• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

असहायको सहारा बन्दैछ मानव सेवा आश्रम

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  ०७:३०
1140x725

बुटवल- पुस २८ गते बुटवलको मिलनचोकमा एक युवती ढलेको अवस्थामा फेला परिन्। नाम, ठेगाना, उमेर केही बताउन नसक्ने उनी गर्भवती थिइन्। प्रहरीको सहयोगमा उनलाई बुटवलस्थित मानवसेवा आश्रम पुर्‍याइयो।

उद्धार गरेर ल्याउँदा उनको ७ महिनाको गर्भ थियो। आश्रमले लालनपालन र हेरचाहको जिम्मा लिएर आश्रममा राख्यो। फागुन २६ मा उनले बच्चा जन्माइन्। लुम्बिनी प्रादेशिक अस्पतालमा जन्मिएको बच्चाको तौल र स्वास्थ्य ठिक थिएन। आश्रमले बच्चाको न्वारान गर्‍यो र नाम राख्यो– सक्षम मानव। 

स्वास्थ्यलाभ गरिरहेका बच्चाको न्वारानपछि आश्रमका सबैले खुसी मनाए। उनी जस्ता बालबालिका देशभरमा २४ जना छन्। जसका आमा अलपत्र अवस्थामा सडकमा भेटिएका थिए। बाबुको पत्तो छैन। उनीहरुको अभिभावक बनेको छ, मानव सेवा आश्रम। 

बुटवलस्थित आश्रममा ३६ जना मनोरोगी, ४ जना अशक्त र १ जना नवजात शिशु गरी ४१ जनाले आश्रय पाएका छन्। नवजात शिशुदेखि ८२ वर्षसम्मका मानिस छन्। 

असहायको आश्रयस्थल
सडकपेटीमा अलपत्र परेका व्यक्ति, असहाय, अपांग, मनोरोगीको आश्रयस्थल बनेको छ, मानवसेवा आश्रम। कष्टकर जीवनयापन गरेका सबै उमेर समूहका व्यक्तिको उद्धार गरेर आश्रममा राखिन्छ। 

आश्रमकी महासचिव तथा रुपन्देही संयोजक रुपा केसी भन्छिन्, 'अनाथ, अपांग, अशक्त र असहायलाई उद्धार गरेर आश्रममा ल्याउने र उहाँहरुको औषधि उपचार गर्ने, परिवार भेटिएमा पारिवारिक पुनर्मिलन गराउने काम गर्छौं, परिवार नभेटिएमा आश्रम नै उहाँहरुको जीवनभर सेवा गर्छ।’

सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध वा अपांग भएर वा कुनै रोगको उपचार गर्न नसकेर सडकमै अलपत्र भएका, चौतारीमै रात काट्न बाध्य भएकालाई आश्रय दिनका आश्रम खुलेको हो। २०६९ सालमा हेटौंडामा स्थापना भएको आश्रम ६ वर्षको अवधिमा १० जिल्लामा फैलिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

देशभरका करिब ५ सय जनालाई आश्रमले आश्रय दिइएको छ। त्यसमध्ये ५६ जना जति त सडक बालबालिका छन्। अलपत्र अवस्थामा भेटिएका गर्भवतीहरुले आश्रममा आएर २४ जना बच्चालाई जन्म दिएका छन्। आश्रममा सेवा गर्न ५० जना युवा सक्रिय छन्। 

सहयोगबाटै सबथोक
२०८२ सालभित्र नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालेको यो संस्थाले विदेशी सहयोग लिँदैन। सरकारी, संस्थागत र व्यक्तिगत सहयोगबाटै चलेको छ। 

बुटवलमा रहेको आश्रमका ४० जनालाई स्याहारसुसार, खानपान, औषधि उपचार लगायतका लागि मासिक ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ। 

‘विभिन्न सहयोगदाताहरुले सहयोग गर्नुहुन्छ,' आश्रमकी रुपन्देही सहसंयोजक सरु अधिकारी भन्छिन्, 'सहयोगीहरुकै कारण सडकमा अलपत्र जीवन बिताइरहेका मानिसलाई उद्धार गरेर सेवा गर्न सकेका छौं।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४० जना अट्ने भवनको भाडा बुटवल उपमहानगरपालिकाले बेहोरिरहेको छ। बुटवल उपमहानगरपालिकाले बुटवललाई सडक मानवमुक्त सहर बनाउने घोषणा गरेको र मानव सेवा आश्रमले पनि सोही लक्ष्य लिएकाले मासिक ८० हजार रुपैयाँ भाडा उपमहानगरले बेहोर्ने गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन्। 

‘हाम्रो र उहाँहरुको कुरा एउटै रहेछ, सडकमा अलपत्र परेका मानिसहरुलाई आश्रय दिने,' उनले भनिन्, 'यो सच्चा समाजसेवा हो, त्यसैले सबैले यस्ता कार्यलाई साथ दिनुपर्छ।’

'वर्षमा एक दिन मानव सेवा आश्रममा'
आश्रमको भित्तामा लेखिएको छ- हामीलाई गर्व छ, मानवसेवी अभियन्ता बन्न पाएकोमा, सहाराविहीनहरुको सहारा बन्न पाएकोमा, आवाजविहीनहरुको आवाज बन्न पाएकोमा। 

यस्तो सहारा बन्न आश्रममा नि:स्वार्थ भावले सहयोग गर्न सकिन्छ। आश्रमले सहयोगको हात अघि बढाउन आह्वान गर्दै भन्छ–वर्षमा एक दिन मानव सेवा आश्रममा। यसको अर्थ हो, धेरै नसके पनि वर्षको एक दिन, आफ्नै जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग गरौं। 

आश्रमले एक छाक खाना खुवाउनका लागि ६ हजार १ सय रुपैयाँ लाग्ने बताउँछ। कसैले एकछाक खानावापत्को सहयोग गर्न चाहेमा आश्रमलाई ६ हजार १ सय रुपैयाँ तिरे पुग्छ। 

आश्रम सहसंयोजक अधिकारीका अनुसार आफ्नो जन्मदिन, विवाह, ब्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य जस्ता काममा पनि एक दिन वा एक छाक खुवाएर सहयोग गर्न सकिन्छ। उनी भन्छिन्, ‘यसले आफू पनि बाँचौं र अरुलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई बल पुर्‍याउँछ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्