दुनै, डोल्पा – डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ।
आज बिहान नेपालगञ्जदेखि डोल्पाका लागि भएकोे पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिए।
शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान सुरु गर्ने कम्पनीको योजना छ।
डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको चापका आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उनले जानकारी दिए।
तारा, गोमा, नेपाल र मकालु एअरलाइन्सले उडान भर्ने गरे पनि नियमित उडान नहुँदा सयौँ यात्रुले सास्ती भोग्नुपरिरहेको अहिलेको अवस्थामा सीता एअरबाट नियमित उडान सञ्चालन भए सुविस्ता पुग्ने सर्वसाधारणले बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।