टोखा- टोखा बिस्केट जात्राको महत्वपूर्ण दिन मंगलबार देवीदेवताहरुलाई नारायणपोखरीमा स्नान गराइएको छ। स्नानपछि सबै देवीदेवतालाई आफ्नै स्थानमा विराजमान गराइएको छ।
उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्रा सामाजिक सदभावका साथ मनाइने जात्रा हो। जात्रा अवलोकनका लागि २ लाखभन्दा बढी सहभागी भएको बताइएको छ।
खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवी देवता हेर्न घुँइचो लागेको थियो। उनीहरुले फुल र अबिर चढाएका थिए।
मंगलबार विस्केट जात्राको अन्तिम दिन देवीदेवतालाई आआफ्नो स्थानमा विराजमान गराउने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।