complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चर्चित संगीतकारको चिन्ता : हिट गीत बनाउन कहिलेसम्म बजारको पछि दगुर्ने?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २७, २०७४  ०५:५९
1140x725

आजका व्यस्त संगीतकार अर्जुन पोखरेल स्कुले जीवनमै ‘छुरा’ थिए। पढाइको कुरा अलग राखौं, उनमा संगीतको धार भने चम्किलो थियो। स्कुलका कार्यक्रम र अरु ठाउँमा गीत गाउन भनेपछि अघि सरिहाल्थे।

कुनै गीत सुनेर त्यही भाकामा गाउनु सामान्य कुरा भयो, अर्जुन भने अरुका गीत सुनेर आफैं मेलोडी बनाएर त्यसलाई नयाँ शैलीमा गाउँथे। यस्तो स्वभावले उनीभित्र संगीतकारको खुबी हुर्काइरहेको थियो।

संगीतप्रतिको रस भने उनको पारिवारिक वातावरणमै थियो। बुबा भजन गाउन हिँडिरहन्थे र बालन पनि गाउँथे। आमा रत्यौली र तीजका गीत गाउँथिन्।  

कुनै गीतलाई आफ्नै धुनमा गाउने अर्जुनको प्रतिभा उनका मामाले उतिबेला ख्याल गरेका मदन मामाले भनेको कुरा उनी अझै सम्झन्छन् उनी, ‘भान्जा, तिमी गायक बन्छौ–बन्दैनौ थाहा छैन, तर एउटा राम्रो संगीतकार भने अवश्य बन्छौ।’

मामाले भनेको कुरा त्यतिबेला उनको कलिलो मगजमा घुसेन। उनलाई संगीतकार भनेको मेलोडी बनाउने नभई विभिन्न बाजा बजाउने मान्छे हो भन्ने लाग्थ्यो।

एसएलसी दिएर काठमाडौं आएपछि दायरा अलि फराकिलो भयो। आरआर क्याम्पसमा भर्ना हुँदा उनले संगीतलाई उनले औपचारिक विषय बनाएका थिएनन्। तर पनि उनी संगीतकार दीपक जंगमले पढाउने संगीतको कक्षामा नियमित बस्थे। कक्षामा विद्यार्थी टन्न हुने भएकाले राम्ररी सिक्ने अवसरै थिएन। सबै विद्यार्थी जस्तै उनी पनि एकोहोरो राग अलाप्थे।

उनी सम्झिन्छन्, ‘५०–६० जना बसेर हलमा कराइन्थ्यो। त्यो बेला मैले संगीत कति सिकेँ भन्ने थाहा छैन। तर संगीतको माहौल कस्तो हुनुपर्छ भन्ने चाहिँ बुझेँ।’

कलेजको हरेकजसो कार्यक्रममा उनी गीत गाउन तम्सिन्थे। बाजाको ताल नसमाती सुरु भइहाल्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई सुरुमा यसरी नै गायक बनिन्छ जस्तो लाग्थ्यो, तर बिस्तारै त्यो भ्रम टुट्दै गयो’, आफ्नो आलोकाँचो बुझाइ सम्झिँदै भने।

गाउँघरमा आफ्नै पारामा गाएर आएका उनले कलेजमा साथीहरुले हारमोनियम र गिटारमा सुर–ताल मिलाएर गीत गाइरहेको देख्दा कुनै मेसो नै पाएनन्। उनी गाउने नाममा सुरताल नपक्री एकोहोरो दौडिन्थे, साथीहरूले उनीसँग सुर मिलाउन सास्ती खेप्नुपर्थ्यो।

अखिल र नेविसंघ दुवैले नपत्याए पनि अखिल क्रान्तिकारीले उनलाई पत्यायो। ज्यानमा युवा जोस छँदै थियो, त्योभन्दा पनि गायन हुरुक्क भएर लागेका उनले गलाको नसा फुलाउँदै क्रान्तिकारी गीत गाए।

