• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संसदीय सुनुवाइमा धारिला प्रश्न होइन, भुत्ते जिज्ञासा!

प्रस्तुति चित्त नबुझे पनि अनुमोदन गर्नैपर्ने सांसदको कस्तो बाध्यता?
64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  १९:३५
1140x725

फाइल तस्बिर


काठमाडौं- संवैधानिक निकायका पदाधिकारीका विषयमा हुने ‘संसदीय सुनुवाइ’औपचारिकता पूरा गर्ने प्रक्रियागत व्यवस्था जस्तो मात्र हुन थालेको छ।

सिफारिस भएर आएकाहरूको योग्यता र क्षमता मापन गर्ने परिकल्पना गरेर संविधानमा व्यवस्था गरिएको संसदीय सुनुवाइ समिति उद्देश्यमा भने सफल हुन सकेको देखिँदैन। सिफारिस भएर आएका उम्मेदवारहरू मध्ये विवादितका विषयमा छानबिन गरेर अस्वीकृत गर्न सक्ने अधिकार भएपनि त्यसको प्रयोग गर्नबाट भाग्ने प्रवृत्ति दोहोरिन थालेको छ। 

यसअघि मुस्लिम आयोगका अध्यक्षमा सिफारिस समिम मियाँका विषयमा अनिर्णित रहेको समिति यसपल्ट सर्वोच्चका न्यायाधीशहरूका विषयमा ‘क्रिटिकल’ हुनै सकेन।  

प्रस्तुति मन परेन तर न्यायाधीश सर्वसम्मत 
सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका मध्ये डा मनोज शर्माको प्रस्तुतिमा समितिका सदस्य सांसदहरूले चित्त बुझाएनन्। उनको योग्यतामाथि समेत प्रश्न उठिरहेका कारण समितिले अनुमोदनमा केही समय लिन सक्थ्यो। तर त्यसो गर्न सकेन। 

सुनुवाइका क्रममा सांसदहरू सुमनराज प्याकुरेल, पार्वत गुरुङ, शिवकुमार मण्डल, पुष्पा भुषाल, भीमसेनदास प्रधान, निरुदेवी पालले शर्माको प्रस्तुति कमजोर रहेको टिप्पणी गरे। वरिष्ठ अधिवक्ता शम्भु थापाले नै उनको योग्यतामाथि प्रश्न गरेका कारण उनका विषयमा समिति तुरुन्तै निर्णयमा पुग्नेमा आशंका थियो। तर, सुनुवाइमा उनीप्रति आलोचनात्मक दृष्टिकोण राख्ने सांसदले समेत समितिको बैठकमा विपक्षमा मत जाहेर गर्ने हिम्मत गरेनन्। 

समितिका सभापति लक्ष्मणलाल कर्णले सबै न्यायाधीश सर्वसम्मत रुपमा अनुमोदन गरिएको जानकारी गराएपछि उनीहरूले पनि आत्मसर्मपण गरेको देखियो। 

शर्मालाई सुरुमै प्रश्न गर्ने सांसद प्याकुरेलले उनको योग्यतामाथि प्रश्न उठाएका थिए- जुन विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापाले उजुरी गरेका थिए। संविधानमा सर्वोच्चको न्यायाधीश हुन १५ वर्ष अविछिन्न वकालत गरेको वा पाँच वर्ष पुनरावेदन अदालतको न्यायाधीश भएको हुनुपर्ने व्यवस्था छ। उनको वकालत बिचमै छुटेको र न्यायाधीश पनि साढे दुई वर्ष मात्रै भएको भन्दै थापाले समितिमै आएर यस्ता व्यक्ति योग्य नहुने सांसदहरूलाई सुझाव दिएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

