काठमाडौं– मलेसियामा भइरहेको आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा सबै टिमले ४–४ खेल खेलेका छन्। अंक तालिकामा चारै खेल जितेको युएई विश्वकप छनोट नजिक पुगेको छ।
नेपाल ४ मध्ये ३ खेल खेलेर अंक तालिकाको दोस्रो स्थानमा छ। नेपालले युएईसँग १ रनको हार बेहोरेको थियो। वर्षाले प्रभावित खेलमा १ रनले पराजित हुनु नेपालका लागि दुर्भाग्य साबित बनेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २ सय ४७ रन बनाएको थियो। २ सय ४६ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १ सय २२ रन बनाएदा ३ विकेट गुमाएको थियो। त्यसपछि वर्षा हुँदा खेल हुन सकेन। दुर्भाग्य नेपाल डिएल मेथडमा १ रनले पराजित हुनु पर्यो।
त्यहि नजिताका कारण नेपालको विश्वकपमा छनोट हुने लक्ष्य कठिन र अन्य टिमको नजितामा भर परेको छ।
अन्तिम दिन बिहीबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। सोहि दिन शीर्ष स्थानको युएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। खेलमा नेपालले जित हात पारे पनि विश्वकपमा छनोट हुन पर्याप्त हुने छैन। अर्को खेलमा कुवेतले युएईलाई हराए नेपाल विश्वकपमा छनोट हुनेछ। युएईले जित हात पारेको खण्डमा भने नेपाल दोस्रो स्थानमा सीमित रहदै विश्वकपमा छनोट हुन असफल हुनेछ।
अंक तालिका

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।