नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको १६ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा (बडिबिल्डिङ) ७० केजी तौल समूहमा काठमाडौका अनिललाल श्रेष्ठले हुदै स्वर्ण जितेका छन्। झापाका रक्कि रिमाल दोश्रो हुदै रजत तथा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेश्रो हुदै कास्यमा चित्त बुझाए।
५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिंहले स्वर्ण जितेका छन्।झापाका हर्कबहादुर राई दोस्रो हुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुदै कास्यमा चित्त बुझाए।
यसैगरि प्रतियोगिता अन्तरगत ६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेल प्रथम हुदै स्वर्ण जितेका छन्। रुपन्देहीका सुनिल आले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँ कास्यबाट पुरस्कृत भए।
प्रतियोगिताको ६५ केजी तौल समूहमा झापाका चन्द्र लक्ष्मण लिम्बू प्रथम हुदै स्वर्ण जितेका छन। कास्कीका सुरेश लामा रजत तथा रुपन्देहीका अमित पंगेनी कास्यमा चित्त बुझाए।
प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मी रमेश कार्की प्रथम हुदै स्वर्ण जितेका छन्। सुर्खेतका सुरेन्द्र थापा दोश्रो हुदै रजत र रुपन्देहीका खेम चौधरी तेश्रो हुदै कास्यमा चित्त बुझाए।
यसैगरि ८० केजी तौल समुहमा रुपन्देहीका चन्द्रमान श्रेष्ठ प्रथम हुदै स्वर्ण पदक जितेका छन । यसैगरि काठमाडौका कृष्ण महर्जन दोस्रो हुदै रजत तथा कास्कीका विनय परियार तेश्रो हुदै कास्यमा चित्त बुझाए ।
प्रतियोगिताको ८० प्लस केजी तौलसमुहमा काठमाण्डौका नरेश मालाकार प्रथम हुदै स्वर्ण हात पारेका छन । बाकेका सुनिल कुमार भाट दोस्रो हुदै रजत तथा रुपन्देहीका विष्णुृ निषाद तेस्रो हुदै कास्यमा चित्त बुझाएका छन । सात स्वर्णका लागि ५५ केजी देखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।