भक्तपुर- बिस्केट जात्राको अवसरमा मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौंपटक आफ्नो जिब्रो छेडाएका छन्। जिब्रो छेडाउन बोडेबासीकै श्रेष्ठ थरका व्यक्ति हुनुपर्ने परम्परा छ।
श्रेष्ठले ०६२ सालदेखि ०६५ सम्म ४ पटक र ०७४ र ०७५ सालमा पनि जिब्रो छेडाएका थिए।
प्रत्येक बैसाख २ गते मध्यपुरथिमीमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा पनि मनाएका छन्। टोलटोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।