• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १, २०८३ Fri, Jul 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्राकृतिक विपत्तिमा खर्चिनुपर्ने २० करोड पुग्यो प्रधानमन्त्रीको गृहजिल्लामा, २३ लाख पानीजहाज कार्यालयलाई

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  १४:०८
1140x725

काठमाडौं-  प्राकृतिक प्रकोप तथा विपद्को अवस्थामा खर्चनका लागि वार्षिक बजेटमा छुट्याइएको रकम सरकारले मनलाग्दी ढंगले खर्च गर्दै आएको देखिएको छ। 

गत चैत १७ मा बारा र पर्सामा आएको हावाहुरीका कारण करोडौं रुपैयाँ बराबरको क्षति पुगेको भए पनि राहत तथा पुनर्स्थापनाका लागि सरकारले पहल गर्न नसकेको गुनासो आएको थियो। तर, सरकारले भने यस्ता प्राकृतिक विपद्का बेला प्रयोग गर्नका लागि छुट्याएको रकम मन्त्रिपरिषद् सदस्यहरुको स्वार्थमा खर्च गर्ने गरिएको देखिएको छ।

चैत महिनामा मात्रै सरकारले दैवी प्रकोप राहत तथा पुनर्स्थापनाका लागि भनेर छुट्याइएको २१ करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा खर्च गरिएको छ। यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा खर्च गरेको देखिन्छ।  

प्रधानमन्त्रीको गृहजिल्ला झापामा ससाना सडक खण्ड निर्माणका लागि भन्दै चैत महिनामा २० करोड रुपैयाँ रकमान्तर भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडकका लागि ५ करोड, झापाचोक–भद्रपुर–बिर्तामोड सडकखण्डका लागि १० करोड र अल्टावारी–गौरीगन्ज–पाडाजुँगी सडकखण्डका लागि ५ करोड रुपैयाँ गरी कुल २० करोड रुपैयाँ रकमान्तर गरेर पठाइएको छ। 

त्यसैगरी, चैतमा नै सोही शीर्षकमा बजेटमा समावेश गरिएको १ करोड रुपैयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रकमान्तर गरेर निकासा दिइएको छ। 

मन्त्रिपरिषद्ले गत माघ २५ गते गरेको निर्णयअनुसार गुल्मीको बलेटक्सार चक्रपथ निर्माणका लागि भन्दै अर्थ मन्त्रालयले १ करोड रुपैयाँ मन्त्रिपरिषद् कार्यालयलाई रकमान्तर गरेको हो।

गुल्मी मन्त्री प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला हो। 

त्यसैगरी गत फागुनमा दैवी प्रकोप तथा राहात पुनर्स्थापनाका लागि छुट्याइएको २३ लाख रुपैयाँ बराबरको रकम पानीजहाज कार्यालयलाई रकमान्तर गर्न अर्थ मन्त्रालयले अनुमति दिएको देखिन्छ। विपद् व्यवस्थापनका लागि छुट्याइएको उक्त रकम भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई निकासा गरिएको भेटिएको हो।

प्राकृतिक विपत्ति कतिखेर आइलाग्छ भनेर थाहा हुँदैन। तर, त्यस्तो अवस्था आइहाल्दा आवश्यक पूर्वतयारी भएन भने व्यवस्थापनमा झन् समस्या आइलाग्छ। तर, सरकार आफैले भने प्राकृतिक विपत्तिबाट हुने जनधनको क्षतिपछि मलमपट्टी लगाउन छुट्याएको बजेट रकमान्तर गरेर अर्कैतिर खर्च गरिरहेको पाइएको हो।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री शुक्रबार, साउन १, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु शुक्रबार, साउन १, २०८३
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय शुक्रबार, साउन १, २०८३
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्