अर्जुनको यस्तो ताल देखेपछि केही साथीले उनलाई सम्झाए, ‘तँ यस्तो राम्रो गाउँछस्, तर तेरो टाइमिङ नै भएन। हारमोनियम सिक्।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि हारमोनियम सिक्नुपर्छ भन्ने उनलाई लाग्यो।  

उनीमा गाउने धोको थियो। क्याम्पसमा हुने सांस्कृतिक कार्यक्रम नै गाउने ठाउँ भए पनि स्ववियूमा अनेरास्ववियूको पकडका अगाडि उनको जोर चल्ने देखिएन। उनले गाउने मौका दिन अनेक आग्रह गर्दा पनि अवसर पाएनन्। पाऊन् पनि कसरी ? कलाकार प्रशस्त थिए र उनीभन्दा जान्ने अरु थिए। 

अखिल र नेविसंघ दुवैले नपत्याए पनि अखिल क्रान्तिकारीले उनलाई पत्यायो। ज्यानमा युवा जोस छँदै थियो, त्योभन्दा पनि गायन हुरुक्क भएर लागेका उनले गलाको नसा फुलाउँदै क्रान्तिकारी गीत गाए–

‘भन्दिनू है भन्दिनू खबर मेरी आमालाई 
ऊ लड्दै छ रे अघि बढ्दै छ रे
देशका निम्ति ऊ मर्दै छ रे।’

गीतबाट उनले राम्रो प्रतिक्रिया पाए। लगत्तै क्याम्पसमा लोक गायक खेमराज गुरूङको कार्यक्रम भयो । खेमको गायकी र फ्यानहरूमा परेको प्रभाव देखेर उनलाई लाग्यो– ‘वाह् यस्तो पो गीत!’

क्याम्पसको वातावरण र आफ्नो कमजोरीले उनलाई संगीतको औपचारिक शिक्षा लिनुपर्ने कुरा सिकायो। उनले सात वर्ष लगाएर शास्त्रीय, लोक, आधुनिक, र पाश्चात्य संगीत सिके।

संगीत सिक्दै उनले गाउनेभन्दा पनि मेलोडीहरू बनाउने काममा आफूलाई केन्द्रित गरे। उनी लोकगीतका क्षेत्रमा चिनिए। संगीत कम्पोजका साथै एरेन्जमेन्टको काम पनि गर्थे। तर, उनको सपना थियो, फिल्मको संगीतकार बन्ने। 

त्यसका लागि अर्जुनको संघर्ष जारी थियो। मानिसहरूसँग भेटघाट गरिरहेका थिए। तर, कसैले उनलाई पत्याएका थिएनन्। त्यसमाथि फिल्मका धेरै मान्छेसँग उनको चिनजान नभएकाले सीमित दायराबाट मौका पाउन सम्भवै थिएन। 

‘सुरूसुरूमा जस्तो कम्पोज बनाएर सुनाए पनि यो त लोकगीत भो भन्थे’, उनी विगत केलाउँछन्, ‘उनीहरूलाई त्यतिखेर मेरो गीत मन नपरेको भन्दा पनि ४०–५० लाखको फिल्ममा नयाँ संगीतकार लिन हिचकिचाएका रहेछन्।’

कसैले नपत्याइरहेका बेला एउटा फिल्ममा संगीत दिन पाउने अवसर आइपुग्यो। तर, ब्यानरका कारण उनी आफ्नो सिर्जनाको उचित कदर हुँदैन भनेर हच्किए। उनले छाडेपछि अर्कै संगीतकारले काम गरे। उनले हात झिके पनि फिल्ममा संगीत दिने उनको बाटो त्यही फिल्मले खनिसकेको रैछ। 

सो फिल्मको प्रोडक्सनमा काम गरेका राजु गिरी आफैं फिल्म निर्देशन गर्ने तयारीमा रहेछन्। पहिलो कामको सिलसिलामा चिनजान हुँदा अर्जुनको क्षमतालाई राजुले पारख गरिसकेका रहेछन्।

