एजेन्सी- युरोपा लिगमा इंग्लिस क्लबद्वय चेल्सी र आर्सनल सेमिफाइनल प्रवेश गरेका छन्।
बिहीबार भएको क्वार्टरफाइनलको दोस्रो खेलमा चेल्सीले स्लाभिया प्रागलाई ४-३ ले हरायो। यसअघि पहिलो लेगमा १-० विजयी भएको चेल्सी समग्रमा ५-३ ले अघि रह्दै अन्तिम चारमा पुग्यो।
यता दोस्रो लेगमा नापोलीई १-० ले हराएको आर्सनल समग्रमा ३-० को नतिजासहित सेमिफाइनलमा पुग्यो।
स्पेनका दुई क्लबको भिडन्तमा भ्यालेन्सिया अघि रह्यो। दोस्रो लेगमा २-० ले विजयी हुँदै भ्यालेन्सियाले भिल्लारियललाई ५-१ ले हराएर अन्तिम चारको यात्रा गर्यो।
यता फ्रान्कफटले बेनिफिकालाई अवे गोलमा पछि पार्यो। पहिलो लेगमा बेनिफिकाले ४-२ ले जितेको थियो। दोस्रो लेगमा फ्रान्कफट २-० ले विजयी भएपछि फाइदा पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।