महिला २ मिटर दौडमा स्वर्ण जितेकी आर्मीकी सरस्वती चौधरी (पहेँलो) ।
बेलझुन्डी- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको तेस्रो दिन नेपाल आर्मीले ३ स्वर्ण जितेको छ। आर्मीले महिला २ सय मिटर दौड, पुरुष डिस्कस थ्रो र पुरुष हाइजम्पमा स्वर्ण जितेको हो।
सशस्त्रले प्रहरीले २ स्वर्ण जितेको छ। उसले महिला हाइजम्प र पुरुष २ सय मिटरमा पहिलो स्थान हात पार्यो। तेस्रो दिन नेपाल पुलिसले भने स्वर्ण जित्न सकेन।
पुरुष २ सय मिटर दौडमा सशस्त्र प्रहरीका आशिष चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी २१.८३ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन्। दाङको बेलझुन्डी रंगशालामा भइरहेको प्रतियोगितामा नेपाल आर्कीका अभिषेक चौधरीले निर्धारित दूरी २२.४६ सेकेन्डमा कुदेर रजत पदक हात पारे। यस्तै प्रदेश ४ का प्रकास रानामगरले २२.५१ सेकेन्डमा निर्धारित दूरी पार गरेर कास्य पदक हात पारे।
महिला २ मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितिन्। उनले २६.२६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्। प्रदेश ५ की जयरामी चौधरीले २६.३६ सेकेन्डमा दौड पूरा गरेर रजत र आर्मीकी कृष्णा चौधरीले २६.६५ सकेन्डमा निर्धारित दूरी पार गरेर कास्य पदक हात पारिन्।
पुरुष हाइजम्पको स्वर्ण आर्मीका सूर्यबहादुर खत्रीले हात पारे। उनले १.८५ मिटर नाघेर स्वर्ण हात पारेका हुन्। नेपाल पुलिस क्लबका गोपाल चौधरी १.७५ मिटर नाघेर दोस्रो हुँदा प्रदेश ३ का विकास ठकुरीले १.७० मिटर नाघेर तेस्रो स्थान हात पारे।
महिला हाइजम्पमा सशस्त्र प्रहरीकी रिता चौधरीले स्वर्ण पदक हात पारिन्। उनले १.५० मिटर नाघेकी थिइन्। आर्मीकी खगिता सिंजालीले १.४८ मिटर नाघेर रजत र प्रदेश १ की विन्द्रा चौधरीले १.३५ मिनेटर नाघेर कास्य पदक जितिन्।
पुरुष डिस्कस थ्रोको स्वर्ण आर्मीका चित्रबहादुर वलीले जिते। उनले ३६.०२ मिटर पर डिस्कस फ्याँकेका थिए। नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३३.५० मिटर फ्याँकेर रजत र प्रदेश १ का रन्जिल श्रेष्ठले ३२.६५ मिनेट फ्याँकेर कास्य पदक जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।