सांसद पार्वत गुरुङले उनको प्रस्तुतिमाथि प्रश्न गरे, ‘सिफारिस भएकामध्ये तपाईं सबैभन्दा युवा देखिनुहुन्छ तर ऊर्जावान् भने किन देखिनु भएन? अरुले खोजपूर्ण प्रस्तुति दिए, तपाईंको त्यस्तो किन भएन?’ उनले त योग्यता क्षमतामाथि प्रश्न उठिरहेकाले न्यायाधीश बन्ने कुरामै पुनर्विचार गर्न सुझाएका थिए। 

सांसद शिवकुमार मण्डलले आफ्नै योग्यता क्षमताले भन्दा कसैको खल्तिबाट आएको आरोप लागिरहेकाले स्पष्टीकरण माग गरेका थिए। यसैगरी सांसद निरुदेवी पालले चाहिँ अवधारणा पत्र बनाउँदा अल्छी गरेको भन्दै योग्यताका विषयमा उठाइन्। 

सत्ता पक्षको प्रश्न, प्रतिपक्षको उत्तर 
सामान्यतया यस्ता नियुक्ति सत्ता पक्षको प्रभावमा हुने भएकाले प्रतिपक्षले धारिलो प्रश्न गर्ने प्रचलन थियो। तर, बिहीबार भएको सुनुवाइमा भने त्यस्तो देखिएन। बरु सत्ता पक्षका सांसदले न्यायाधीशको योग्यतामाथि प्रश्न उठाउँदा प्रतिपक्षका सांसदले त्यसको बचाउमा उत्तर दिने प्रयास गरे।

न्यायाधीशमा सिफारिस शर्माकै योग्यतामाथि उठाइएको प्रश्नमा कांग्रेस सांसद पुष्पा भूषालले उजुरीका विषयमा स्पष्टीकरण जरुरी छ भन्दै आफैं स्पष्टीकरण दिन थालिन्। २०६२/०६३ सालको अन्तरिम संविधानमा अतिरिक्त न्यायाधीशको व्यवस्था भएकाले डा शर्मा पनि न्यायाधीश भएको बताइन्। तर, नेपालको संविधानमा उक्त व्यवस्था नभएपछि ५ वर्ष न्यायाधीश हुन नपाएको र वकालती पनि छुटेको बताउँदै शर्माका तर्फबाट उत्तर दिएकी थिइन्। तर, डा शर्माको प्रस्तुति भने उनलाई पनि दमदार लागेन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसकै अर्का सांसद भीमसेनदास प्रधानले पनि डा शर्माको योग्यतामाथि प्रश्न गरेनन्। बरु उनलाई सिफारिस गरिपठाउने न्याय परिषदको निर्णयमाथि औंला उठाए। उनले भने, ‘न्याय पपिरषद्का मान्छेले किन सिफारिस गरे? न्याय परिषद्‍बाट कागजात झिकाउनुपर्‍यो।’

सांसदको सवाल, न्यायाधीश नाजवाफ
सांसद योगेश भट्टराईले सुनुवाइको प्रश्नोत्तरको शैली परम्परागत रहेको भनेर एकजना न्यायाधीशलाई 'प्रश्न'भन्दा पनि 'जिज्ञासा' राखेका थिए। समितिका अध्यक्ष कर्ण र पत्रकारले उनको प्रश्नको अपेक्षा गरेपनि त्यसपछि त्यति बोलेनन्। सांसद सुरेन्द्र पाण्डेले केही फरक सवाल राख्ने प्रयास गरे। तर, उनको सवालमा सांसदहरू नाजवाफ रहे। 

