नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा प्रदेश १ विजयी भएको छ। कोहलपुर क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ लाई २० रनले पराजित गर्दै प्रदेश १ ले जित हासिल गरेको हो।
टस हारेर ब्याटिङको निम्ता पाएको प्रदेश १ ले ९ विकेट गुमाउँदै १ सय ६ रन जोड्न सफल भएको थियो। प्रदेश १ कालागि पुष्प थापाले २४, सन्नी पुन र राजन मगरले समान १२र१२ रन जोडेका थिए भने श्रवण यादवले ११ रन बटुलेका थिए। त्यसैगरी बलिङतर्फ प्रदेश ३ का सोनु देवकोटाले २ विकेट लिएका थिए भने सोनु तामाङ, ईशान पाण्डे, गौतम केसी र नन्दन यादवले समान १-१ विकेट लिएका थिए ।
१ सय ७ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको प्रदेश ३ मात्र ८६ रनमा समेटियो। १८.३ ओभरमा सबै विकेट गुमाएको प्रदेश 3 कालागि रविन जोशीले सर्वाधिक २४ रन जोडेका थिए भने ईशान पाण्डेले २० र हेमराज पाण्डेले १५ रन जोडे । प्रदेश 3 का अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।