राजुले फिल्मका लागि तीन वटा गीत मागे। आफूसँग भएका टन्नै मेलोडीमध्ये उनले केही दिए। अर्जुनको क्षमता चिनेका राजुले गतिलो फिल्म दिन नसके पनि गतिलो संगीतकार भित्र्याउने जस उनैलाई जान्छ।

फिल्मको ‘छुट्छ कि साथ टुट्छ कि नाता’ बोलको गीत चर्चित भयो। सिआरबिटीको माहौल भएको ०६७ सालताका सिआरबिटीबाट मात्र १५ लाख रुपैयाँ रोयल्टी आयो। 

गीत हिट भए पनि फिल्म उद्योगमा उनी गुमनाम नै रहे। यस्तैमा राजुका साथी जीवन टण्डनले ‘जीवनसाथी’ फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका दिवाकर भट्टराईसँग भेट गराइदिए। 

टण्डनको करबलले मात्र दिवाकर अर्जुनकोमा आइपुगेका थिए। गीत सुनेर राम्रो लागेन भने छाडेर हिँडौंला भनेर उनलाई टण्डनले मनाएर ल्याएका थिए। तर, अर्जुनको कम्पोजिसन सुनेपछि दिवाकरलाई जादुको काम गर्‍यो । उनी दंग परे, तत्काल प्रस्ताव गरिहाले, ‘तपाईंसँग यस्तो गजबको ट्यालेन्ट रैछ। मैले फिल्मका लागि तीन वटा गीत बनाइसकेको थिएँ। अब ती सबै हटाएर तपाईंकैं गीत राख्छु।’ 

अर्जुनले त्यतिबेला ‘सरर वेग मारी बेनीको बस आयो’, ’तिमीसँग रिसाएर कोइसँग नि बोल्दिनँ म’  र ’उत्तरै बग्ने त्यो काली नदी’ सुनाएका थिए। सबै गीत हिट भए। फिल्मको ब्यानर र स्टारकास्टले पनि गीतको लोकप्रियता बढाउन ठूलै सहयोग गरे। 

‘प्रेमगीत’ पछि उनीमाथि सिंगो फिल्म उद्योगकै नजर सोझियो। आज ‘लभ’ र ‘स्याड’ गीत चाहियो भने धेरै निर्माता र निर्देशकको दिमागमा पहिलो नाम अर्जुनकै आउँछ।

लगत्तै राजु गिरीले ‘बिन्दास’ बनाउन लागे। त्यो फिल्मका ’रिमझिम रिमझिम’ र ‘बाटो मोडेर गयौ’ गीत निकै लोकप्रिय भए। सिआरबिटीको टप फाइभ गीतमध्ये माथिल्ला ३ गीत अर्जुनकै हुन्थे। 

गीतहरू सफल भए पनि अर्जुन अझै ठूला ब्यानरमा परिसकेका थिएनन्। रोचक त के भने, उनका गीतहरूले अवार्ड जितिरहेका हुन्थे, तर अवार्ड समारोहमा उनलाई निम्ता आउँथेन। तर, नेफ्टा अवार्डमा उनले ’बिन्दास’ र ’जीवनसाथी’ फिल्मबाट केही अवार्ड जिते। 

त्यसपछि दिवाकरले अर्जुनलाई आफ्नो दोस्रो फिल्म ‘स्टुपिड मन’मा लिए। सो फिल्मबाट उनले ७–८ वटा अवार्ड पाए। 

‘त्यो फिल्म आएपछि भने धेरैको नजरमा परियो’, उनी सुनाउँछन्।

‘बिन्दास २’को ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे’ गीतले सफलताको मानक स्थापित गरिसकेको थियो। यस्तैमा उनको भेट चर्चित संगीतकार सुरेश अधिकारीसँग भयो। सुरेशले ‘छुट्छ कि साथ टुट्छ कि साथ’ गीत सुनेका रहेछन्। रेकर्डिङ स्टुडियोमा भेटिएका अर्जुनलाई सुरेशले भने, ‘तपाईंको मेलोडीको सेन्स असाध्यै मन पर्‍यो।’ 