पाण्डेले जमिन मात्रै सम्पत्ति रहेको मानसिकताबाट न्याय प्रणाली बाहिर जान नसकिरहको भन्दै न्यायाधीश प्रकाश ढुंगानालाई एउटा उदाहरण नै पेस गरेका थिए। त्यसको ‘फैसला’ मागे। उनको मुद्दा थियो, ‘एकजना नेपाली जो अहिले अमेरिकी नागरिक भइसकेको छ। उसको बाबुको सम्पत्ति नेपालमा छ। बाबुको सम्पत्तिमा उसको हक लाग्छ कि लाग्दैन?’ यसैसँग जोडेर उनले ‘यस्तो व्यक्तिले नेपालमा भएको सम्पत्ति बेचेर विदेशमा लैजान मिल्ने कि नमिल्ने? कस्तो फैसला गर्नहुन्छ?’ भनेर प्रश्न गरेका थिए। तर, ढुंगाना यो सवालमा नाजवाफ रहे। 

त्यसपछि उनले न्यायाधीश हरिप्रसाद फुयाँललाई विश्वमा अदालतले नयाँ प्रकारका मुद्दा झेलिरहेको बताउँदै ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विषयमा एउटा मुद्दा दिए, ‘कम्प्युटर सेटिङबाटै गाडी चल्ने जमाना आइसकेको छ। त्यसरी चलाइएको गाडीले गराउने दुर्घटनाको जिम्मेवार कसलाई बनाउने?’  फुयाँलले पनि यो केसको ‘फैसला’ गर्न उचित ठानेनन्। 

बेञ्च सपिङ : सबैलाई साझा प्रश्न
पाँचै जना न्यायाधीशले सांसदहरूबाट झेलेको साझा प्रश्न हो– ‘इजलाश  सपिङ'। तर, केही न्यायाधीशले यसबारे जवाफ दिने प्रयास गरे। सांसद सुमनराज प्याकुरेलले न्यायाधीश प्रकाश ढुंगानालाई सर्वप्रथम प्रश्न गरेका थिए, ‘बेञ्च सपिङ महसुस गर्नुभएको छ कि छैन?’ न्यायाधीश ढुंगानाले बिचौलियाका कारण न्यायालय बदनाम भएको भन्दै त्यसको प्रतिरक्षा गरेका थिए।

उनले भने, ‘यसमा संस्कार परिवर्तन जरुरी छ। बिचौलियाहरू ‘मैले मिलाएको छु’ भन्छन्। भएन भने धोका दिएछ भन्छन्।' हुने भन्दा पनि बोल्ने कुराले बदनाम छ। हार्नेले सेटिङ गरेर हरायो भनिरहन्छ। जित्नेले न्याय पाएँ भनिरहन्छ।’ सुनुवाइ समितिमा ढुङ्गानाविरुद्ध इजलास सपिङमार्फत् फैसला गरेको उजुरी परेको थियो। 

बुधबार संसदीय सुनुवाइ समितिमा उक्त उजुरीकर्ताले रुदै इजलास सपिङमार्फत अन्याय भएको भनेकी थिइन्। 

यसैगरी अर्का न्यायाधीश डा मनोज शर्माले चाहिँ ‘बेञ्च सपिङ’को कुरा प्रधानन्यायाधीशतिर तेर्स्याएर छड्किएका थिए। न्यायाधीशलाई प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले बेञ्च तोक्ने भन्दै न्यायाधीश दोषी नरहेको स्पष्टीकरण दिएका थिए। 

सांसद प्रधानले न्यायालयमा भ्रष्टाचार बढेको कुरा उठाएका थिए। सांसद पार्वत गुरुङले न्यायालय, स्वास्थ्य र शिक्षामा सवैभन्दा धेरै बेथिति रहेको भन्दै सुधार जरुरी रहेको प्रश्नकै क्रममा औंल्याएका थिए।
 
बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको सुनुवाइ समितिमा सांसदहरूले धेरै कम प्रश्न गरेका थिए। धेरैले भाषणमिश्रित जिज्ञासा प्रस्तुत गरे। धारिला प्रश्नसहित र्‍याखर्‍याख्ति पार्नुपर्नेमा भुत्ते जिज्ञासा मात्रै राख्ने प्रवृत्तिले सुनुवाइको औचित्य पूरा होला र माननीय सांसदज्यू? 

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्