• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

श्रीमतीलाई सपनामा देखेँ भन्दै छोरीमाथि बलात्कार गर्ने बाबुलाई १६ वर्ष कैद

बाबुको पहिचान लुकाउनु नपर्ने जिल्ला अदालतको फैसला 
64x64
नेपाल लाइभ बुधबार, वैशाख ४, २०७६  १८:१५
1140x725

प्रतीकात्मक तस्बिर


काठमाडौं– जिल्ला अदालत काठमाडौंले छोरीलाई बलात्कार गर्ने एक बाबुलाई १६ वर्ष कैदको फैसला सुनाएको छ। काठमाडौंको नागार्जुन नगरपालिका बस्दै आएका रामबहादुर परियारलाई अदालतले जबरजस्ती करणीमा ६ वर्ष र हाडनाता करणीमा १० वर्ष गरी १६ वर्ष सजाय गर्ने फैसला सुनाएको हो। 

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जेठी श्रीमतीबाट जन्मेकी छोरीलाई बलात्कार गर्ने उनलाई पहिचान खुलाएर सजाय गर्ने फैसला सुनाएको हो। पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति दिनसमेत अदालतले भनेको छ। क्षतिपूर्ति तत्काल भर्न सक्ने पीडितको अवस्था नभएको भन्दै अदालतले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाममा आदेश जारी गरेको छ।

पीडितसँग पछि असुल गर्न सक्नेगरी सरकारले नै तत्काल क्षतिपूर्ति भराउनुपर्ने जिल्ला अदालतको फैसलामा उल्लेख छ। 

पहिलो पटक जिल्ला अदालत काठमाडौंले बलात्कारको मुद्दामा सरकारबाट क्षतिपूर्ति भराउने फैसला गरेको हो।

यस्तै अदालतले पहिलो पटक नै बलात्कार मुद्दामा आरोपितको नाम गोप्य राख्न आवश्यक नहुने फैसला सुनाएको छ। नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई संकेतका भरमा सजाय गर्दा  लाभ उठाउने सक्ने देखिएकाले पहिचान खुलाउनुपर्ने अदालतको तर्क छ। पहिचान लुकाउँदा दोषी ठहर भएको व्यक्ति कुनै दिन संवैधानिक पदमा समेत पुग्न सक्ने अवस्था विद्यमान हुने देखिन्छ। 

श्रीमतीलाई सपनामा देखेको भन्दै छोरीमाथि पटकपटक बलात्कार
श्रीमतीलाई सपनामा देखेपछि आफूले यौन सम्पर्क गरेको तर छोरीमाथि बेहोसीमा बलात्कार हुन पुगेको परियारले बयानमा स्वीकार गरेका छन्। उनले आफूले छोरी बलात्कार गर्ने कुनै नियत नभएको भन्दै आफूबाट गल्ती भएको बयानमा स्वीकारेका हुन्।

आफूले क्रिस्चियन धर्म मान्ने गरेको र मिर्गौलाको समस्या भएपछि उपचारका लागि काठमाडौं आएको परियारले बयान दिएका छन् । यस्तै, उनले छोरीले सधैं मोबाइल मात्र खेलाउने गरेको र आफूले गाली गरेको उनले बयान दिएका छन्। पटकपटक हराउने गरेको र पछिल्लो पटक हराएको केही दिनमा आफूविरुद्ध नै उजुरी दिएको बयान पनि परियाले दिएका छन्। उनले प्रहरी र अदालतमा दुई थरी बयान दिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी सुरु हुन्छ बलात्कार शृंखला 
छोरी बलात्कारको घटना कान्छी श्रीमतीको बिहेसँगै सुरु हुन्छ। रुकुम स्थायी घर भएका परियारकी जेठी श्रीमतीबाट एक छोरीको जन्म हुन्छ। जेठी छोरीको जन्मसँगै श्रीमतीको निधन हुन्छ। त्यसपछि परियारले गाउँमै कान्छी बिहे गर्छन्। 

कान्छी श्रीमतीबाट दुई छोराको जन्म हुन्छ। घरमा परिवार धेरै भएपछि र क्रिस्चियन धर्म मान्न थालेपछि परियार काठमाडौं आइपुग्छन्। नागार्जुनमा उनी लुगा सिलाउने सामान्य टेलर सञ्चालन गर्न थाल्छन्। कान्छीतर्फबाट जन्मेका दुई छोरालाई उनी काठमाडौं अध्ययनका लागि भन्दै ल्याउँछन्। छोरासँगै सहयोगका लागि जेठी तर्फकी छोरीलाई पनि श्रीमतीसँगकै सल्लाहमा झिकाउँछन्। 

