काठमाडौं– सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ ।
आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसेको थियो । बैठकमा सुरक्षा अधिकारीहरूले निर्वाचनको अवधिभर सामाजिक सञ्जालको दुरुपयोग निकै बढ्न सक्ने रिपोर्टहरू आइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारीत भै कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।