• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

आधार इलाका गुमाउँदै भाजपा, हिन्दीभाषीले तय गर्नेछन् मोदीको राजनीतिक भविष्य 

64x64
नेपाल लाइभ बुधबार, वैशाख ४, २०७६  ०६:३०
1140x725

२०१४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले जबर्जस्त हात पारेको जित यस पटक पनि कायमै होला भन्ने बहस अहिले केन्द्रमा चलिरहेको छ। तर, २०१९ मा त्यो जित सहज भने देखिँदैन। पहिलेको निर्वाचनको तुलनामा उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, राजस्थान, झारखण्ड, बिहार र दिल्ली जस्ता राज्यमा भाजपाले आफ्नो आधार इलाका गुमाउँदै गएको देखिन्छ। 

मौजुदा लोकसभा निर्वाचनमा एउटा कुरा स्पष्ट देखिन थालेको छ, यो केन्द्रीयभन्दा स्थानीय मुद्दामा केन्द्रित छ। 

यो निर्वाचनमा एउटा पनि त्यस्तो मुद्दा उठेको छैन, जसले २९ राज्य र ७ केन्द्रशासित प्रदेशमा प्रभाव देखिएको होस्। तर २०१४ लाई फर्केर हेर्दा फरक स्वरुप देख्न पाइन्छ। 

२०१४ मा अधिकांश राज्यमा भाजपाका नेता नरेन्द्र मोदीका सर्मथक र कांग्रेसविरोधी लहर देखिएको थियो। जसका कारण भाजपाले लोकसभाको लगभग ९० प्रतिशत सिटमा जित हात पारेको थियो। यसरी उक्त हुइमका कारण प्रभावित उत्तर प्रदेश, बिहार, राजस्थान, मध्य प्रदेश, झारखण्ड, छत्तीसगढ, हरियाणा, हिमाञ्चल, दिल्ली, उत्तराखण्ड र गुजरातमा भाजपाले सिट हात पारेको थियो। 

भाजपाले एक्लै ११ राज्यमा २१६ सिट जितेको थियो। तर यस पटक भाजपाको यो जबरजस्त जित दोहोर्‍याउन सहज छैन किनकि उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ लगायतका आधार इलाका उसले गुमाइसकेको छ। यदि यो मान्न तयार हो भने भाजपाले औसत ५० देखि ६० सिट जित हात पारेमा पनि ९० देखि सय सिटको नोक्सान हुने निश्चित छ। 

अधिकांश वैचारिक पोलहरुमा यी राज्यहरुमा भाजपाले ४० देखि ५० सिटमा हार्न सक्ने देखिएको छ। 

आर्थिक कारणले उत्तर प्रदेशमा कांग्रेसले नयाँ राजनीतिक शक्तिसँग समेत गठजोड गरेको र उनीहरु आफै पनि मजबुत संगठनमा लागेका कारण १६ देखि १८ सिटमा गम्भीरताका साथ निर्वाचन लड्ने तयारी गरेको देखिन्छ। 

बाँकी सिटमा समाजवादी पार्टी–बहुजन समाज पार्टीको गठबन्धन निर्माण भएकाले कांग्रेसभन्दा उनीहरुसँग भाजपालाई खतरा देखिन्छ। मोदी अहिले राष्ट्रिय सुरक्षा र पाकिस्तानसँग जोडेर आलोचनाको कम गर्ने प्रयास गरिरहेका छन्। तर यो स्थानीयस्तरमा काम गर्न सक्ने देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

तर भाजपाले २०१४ को तुलनामा यो पटक पूर्ण बहुमत आउने दाबी गर्दै आएको छ। यो दाबीलाई पुष्टि गर्ने आधार देखिँदैन। यो कुराको पुष्टि अमित शाहले निषाद पार्टी, जो साना समूहमा रहेको छ, उनीहरुसँग गठजोड गर्ने प्रयासबाट देखिन्छ। 

त्यस्तै मुलायम सिंह यादवका भाइ शिवपाल यादवद्वारा गठित प्रगतिशील समाजवादी पार्टी (लोहिया) जस्ता समूहसँग सम्पर्कमा हुनुले भाजपा कमजोर भएको पुष्टि हुन्छ। 

भाजपा आफ्ना सहयोगी दल जनता दल (युनाइटेड) र शिवसेनालाई सिट दिने मामलामा किन अधिक उदार हुँदै गएको हो भन्नेबाट पनि भाजपाको नेतृत्व अधिक बेचैन रहेको बुझ्न सकिन्छ। 

