complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'कालो पोथी'ले मोडिएको वेनिशाको यात्रा

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०७४  १३:५४
1140x725

काठमाडौं- स्कुल पढ्दा वेनिशा हमालको चाहना थियो- कि डाक्टर बन्ने कि वैज्ञानिक। एसएलसीपछि उनको चाहना फेरियो। लागिन्, आमसञ्चार पढ्न। आमसञ्चार पढेकी उनी कालिका एफएमकी आरजे हुँदै च्यानल नेपालमा भिजे भइन्। टिभीमा उनी फिल्म सम्बन्धी कार्यक्रम चलाउन थालिन्।

भिजेको काम गर्दागर्दै उनी मोइलिङतिर डोहोरिइन्। तर त्यो उनको सोख मात्र थियो, खास सिरियस थिइनन्।

'भिजे भएकाले प्रशन्न पौडेलले मलाई मार्क गर्नुभएको रहेछ। उहाँले कन्भिन्ड गर्नुभयो। मोडल वा अभिनेत्री हुने मेरो कुनै चाहना थिएन,' उनी सुरुवाती करिअरबारे भन्छिन्, 'म नयाँ अनुभव हुन्छ भनेर ख्याल ख्यालमा म्युजिक भिडियो गर्न सुरू गरेकी थिएँ।'

पहिलो फिल्म ’स्वर’ पनि उनले ख्यालख्यालमै गरिन्। उनलाई लागेको रहेछ, यो नै पहिलो र अन्तिम हुनेछ।

तर, यो अन्तिम होइन फिल्मी यात्राको सुरुवाती विन्दु बनिदियो।

हिरोइन हुनु वेनिशालाई सजिलो काम लाग्थ्यो किनकि उनीसँग आकर्षक लुक्स थियो, हाइट थियो र नाच्न सक्ने खुबी। यी मापदण्ड नेपाली फिल्ममा हिरोइन बन्न पर्याप्त थिए।

’पहिलो फिल्म गर्दासम्म चाहिने चिज सबै छ, गरिहाल्छु भन्ने सोच थियो। त्यसमाथि मलाई यो मौका पनि सजिलै प्राप्त भएको थियो,' उनी सहजै भन्छिन्, 'मैले कुनै संघर्ष नै गर्नुपरेको थिएन। जसरी म्युजिक भिडियोको प्रस्ताव आयो। फिल्ममा काम गर्न पनि गाह्रो भएन।’

Ncell 2
Ncell 2
nimb
nimb

तर फिल्मी उद्योगमा छिरेपछि उनले थाहा पाइन्, यो कच्चा खेल होइन। अभिनेत्री हुनु त ज्यादै कठिन काम रहेछ। 'संघर्ष, विभिन्न मानिससँगको नेटवर्क अनि आफूभित्र क्षमता नभई नहुने,' उनी भन्छिन्।

'कालो पोथी'ले जीवन सिकायो 
पहिलो फिल्मपछि नै उनले दुई-तीन वटा फिल्ममा उनले सहजै काम पाइन्। त्यसमै फुरूङ्ग बन्दै आएकी वेनिशालाई जब ’कालो पोथी’को स्क्रिप्ट आइलाग्यो तब उनले अभिनय के हो भनेर बुझ्न पाइन्।

’मलाई मीन भामले समीक्षाको लागि मात्र स्क्रिप्ट दिनुभएको थियो। म फिल्ममा हुन्छु हुँदिन भन्ने थाहा थिएन,' कालो पोथीको इन्ट्री कथाबारे उनले सुनाइन्, 'स्क्रिप्ट पढेपछि मलाई सानो मात्र भए पनि रोल पाए हुन्थ्यो भन्ने लोभ जाग्यो। पछि छानिएँ, त्यसपछि त हिरोइन र अभिनयप्रतिको बुझाइ पूरै परिवर्तन भयो।’

