• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खाडीदेखि अफ्रिकासम्म बेचिन्छन् नेपाली चेली, केन्याको डान्सबारमा १२ युवती

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  ११:१७
1140x725

काठमाडौं- भारतको मणिपुर हुँदै अवैधानिक रुपमा तेस्रो मुलुक तस्करी गर्न लागिएका १७९ नेपाली कामदारलाई गत फागुन ८ गते उद्धार गरियो। भारतस्थित नेपाली दूतावासको र महिला मन्त्रालयको सहयोगमा नेपाल ल्याइएकामा पुरुषको संख्या ३२ मात्रै थियो भने महिलाहरु १४७। 

यो संख्याबाट नै थाहा हुन्छ, नेपाली महिला भारतदेखि कुवेत, बहराइन, इराक, केन्या लगायत मुलुकमा बेचिइरहेका छन्। विभिन्न प्रलोभनमा परेर रोजगारीका लागि गएका भनिएका त्यस्ता महिलाको संख्या बर्सेनि बढ्दो छ।

नेपाली महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको संस्था (एटविन) कि निर्देशक बिनु गुरुङ भन्छिन्, ‘बेरोजगारीकै कारण काम खोज्दै अन्य मुलुकमा जाने थुप्रै महिला बेचबिखनमा पर्ने गरेका छन्।’ उनका अनुसार त्यस्ता अधिकांश महिला घरको जिम्मेवारी आफै सम्हाल्नुपर्ने अवस्थाका, एकल महिला (श्रीमान्‌ले छाडेका तथा श्रीमान् गुमाएका), अविवाहितहरु छन्।

वास्तविक तथ्यांकभन्दा धेरै छन् बेचिने
नेपाल प्रहरीको सहयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार गरेको आर्थिक वर्ष २०६६/६७ देखि २०७३/०७४ सम्मको तथ्यांक हेर्ने हो भने हरेक वर्ष बेचबिखनमा परेका महिलाको संख्या बढिरहेको छ।

८ वर्षको अवधिमा १ हजार ४ सय ११ जना महिला बेचबिखनमा परेका छन्। आर्थिक वर्ष २०६६/६७ को तथ्यांक अनुसार १ सय ६१ महिला बेचबिखनमा परेका थिए। ०६७/६८ मा यो संख्या बढेर १ सय ८३ पुगेको थियो। 

०६८/०६९ मा ११८ र ०६९/०७० मा बेचविखनमा पर्ने महिलाको संख्या १ सय ४४ पुगेको थियो। 

०७०/०७१ मा १ सय ८५ महिला बेचबिखनमा परेका छन्। ०७१/०७२ मा १८१ जना  र ०७२/०७३ मा २ सय १२ जना बेचिएको तथ्यांकमा उल्लेख छ। ०७३/०७४ मा यो संख्या बढेर २ सय २७ पुग्यो। ०७४–०७५ मा त ३ सयभन्दा बढी महिला बेचविखनमा परेका छन्। 

तथ्यांकमा उल्लिखित संख्या मात्रै बेचबिखनमा परेका महिलाको वास्तविक संख्या भने होइन। अवैधानिक रुपमा धेरै जना दलालको जालमा परेर बेचिने गरेका छन्। 

Ncell 2
Ncell 2

दलालले लैजाँदै गरेको अवस्थामा फेला पारिएका र बेचबिखनपछि उद्धार गरिएका महिलाको संख्या मात्रै तथ्यांकमा उल्लेख छ। गोप्य रुपमा अवैध बाटो हुँदै भारत, विभिन्न खाडी मुलुक, युरोपियन तथा अफ्रिकन मुलुक पुर्‍याइएका महिलाको संख्या निकै ठूलो हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

कारण- गरिबी र बेरोजगारी 
गरिबी र बेरोजगारी समस्याकै कारण धेरै महिलाहरु बेचविखनमा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। नेपालमा बसेर आफ्नो र परिवारको आधारभूत आवश्यकता पूरा गर्न समस्या भएपछि कामको खोजीमा महिलाहरु जोखिम मोलेर भारत हुँदै तेस्रो मुलुक जान बाध्य छन्।

अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाईले १२ नेपाली युवतीलाई तस्करी गरी आफ्नो न्याली क्लबमा प्रयोग गरेको खुलेको हो। 

वैदेशिक रोजगारीको नाममा राम्रो काम र कमाइको प्रलोभन देखाएर उनीहरुलाई कतार, दुवई, कुवेत, बहराइन पुर्‍याइदिने भन्दै भारतको बाटो हुँदै तेस्रो मुलुक लगिने गरिन्छ।

वैदेशिक रोजगारीमा जाँदा अरुको ललाइफकाईमा परेर अवैध बाटो रोज्ने महिलाहरु पनि बेचबिखनमा पर्ने गरेको अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्र सिंह बताउँछन्। ‘दैनिकजसो वैदेशिक रोजगारीका नाममा मानव तस्करीका उजुरी २ देखि ३ वटासम्म त आउँछन् नै,' उनले भने, 'चिन्दै नचिनेको मान्छेलाई विश्वास गरेर प्रलोभनमा महिला दिदीबहिनी दलालको पछि लाग्दा समस्या बढेको बढ्यै छ।’

वैदेशिक रोजगारीका नाममा जटिल समस्या बढ्दै गएपछि नेपाल प्रहरीले गुनासा तथा समस्या सुनुइका लागि ११७७ नम्बरको हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ। 

केन्याको डान्सबारमा नेपाली युवती
अफ्रिकन मुलुक केन्याको डान्सबारमा १२ जना नेपाली युवतीहरु रहेको खुलेको छ। केन्याको प्रहरीले अवैध रुपमा डान्सबारका रुपमा कार्यरत १२ नेपाली युवतीलाई गत शनिबार नियन्त्रणमा लिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए।

अन्तराष्ट्रिय मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती युवतीहरु नियन्त्रणमा लिइएको जनाइएको छ। ती युवती केन्या कसरी पुगे भनेर अनुसन्धान भइरहेको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ। 

सो डान्सबारमा नेपाली युवतीलाई पुर्‍याउन एक बेलायती नागरिक समेत संलग्न रहेको खुलेको छ। अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाईले १२ युवतीलाई तस्करी गरी आफ्नो न्याली क्लबमा प्रयोग गरेको खुलेको हो। 

सोमबार मात्रै अलिभाईविरुद्ध केन्याकै सान्जु अदालतमा मुद्दा दायर भएको द स्टार डिजिटल पत्रिकाले उल्लेख गरेको छ। 

घरेलु कामका लागि जान खोज्दा…
सरकारले वैधानिक बाटोबाट घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै अवैध भएर खाडी देश जाने महिलाहरु तस्करीमा पर्ने गरेका छन्। 

विभिन्न म्यानपावर कम्पनीमार्फत श्रम स्विकृति लिएरै हस्पिटल, डिपार्टमेन्ट स्टोर लगायत कम्पनीका लागि गए पनि उनीहरुलाई घरेलु कामदारका रुपमा खाडी पुर्‍याउने घटना बढ्न थालेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

यसरी बहराइन, कुवेत, कतार, ओमन, युएई लगायत मुलुकमा कम्पनीको काम देखाएर घरेलु कामदारका रुपमा पुर्‍याएपछि समस्यामा परेर त्यस्ता महिला फर्कने गरेका छन्। यसरी घरेलु कामदारका रुपमा पुर्‍याइएपछि फर्किएका महिलाका उजुरी बढ्दै गइरहेको विभागका निर्देशक हरिप्रसाद ज्ञवाली बताउँछन्। 

‘आफू के कामका लागि कुन कम्पनीमा जाँदैछु भनेर केही नबुझी जाँदा यस्ता समस्या बढेका हुन्,' उनले भने।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्