काठमाडौं– आइपिएल क्रिकेटमा किंग्स ११ पञ्जावले पाँचौ जित हात पारेको छ। पञ्जावले बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन जोड्यो। उसका लागि लोकेश राहुलले ५२ रन जोडे भने क्रिस गेलले ३० रनको योगदान दिए। मयंक अग्रवाल २६ रनमा आउट हुँदा डेभिड मिल्लरले ४० रन बटुले। बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।
१ सय ८३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनमा मात्र जोड्न सक्यो। अन्तिम ओभरमा २३ रन चाहिएको उसले १० मात्र जोड्न सक्यो। राजस्थानका लागि राहुल त्रिपाठीले ५० रन जोडे भने जोस बटलरले २३ रनको योगदान दिए। सन्जु सामसन २७ र अजिन्का राहणे २६ रनमा आउट भए। स्टुवार्ड विनीले ११ बलमा २ चौका र ३ छक्कासहित नटआउट ३३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा पञ्जावका अर्सदीप सिंह, रविचन्द्रन आस्विन र मोहमद सामीले २–२ विकेट लिए।
अंक तालिकाको चौथो स्थानमा रहेको पञ्जावले ९ खेलबा६ १० अंक जोडेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको ४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।