कालो पोथीले वेनिशालाई फिल्ममा मेहनत कसरी गर्ने र अभिनय के हो भन्ने सिकाइदियो। यसअघि उनले जे गरिरहेकी थिइन्, त्यो केही होइन रहेछ भन्ने बनायो। उनले नाच्न जान्नु, फिगर मेन्टेन गर्न जिम जानुमात्र अभिनेत्री बन्न चाहिने कुरा होइन रहेछ भन्ने सिकिन्। कामप्रतिको लगाव र 'पागलपन'बारे पनि थेरै बुझ्न पाएको उनी बताउँछिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

’कालो पोथीमा लागेपछि मेले आफूलाई अरूजस्तै पाएँ। म जस्तो अभिनय गर्ने त थुप्रै छन्। मलाई केही गर्नुछ भने मैले फरक नगरी हुन्न भन्ने बुझेँ,' उनले भनिन्। ’कालो पोथीले’ त अभिनय र कलाकारिता मात्र होइन जीवनबारे बुझाएको उनी बताउँछिन्।

’मलाई जीवन सरल र सजिलो लाग्थ्यो। मुगुमा पुगेको चार-पाँच दिन मलाई एडजस्ट हुनै लाग्यो। होमसिक भयो, बेलुका न बेलुका म रोएँ पनि,' उनले सुटिङको समय सम्झिइन्, 'मसँग पैसा थियो तर मुगुको दुर्गममा खर्च गर्ने ठाउँ थिएन। बाटो थियो तर गाडी थिएन। बिरामी भएँ, उपचार गर्न नजिक अस्पताल थिएन।’ उनले त्यसबेला महसुस गरिन्-  म त घरपरिवारको संसारबाट बाहिर निस्केकै रहेनछु। 

दुर्गम मुगुका नागरिकले कसरी कष्टप्रद जीवन बिताइरहेका छन् भनेर उनले प्रत्यक्ष देख्न भोग्न पाइन्। फिल्मको कथावस्तु सँगसँगै उनी जीवनको जटिलता बुझ्नै गइन्।

कालो पोथीपछि पाएका स्क्रिप्टमा उनले आफूमा नै चुनौतीहरू खोज्न थालिन्। नाच्ने गाउने भूमिकाका फिल्मभन्दा अरू केहि बढी गर्ने ठाउँ स्क्रिप्टमा उनको ध्यान जान थाल्यो।

’म पहिला स्क्रिप्टमा स्पेस खोज्थेँ। त्यसपछि म चुनौती खोज्न थालेँ। निर्वाह गर्ने चरित्रबाट कतिको एक्सपोजर पाउँछु, त्यो हेर्न थाले,’ कालो पोथीपछि नै उनी चुजी बन्न थालिसकेकी थिइन्।

वेनिशाको अनुभवमा हिरोइन हुनु सजिलो काम होइन तर एउटा कुशल अभिनेत्री हुनुचाहिँ हिरोइन हुनुभन्दा कठिन काम हो। 

सृष्टि केसीको बायोपिक फिल्ममा छनोट हुँदा धेरैले निर्देशकको च्वाइसप्रति शंका व्यक्त गरेका थिए। ’झ्यानाकुटी’को मालती खड्का विष्टको लागि छानिँदा फिल्मका मेकरलाई धेरैले ’वेनिशा लिएको’ भनेर प्रश्न पनि गरे।

’यहाँ एउटा भूमिकामा आइयो भने अर्को शैलीमा स्वीकार्न धेरैलाई गाह्रो पर्ने रहेछ। एउटी प्रिटी फेस र नाच्ने हिरोइनको आयु धेरै लामो हुँदैन। यो मैले बुझिसकेको छु,' उनमा आत्मविश्वास छ, 'यसैले म आफूलाई हिरोइनको सानो घेराभन्दा पनि कलाकारको ठूलो चौघेरामा पुर्‍याउन चाहन्छु।'

उनको बुझाइमा, हिरोइनको आयु चाँडै सकिन्छ तर कलाकार लामो समय बाँच्छ। 'किनकि चरित्रको कुनै एक्सपायरी डेट हुँदैन। म लामो तर कठिन बाटो हिँड्न चाहन्छु, पछिल्ला सिनेमाले मेरो बाटो तय गरिसकेका छन्,' उनी ढुक्क छिन्।

