काठमाडौं– भारतीय वरिष्ठ पत्रकार तथा सम्पादक गौरी लंकेशलाई गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरुले प्रदर्शन तथा शोकसभा गरेका छन्।
नेपाली लेखक तथा पत्रकारहरुले काठमाडौंको माइतीघर मण्डलामा पत्रकार लंकेशको हत्या विरुद्धमा लेखिएका विभिन्न प्लेकार्डहरु लिएर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा खगेन्द्र संग्रौला, सीके लाल, झलक सुवेदी, नयनराज पाण्डे, राजेन्द्र महर्जन, युग पाठक, बुद्धि सागर, यम विरही लगायत करिब ७० जना लेखक तथा पत्रकारले उपस्थिति जनाएका छन्।
मंगलबार साँझ लंकेशलाई बैंगलुरूस्थित उनकै निवासभित्र गोली हानी हत्या गरिएको थियो। भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि लेखेकै कारण नरेन्द्र दाभोलकर, डा गोविन्द पानसरे र डा एमएम कलबुर्गीको हत्या भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।