काठमाडौं- आइपिएल क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपरकिंग्स पराजित भएको छ। चेन्नईलाई सनराइजर्स हैदरावादले ६ विकेटले हरायो। जारी लिगमा चेन्नईको यो दोस्रो हार हो।
पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १ सय ३२ रन जोड्यो। उसका लागि फाप डु प्लेसिसले सबैभन्दा बढी ४५ रन जोडे। बलिङमा हैदरावादका रासिद खानले २ विकेट लिए। उनले ४ ओभरमा केवल १७ रन खर्चिएका थिए।
१ सय ३३ रनको सामान्य लक्ष्य हैदरावादले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। उसका लागि डेभिड वार्नरले ५० रन र जोनी बिस्ट्रले नटआउट ६१ रन जोडे।
लिगमा शीर्ष स्थानको चेन्नईको ९ खेलबाट १४ अंक छ। पाँचौ स्थानको हैदरावादले ८ खेलबाट ८ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।