नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । यो जितसंगै सुमह ‘ख’ मा पुलिस ६ अंकसहित पहिलो स्थानमा छ । शुक्रबार भएको खेलमा पुलिसले विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै जित निकालेको हो । यसैगरि शुक्रबार भएको अर्को खेलमा प्रदेश नं। २ ले आफनो पहिलो जित निकालेको छ । प्रदेश नं। २ ले सुदुरपश्चिमाञ्चनलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट जितसहित ३ अंक जोडेको हो ।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा आर्मीका टंक बस्नेतले शुरुवातमा नै राम्रो अवसर गुमाए । उनले डिफेन्डरलाई छकाएर गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकिदिए । यसैगरि खेलको ५ औ मिनेटमा पुलिसका भरत शाहले डिबक्स बाहिरबाट गरेको प्रहार पोलमा लागेर बाहिरियो । खेलको ५० औ मिनेटमा पुलिसका रवि पासवानको क्रसमा सुमन लामाको प्रहार बारमा लागेर बाहिरियो। पुलिसको जितमा एकमात्र गोल सुमन लामाले गरेका थिए। निक्कै प्रतिस्पर्धात्मक खेलको ६८ औ मिनेटमा पेनाल्टीमार्फत लामाले गोल गरेका थिए। डिबक्सभित्र गोलको राम्रो अवसर पाएमा पुलिसका नीर कुमार राईलाई आर्मीका विकास खवासले लडाएपछि पाएको पेनाल्टीमा लामाले आकर्षण गोल गरेका थिए । यसअघि पहेलो कार्ड पाएका खवास दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । प्रतियोगितामा दुई खेल खेल्दै एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल गोल अन्तरको आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन ।
दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता लिएपनि त्यसलाई कायम गर्न नसक्दा खेलमा हार ब्यहोर्नुपरेको थियो । खेलको पहिलो मिनेटमा कमल देउवाले गोल गर्दै खेलम अग्रता लिएका थिए । उनले खेलको ७९ मिनेटमा अर्को गोल गरे । प्रदेश नं। २ को जितमा टंक सिग्देलले निर्णायक दुई गोल गरेका थिए । उनले खेलको ईन्जुरी टाईममा दुई गोल गर्न सफल भएका थिए । यसैगरि राकेश सिहले खेलको ५५ मिनेट र कृष्ण शाक्यले खेलको ७५ औ मिनेटमा गोल गरेका थिए ।
शनिबार विहान त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशका बिचमा तथा दिउसो प्रदेश नं। २ र नेपाल पुलिस क्लबका बीचमा खेल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।