हिरोइनको परिभाषामा आधारित भएर फिल्ममा आउनुभन्दा कलाकारको परिभाषा अनुसार आउन सल्लाह दिन्छिन् उनी। हिरोइन बन्नका लागि मात्र आउँदा दुई-तीन वटा फिल्मपछि हराएका कलाकार उनले देखिसकेकी छिन्।

नेपाली फिल्ममा हिरोइन हुनुका फाइदा र बेफाइदाबारे पनि उनी बल्ल बुझ्दैछिन्। ’कस्तो फेज र संघर्षबाट गइरहेको छ वा आइरहेको छ भन्नेबारे कसैलाई चासै छैन। देखिने हिरोइनको रुपलाई मात्र धेरैले नियालिरहेका हुँदा रहेछन्,' उनी भन्छिन्, 'अनावश्यक मूल्याकंन गर्ने प्रवृत्ति पनि निकै छ यहाँ।'

त्यसै त हिरोइन भएकै कारण उनले धेरै ठाउँ सम्मान र फ्यानहरुको माया पनि पाएकी छिन्। 'काठमाडौंमा आफ्नो महत्व खास फिल हुँदैन जब एउटा कलाकार काठमाडौंबाहिर वा विदेश जान्छ तब दर्शहरूले दिने सम्मानले आफ्नो महत्व फिल गराउँछ,' उनले तितो यथार्थ चुहाइहालिन्, 'फिल्म उद्योगमा समान काम समान पारिश्रमिक नपाए पनि दर्शकबाट समान सम्मानचाँहि पाइन्छ।'

दुई वर्षयता आफूमा आएको परिवर्तनले उनमा खुसी र ऊर्जा सँगसँगै दिएको छ। आफूले गरेका कुन चाहिँ भूमिका उत्कृष्ट छ भनेर कसैले सोध्दा उनीसँग जवाफ थिएन। तर अहिले उनी आफै उत्कृष्ट भूमिकाका लागि तयार छिन्।

’झ्यानाकुटी’को ट्रेलर रिलिजबाट पाइरहेको प्रतिक्रियाले पनि उनी अहिले निकै खुसी छिन्। यो फिल्मबाट उनी थप आशावादी पनि छिन्। 

'लोग्ने-स्वास्नीको सम्बन्धको कथा भन्ने फिल्म कमेडी शैलीको छ तर यसले देखाउन खोजेको सम्बन्धको कथा उत्तिकै गम्भीर छ,' उनी भन्छिन्, 'दुईबीचको झगडालाई परालको आगोको रुपमा फिल्मले प्रस्तुत गरेको छ।'  

फिल्ममा उनी २० वर्षको उमेरमा बिहे गरेकी एक आमाको भूमिकामा छिन्। यो रोलका लागि उनले अडिसन पार गर्नुपरेको थियो। फिल्मबाट निर्मात्री बनेकी निशा अधिकारीले उनलाई अडिसन लिएपछि मात्र ओके गरिन्। 

अहिले फिल्म हेर्दा वेनिशा आफ्नो कामबाट सन्तुष्ट छिन्। फिल्म गरिरहँदा कतिपय अवस्थाम आफ्नो काममा निर्देशक सिमोस सुनुवारले ओके भन्दा पनि आफूलाई चित्त नबुझेपछि फेरि टेक लिएको उनले सुनाइन्।

चुजी बनेकी वेनिशा आगामी दिनमा अर्थपूर्ण र फरक चरित्रका फिल्ममा काम गर्ने योजनामा छिन्। भन्छिन्, ’तर म चाहन्न, पैसाका लागि फिल्म गरूँ।' 

पैसा कमाउनका लागि त उनले व्यवसाय नै सुरु गरिसकेकी छिन्। सिनामंगलमा साथीसँगको सहकार्यमा ’लाला’ नामक क्याफे सञ्चालनमै आएको तीन महिना भइसक्यो।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्