पोखरा– सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान सकिएको हो।
आज आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे। जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले पनि बहस गरे।
यसअघि रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए।
अब भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। भोलि नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।