दिल्ली– मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ।
सोमबार घोषणा गरिएको १५ सदस्यीय राष्ट्रिय टिममा पुरानै अनुहारको वर्चश्व छ।
टिममा युवा विकेटकिपर रिशव पन्तले स्थान बनाउन सकेनन्। उनलाई टिममा राख्ने अनुमान गरिएपनि अनुभवी विकेटकिपर दिनेश कार्तिकलाई टिममा स्थान दिइएको छ।
मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायादु पनि टिममा छैनन्। मध्यक्रममा विजय शंकरले स्थान पाएका छन्। श्रेयर इयर र मनिष पाण्डे पनि टिममा अटाएनन्।
टिम भारत– विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युजभेन्द्र चाहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहमद सामी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।