बर्दिबास– हात्तीको पुच्छरको रौं जडित ब्रासलेट तथा चाँदीका गहनाको अवैध कारोबार गर्नेहरुलाई प्ररहीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले कैलालीका विश्वराज तिवारी र कालीकोटका लक्ष्मी कोइरालालाई पक्राउ गरेको हो।
कोइराला हात्तीको पुच्छर तथा तिवारी चाँदीका गहनाको अवैध कारोबारमा संलग्न व्यक्तिहरु हुन्। उनीहरुलाई बर्दिबासको होल सिसमहलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए।
तिवारीबाट ६ किलो बराबरका चाँदीका विभिन्न गहना बरामद भएको छ, त्यस्तै कोइरालबाट १५ हजार तीन सय २५ थान हात्तीका रौं बरामद भएको छ। हात्ती संरक्षित वन्यजन्तु भएकाले हात्तीको रौंको कारोबार तथा प्रयोग गर्न नपाइने डिएसपी पोखरेलले बताए। हात्तीको रौं जडित ब्रासलेट लगाउन समेत कानुन विपरीत रहेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।