भाजपाको अर्को चिन्ता भनेको प्रियंका गान्धी पनि हुन्। जो पूर्वोत्तर प्रदेशमा उच्च जातका मतदातालाई प्रभावित पार्दै आएकी छन्। चुनावी प्रचार अभियानमा उनी सक्रिय भएर हिँडेकाले भाजपालाई प्रभावित पार्ने निश्चित देखिएको छ। त्यस्तै भाजपाको अर्को चुनौती भनेको भाजपाका संस्थापक सदस्य एवं वरिष्ठ नेता मुरली मनोहर जोशीले निर्वाचनमा भाग नलिने घोषणा गर्नु पनि हो। उनले भाजपाबाट निराशा भएको टिप्पणी गरेकाले यसले त्यहाँका मतदातालाई प्रभावित पार्ने देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भाजपाले अन्य दलको गठबन्धनले कांग्रेसलाई प्रभावित पार्ने भन्दै आएको छ तर यसले पूर्ण प्रभावित हुने देखिँदैन। कांग्रेसले सबै क्षेत्रमा उम्मेदवार उठाए पनि उनीहरुले कति प्रभाव पार्न सक्छन् भन्ने पनि विश्लेषण गर्नुपर्ने देखिन्छ। 

याद राख्नुपर्ने कुरा के हो भने गोरखपुर र फुलपुरको उपचुनावमा कांग्रेसले आफ्नो जमानत बचाउन सकेको थिएन। त्यस्तै बसपा–सपा गठबन्धनले यस क्षेत्रमा आफ्नो पहुँच विस्तार गरेका छन्। यदि यो पटक त्यसले काम गरेमा कांग्रेस जुन सिटमा लडेको हो त्यसमा कम क्षति हुने देखिन्छ। 

कुल मिलाएर हेर्दा भाजपा नै चिन्तित रहेको देखिन्छ। उत्तर प्रदेशमा गठबन्धनवाट हार सक्ने देखिन्छ। २०१४ चुनावमा पार्टीलाई मिलेको ७४ सिटको तुलनामा कम हुनेछ। 

२०१४ मा हिन्दीभाषी राज्यमा मोदी लहर यस पटक कम भएको देखिन्छ। उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, झारखण्ड, छत्तीसगढ र दिल्लीमा मोदीको त्यो पुरानो क्रेज देख्न पाइँदैन। 

यदि दिल्लीमा कांग्रेस र आम आदमीको गठबन्धन निर्माण भयो भने भाजपालाई ठूलो नोक्सान हुने निश्चित छ। भाजपाले अधिकांश सिटमा यहाँ हात झिक्नुपर्ने अवस्था हुन सक्छ। हिन्दीभाषी बाहिरको क्षेत्रमा भाजपाको गहिरो प्रभाव देखिँदैन। दक्षिणी राज्यमा  क्षेत्रीय समीकरण सधैं हाबी हुँदै आएको छ। तामिलनाडु, तेलगंना, आन्ध्र प्रदेश र केरलामा भाजपाभन्दा क्षेत्रीय दल नै हाबी हुने निश्चित छ। कार्नाटकमा भाजपाको प्रभाव राम्रो रहे पनि त्यसलाई चुनौती दिन कांग्रेस–जनता दलको गठबन्धन निर्माण भएकाले केही समस्या हुने निश्चित छ। 

भाजपाले पूर्वोत्तर आठ राज्यका कतिपय ठाउँमा गठबन्धन निर्माण गरेको छ। केही महिनापहिले यस क्षेत्रबाट २५ देखि २२ सिट जित हात पार्ने देखिन्थ्यो तर मोदी सरकारले  विवादास्पद नागरिकता संशोधन विधेयक २०१९ जारी गरेपछि यहाँका जनता भड्केका छन्। जनताहरुले भाजपाप्रति असन्तुष्टि राख्दै आएका छन्।  

अन्तिम विश्लेषणमा भाजपा हिन्दीभाषी रहेका १० राज्य गुजरात र महाराष्ट्रमा आफ्नो अधिक सिट बचाउने प्रयासमा लाग्न सक्ने देखिन्छ। २०१४ मा मोदी लहर जुन रुपमा सबै राज्यमा फैलिएको थियो, तर २०१९ मा यो चलेको देखिँदैन। यो नरेन्द्र मोदी र भाजपा दुवैका लागि चिन्ताको प्रमुख कारण हो। 

('द वायर'बाट)

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्