काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने जारी १२औं संस्करणको आइपिएल क्रिकेटको इमर्जिङ प्लेयर अवार्डको मनोनयमा परेका छन्। दिल्ली क्यापिटल्सका बलर सन्दीपसहित ५ खेलाडी यो अवार्डमा परेका छन्।
सन्दीपले दिल्लीका लागि जारी सिजनमा ४ खेलेका छन्। उनले कोलकताविरुद्ध १ विकेट, पन्जावविरुद्ध २ विकेट, हैदरावादविरुद्ध १ विकेट र बैंग्लोरविरुद्ध १ विकेट लिएका छन्। बैंग्लोरविरुद्धको पछिल्लो खेलमा उनले ४६ रन दिएका छन्। त्यसपछि सन्दीपले पछिल्ला ३ खेलमा मौका पाएका छैनन्। सन्दीपले अहिलेसम्म चार खेलमा ५ विकेट लिएका छन्।
मनोनयनमा सन्दीपसँगै बैंग्लोरका बलर मोहमद सिराज र मुम्बई इन्डियन्सका स्पिनर राहुल चाहर छन्। मनोनयनमा राजस्थानका दुई खेलाडी छन्। तिव्र गतिका बलर जोफ्रा आर्चर र स्पिनर श्रेयस गोपाल मनोनयनमा परेका छन्।
सिराजले ६ विकेट लिएका छन् भने चाहरले ३ विकेट लिएका छन्। आर्चरले ७ विकेट लिइसकेका छन् भने गोपालले ८ विकेट हात पारेका छन्।
अवार्ड जित्ने खेलाडीले १० लाख भारु पुरस्कार पाउनेछन्। अवार्डका लागि १९९३ को अप्रिल पछि जन्मेको हुनु पर्ने, ५ भन्दा कम टेस्ट म्याच खेलेको हुनु पर्ने, २० भन्दा कम एकदिवसीय खेल खेलेको हुनु पर्ने, आइपिएलका २५ भन्दा कम खेल खेलेको हुनु पर्ने नियम छन्।
प्रतियोगिताको विजेता www.iplt20.com मा आएको जनताको मत र टेलिभिजन कमेन्टेटरको रोजाइको आधारमा घोषणा हुनेछ। गत संस्करण दिल्लीका रिशव पन्तले यो अवार्ड जितेका थिए।
आइपिएलको नियममा यस्तो छ व्यवस्था :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।