अन्तत: काठमाडौंको एउटा कोठाबाट परियारको 'नरपिचास बाबु'को रुप देखिन थाल्छ।

घटनाको सुरुवात नागार्जुनको डेराबाट २०७४ कात्तिक १५ देखि भएको देखिन्छ। भाइहरुसँग सुतेकी दिदी (परियारकी छोरी) मस्त निद्रामा भएको बेला असहज महसुस गर्छिन्। एक्कासि कसैले थिचेझैं, मुख थुनेझैं र आफ्ना संवेदनशील अंगमा जबरजस्ती गरेझैं अनुभव उनलाई हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जब निद्राबाट उनी ब्युँझन्छिन्, आफ्नै बाबु आफूमाथि चढेर मच्चिरहेको अवस्थामा देख्छिन्। योनी र स्तनमा निकै पीडा भएपछि उनी तत्काल प्रतिवादका लागि चिच्चाउन खोज्छिन् तर बाबुले मुख थुनेर त्यसालई असफल बनाइदिन्छन्। 

उक्त घटना कसैलाई भनेमा नराम्रो हुने र काठमाडौंबाट निकाल्ने बाबुले धम्की दिएपछि उनी मौन बस्न बाध्य हुन्छिन्। 

कात्तिक १८ गते पुन बाबुले आफ्नो असली रुप देखाउँछन्। १५ वर्षकी छोरीको छातीमा हात राखेर भाइहरु नभएको अवस्थामा उनले पुन: बलात्कार गर्छन्। त्यस दिनपछि बाबुसँग रोएर सहनुबाहेक उनको अर्को विकल्प भएन। यो शृंखला केही महिना चलिरह्यो। आफ्नै बाबुले पटकपटक बलात्कार गरिरहे। 

२०७४ पुस १५ गते राति छोराहरु सुतेको मौका पारी बाबु पुन: बलत्कार गर्न आएपछि छोरीले प्रतिवाद गर्ने विचार गरिन्। बाबुलाई आफूबाट हटाएर शौचालयमा गएर लुकिन्। बाबु खोज्दै आए तर भेट्न सकेनन्। मनमा त्रास लिँदै आधा रातसम्म उनी शौचालयमै बसिरहिन्। बाबु निदाएपछि ओछ्यान फर्किइन् र रुदै रात काटिन्। 

बिहान उठेलगत्तै बाबुले 'हिजो राति कहाँ भागेको? भरे रात त पर्ला' भनेर धम्की दिए। आफ्नै बाबुको बलत्कार गर्ने यो धम्की सुनेपछि उनले उक्त स्थानमा बस्न नसक्ने निष्कर्ष निकालिन्। लगत्तै घरबाट बाहिर निस्किइन्। 

एक अपरिचित महिलालाई उनले आफू बाबुबाट पटकपटक बलात्कारको सिकार भएको बताइन्। ती महिलाले उनलाई प्रहरी कार्यालय स्वयम्भू पुर्‍याइन्। प्रहरीले पीडितलाई साथी संस्थाको जिम्मा लगाउँदै २०७४ पुस २० गते बाबु रामबहादुर परियारविरुद्ध जाहेरी दर्ता गर्‍यो। त्यसपछि पक्राउ परेका बाबुलाई प्रहरीले बयान गरायो।

अनुसन्धानका क्रममा प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराउँदा पटकपटक बलात्कार भएको पाइएको थियो। स्वास्थ्य परीक्षणमा ७ हप्ताको गर्भ देखिएको थियो। प्रहरी र पीडितको मञ्जुरीमा गर्भपतन गरिएको थियो।

२०७४ माघ १५ मा प्रहरीले जिल्ला अदालत काठमाडौंमा छोरी बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गर्‍यो। उक्त मुद्दामा फैसला सुनाउँदै चैत २८ गते जिल्ला अदालतले परियारलाई दुई अभियोगमा दोषी ठहर गर्दै १६ वर्ष कैद र ३ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। 

अदालतको फैसलाको पूर्णपाठ भने तयार भएको छैन। यसअघि भक्तपुर जिल्ला अदालतले पनि पीडकको नाम गोप्य राख्न जरुरी नहुने फैसला सुनाएको थियो। सोही नजिरको आधारमा जिल्ला अदालत काठमाडौंले पनि यो मुद्दामा स्वयम्भू ‘क’ नाम राखिएका परियारको नाममा कैद भुक्तान गराउनु भनी फैसला सुनाएको हो। 

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्