• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खाडीदेखि अफ्रिकासम्म बेचिन्छन् नेपाली चेली, केन्याको डान्सबारमा १२ युवती

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  ११:१७
1140x725

काठमाडौं- भारतको मणिपुर हुँदै अवैधानिक रुपमा तेस्रो मुलुक तस्करी गर्न लागिएका १७९ नेपाली कामदारलाई गत फागुन ८ गते उद्धार गरियो। भारतस्थित नेपाली दूतावासको र महिला मन्त्रालयको सहयोगमा नेपाल ल्याइएकामा पुरुषको संख्या ३२ मात्रै थियो भने महिलाहरु १४७। 

यो संख्याबाट नै थाहा हुन्छ, नेपाली महिला भारतदेखि कुवेत, बहराइन, इराक, केन्या लगायत मुलुकमा बेचिइरहेका छन्। विभिन्न प्रलोभनमा परेर रोजगारीका लागि गएका भनिएका त्यस्ता महिलाको संख्या बर्सेनि बढ्दो छ।

नेपाली महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको संस्था (एटविन) कि निर्देशक बिनु गुरुङ भन्छिन्, ‘बेरोजगारीकै कारण काम खोज्दै अन्य मुलुकमा जाने थुप्रै महिला बेचबिखनमा पर्ने गरेका छन्।’ उनका अनुसार त्यस्ता अधिकांश महिला घरको जिम्मेवारी आफै सम्हाल्नुपर्ने अवस्थाका, एकल महिला (श्रीमान्‌ले छाडेका तथा श्रीमान् गुमाएका), अविवाहितहरु छन्।

वास्तविक तथ्यांकभन्दा धेरै छन् बेचिने
नेपाल प्रहरीको सहयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार गरेको आर्थिक वर्ष २०६६/६७ देखि २०७३/०७४ सम्मको तथ्यांक हेर्ने हो भने हरेक वर्ष बेचबिखनमा परेका महिलाको संख्या बढिरहेको छ।

८ वर्षको अवधिमा १ हजार ४ सय ११ जना महिला बेचबिखनमा परेका छन्। आर्थिक वर्ष २०६६/६७ को तथ्यांक अनुसार १ सय ६१ महिला बेचबिखनमा परेका थिए। ०६७/६८ मा यो संख्या बढेर १ सय ८३ पुगेको थियो। 

०६८/०६९ मा ११८ र ०६९/०७० मा बेचविखनमा पर्ने महिलाको संख्या १ सय ४४ पुगेको थियो। 

०७०/०७१ मा १ सय ८५ महिला बेचबिखनमा परेका छन्। ०७१/०७२ मा १८१ जना  र ०७२/०७३ मा २ सय १२ जना बेचिएको तथ्यांकमा उल्लेख छ। ०७३/०७४ मा यो संख्या बढेर २ सय २७ पुग्यो। ०७४–०७५ मा त ३ सयभन्दा बढी महिला बेचविखनमा परेका छन्। 

तथ्यांकमा उल्लिखित संख्या मात्रै बेचबिखनमा परेका महिलाको वास्तविक संख्या भने होइन। अवैधानिक रुपमा धेरै जना दलालको जालमा परेर बेचिने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दलालले लैजाँदै गरेको अवस्थामा फेला पारिएका र बेचबिखनपछि उद्धार गरिएका महिलाको संख्या मात्रै तथ्यांकमा उल्लेख छ। गोप्य रुपमा अवैध बाटो हुँदै भारत, विभिन्न खाडी मुलुक, युरोपियन तथा अफ्रिकन मुलुक पुर्‍याइएका महिलाको संख्या निकै ठूलो हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

कारण- गरिबी र बेरोजगारी 
गरिबी र बेरोजगारी समस्याकै कारण धेरै महिलाहरु बेचविखनमा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। नेपालमा बसेर आफ्नो र परिवारको आधारभूत आवश्यकता पूरा गर्न समस्या भएपछि कामको खोजीमा महिलाहरु जोखिम मोलेर भारत हुँदै तेस्रो मुलुक जान बाध्य छन्।

अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाईले १२ नेपाली युवतीलाई तस्करी गरी आफ्नो न्याली क्लबमा प्रयोग गरेको खुलेको हो। 

वैदेशिक रोजगारीको नाममा राम्रो काम र कमाइको प्रलोभन देखाएर उनीहरुलाई कतार, दुवई, कुवेत, बहराइन पुर्‍याइदिने भन्दै भारतको बाटो हुँदै तेस्रो मुलुक लगिने गरिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वैदेशिक रोजगारीमा जाँदा अरुको ललाइफकाईमा परेर अवैध बाटो रोज्ने महिलाहरु पनि बेचबिखनमा पर्ने गरेको अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्र सिंह बताउँछन्। ‘दैनिकजसो वैदेशिक रोजगारीका नाममा मानव तस्करीका उजुरी २ देखि ३ वटासम्म त आउँछन् नै,' उनले भने, 'चिन्दै नचिनेको मान्छेलाई विश्वास गरेर प्रलोभनमा महिला दिदीबहिनी दलालको पछि लाग्दा समस्या बढेको बढ्यै छ।’

वैदेशिक रोजगारीका नाममा जटिल समस्या बढ्दै गएपछि नेपाल प्रहरीले गुनासा तथा समस्या सुनुइका लागि ११७७ नम्बरको हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ। 

केन्याको डान्सबारमा नेपाली युवती
अफ्रिकन मुलुक केन्याको डान्सबारमा १२ जना नेपाली युवतीहरु रहेको खुलेको छ। केन्याको प्रहरीले अवैध रुपमा डान्सबारका रुपमा कार्यरत १२ नेपाली युवतीलाई गत शनिबार नियन्त्रणमा लिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए।

अन्तराष्ट्रिय मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती युवतीहरु नियन्त्रणमा लिइएको जनाइएको छ। ती युवती केन्या कसरी पुगे भनेर अनुसन्धान भइरहेको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ। 

सो डान्सबारमा नेपाली युवतीलाई पुर्‍याउन एक बेलायती नागरिक समेत संलग्न रहेको खुलेको छ। अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाईले १२ युवतीलाई तस्करी गरी आफ्नो न्याली क्लबमा प्रयोग गरेको खुलेको हो। 

सोमबार मात्रै अलिभाईविरुद्ध केन्याकै सान्जु अदालतमा मुद्दा दायर भएको द स्टार डिजिटल पत्रिकाले उल्लेख गरेको छ। 

घरेलु कामका लागि जान खोज्दा…
सरकारले वैधानिक बाटोबाट घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै अवैध भएर खाडी देश जाने महिलाहरु तस्करीमा पर्ने गरेका छन्। 

विभिन्न म्यानपावर कम्पनीमार्फत श्रम स्विकृति लिएरै हस्पिटल, डिपार्टमेन्ट स्टोर लगायत कम्पनीका लागि गए पनि उनीहरुलाई घरेलु कामदारका रुपमा खाडी पुर्‍याउने घटना बढ्न थालेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

यसरी बहराइन, कुवेत, कतार, ओमन, युएई लगायत मुलुकमा कम्पनीको काम देखाएर घरेलु कामदारका रुपमा पुर्‍याएपछि समस्यामा परेर त्यस्ता महिला फर्कने गरेका छन्। यसरी घरेलु कामदारका रुपमा पुर्‍याइएपछि फर्किएका महिलाका उजुरी बढ्दै गइरहेको विभागका निर्देशक हरिप्रसाद ज्ञवाली बताउँछन्। 

‘आफू के कामका लागि कुन कम्पनीमा जाँदैछु भनेर केही नबुझी जाँदा यस्ता समस्या बढेका हुन्,' उनले भने।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्