल म्यान, यु आर करेक्ट! अँ त है, मैले योजनाको पो हत्या गरेछु।' के सोच्यो खै बूढोले, ऊ एकतमास मुस्कुरायो।
 
मैले एक कप कालो चिया मगाएँ। बूढोले केही मगाएन।
 
'तिमीले दुई सेट योजनालाई मारिदियौ', मैले भनेँ।
 
'कसरी?', उसले आँखीभौं खुम्च्यायो।
 
'एमीका र तिमीहरुको साझा।'
 
'त्यसो भए चार योजना भन्नु ठीक हुन्छ। म थिएँ, आरोन पनि त थियो।'
 
'अँ, ठीक छ। के तिमी स्विकार्छौ, योजनाबिना मान्छे बाँच्न असम्भव छ?'
 
'इलाबोरेट लिटल म्यान।'
 
'तिमीसँग तिमीले एमीको हत्या गर्नुअघि कति योजना थिए? तिमी यो कुरा अस्वीकार गर्दैनौ होला, तिमीसँग त्यसपछि पनि योजना थिए, जस्तो: कुन वकिल भेट्ने, अदालतमा के भन्ने वा जेलबाट कसरी भाग्ने…' , मैले चिया सुरुप्प पार्दै यति बोले।
 
'त्यो त हो।'
 
'एब्सोलुट्ली! योजनाको हत्या असम्भव छ, जबसम्म तिमीले मान्छे मार्दैनौ। नत्र योजनाले प्रारूप परिवर्तन गरिरहन्छ, तर मर्दैन।'
 
बूढो एकछिन कतै हरायो र बोल्यो, 'हो, मैले दुई सेट योजनाको हत्या गरेको रहेछु।'
 
काठमाडौं भएको बेला नीतिकाले सौराहा घुम्न जाऊ भनेकी थिई। उसले मसँग जान खूब रहर गरेकी थिई, मैले हुन्छ पनि भनेको थिएँ। तर, कुन लहडले म यता हान्निएँ। पोखरा आएपछि उता जान मन लागेन। मैले यस्तो धेरै पटक गरेको छु, उसले मसँगै देखेको योजना गलहत्याएको छु। पटकपटक मसँग देखेको योजना लत्याउनु र मान्छे मार्नुमा खास अन्तर के नै रह्यो र! मैले आफैंलाई पनि त कैयौं पटक मारेँ। मलाई एक्कासी एउटा अपराधबोधले छोप्यो।
 
'लिटल म्यान, आर यू ओके?' – बूढोले यसो भन्दा म झसंग भएँ।
 
'आई एम गुड। तर, एकछिन है।'
 
ब्याकप्याक उठाएँ, लट्ठी समाएँ र गेस्टहाउसबाट तेर्सो लागेँ। तल पोखरा, फेवामाथि हिमाल उभिएको डाँडाको टाँकुरामा 'वे टु धम्पुस' लेखिएको थियो। धम्पुसबाट सीधै ओरालो लाग्यो भने फेदी हुँदै पोखरा पुगिन्छ। हो, म त्यतै लागेँ, जहाँ मसँगै कसैले योजना बनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति?
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्