पोखरा- कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्तास्वरुप ९८ करोड २० लाख ६९ हजार रुपैयाँ निकासा भएको छ।
यसमध्ये पोखरा–लेखनाथ महानगरपालिकाको लागि मात्रै ६० करोड ९७ लाख ७६ हजार रुपैयाँ निकासा भएको छ ।
यस्तै, रुपा गाउँपालिकामा ६ करोड ९७ लाख १५ हजार, माछापुच्छ्रे गाउँपालिकामा १० करोड २१ लाख ८४ हजार, मादी गाउँपालिकामा १० करोड ७४ लाख २७ हजार र अन्नपूर्ण गाउँपालिकामा नौ करोड ३१ लाख ६६ हजार रुपैयाँ निकासा भएको छ।
निकासा भएको बजेट चालु आर्थिक वर्ष २०७४/७५ को एक तिहाइ हो।
चालु आर्थिक वर्षका लागि पोखरा–लेखनाथ महानगरपालिकाको बजेट एक अर्ब ८२ करोड ५७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, अन्नपूर्ण गाउँपालिकामा २७ करोड ९५ लाख, माछापुच्छ्रे गाउँपालिकामा ३० करोड ६५ लाख ५३ हजार, मार्दी गाउँपालिकामा ३२ करोड २२ लाख ८५ हजार र रुपा गाउँपालिकामा २० करोड ९१ लाख ४६ हजार बजेट छुट्याइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।