सुरेशले अर्जुनको तारिफ व्यक्तिगत रूपमा मात्र नभई पछि सार्वजनिक रूपमा पनि खुलेर गरे। एउटा एल्बम विमोचनमा सुरेश अधिकारीलाई बोल्न लगाइयो। एल्बमको गीत नसुनेका उनले भने, ‘मैले भाइको एल्बमको गीत त सुनेको छैन, तर भाइको सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे’ सुनेको छु। त्यो गीतको स्थायी र अन्तराबाट थाहा हुन्छ, अर्जुन भाइ एकदम ट्यालेन्ट संगीतकार हो।’

गनिएका संगीतकारबाट त्यस्तो प्रशंसा सुनेपछि अर्जुनलाई संसारै जिते जस्तो महसुस भयो। 

बिस्तारै अर्जुनको फिल्मी क्षेत्रका मानिसहरुसँग चिनजान बढ्दै थियो। सुदर्शन थापासँग उनको चिनजान थियो। उनीसँग काम गर्न पाए आफूलाई प्रमाणित गर्न सक्छु भन्ने विश्वास अर्जुनको मनमा थियो।

फिल्मी संगीतमा आफ्नो माग बढेर महँगो र व्यस्त संगीतकार भए पनि उनी संमग्र फिल्मी संगीतको अहिलेको शैली देखेर सन्तुष्ट छैनन्।

‘चंखे शंखे पंखे’को तयारीमा रहेका सुदर्शनले लगत्तै बन्ने फिल्ममा काम गराउने आश्वासन दिए। अन्ततः अर्जुनको हातमा ‘प्रेमगीत’ फिल्म पर्‍यो। नेपाली फिल्मको संगीतमा जम्न त्यो खोजेजस्तै सुवर्ण अवसर भइदियो।

उनले फिल्ममा सबै प्रकारको गीत राखेका थिए। सुनाउँछन्, ‘मैले सुनाएका गीत सबै एक पटकमै ओके भए। सबै गीतहरू चले।’

‘प्रेमगीत’ पछि उनीमाथि सिंगो फिल्म उद्योगकै नजर सोझियो। आज ‘लभ’ र ‘स्याड’ गीत चाहियो भने धेरै निर्माता र निर्देशकको दिमागमा पहिलो नाम अर्जुनकै आउँछ।

फिल्मी संगीतमा आफ्नो माग बढेर महँगो र व्यस्त संगीतकार भए पनि उनी संमग्र फिल्मी संगीतको अहिलेको शैली देखेर सन्तुष्ट छैनन्।

‘सफ्ट गीत र लोकगीत अनिवार्य राख्ने चलनले चलचित्र संगीतजस्तो फिल नै हुँदैन, यसरी चलचित्र संगीतको स्तर बढ्दैन’, उनी औंल्याउँछन्, ‘हामी आफ्नै परिवेशमा मात्र रूमलिएर बस्नु भएन।’ 

अर्जुनका अनुसार, अहिले संगीतकारलाई मनदेखि चित्त नबुझे पनि बजारको माग अनुसारको हिट गीत बनाउनुपर्ने बाध्यता छ। 

‘फरक खालका गीत पनि हिट हुनसक्छन् भनेर प्रमाणित गर्ने मौका मिलेको छैन। यो काम ठूला ब्यानरले गर्न सकेका छैनन्। उहाँहरू पनि बजारकै पछि हुनुहुन्छ’, उनले चिन्ता जनाए। ‘बाहुबली २’ वा सञ्जय लीला भन्सालीका गीतहरूको स्तरमा नेपालका संगीतकार पनि काम गर्न सक्षम भए पनि मौका नमिलेको उनको गुनासो छ।  

नेपाली फिल्मी संगीतबारे उनी टिप्पणी गर्छन्, ‘हेर्दा पाइला बढेको देखिन्छ, तर यो हात्तीको सुड अगाडि गए जस्तो मात्र भइरहेको छ।’ 

अर्जुनको विचारमा नेपालको फिल्मको बजार फराकिलो भए अनुसार संगीतको हुन सकिरहेको छैन। 

‘फिल्मी संगीतप्रतिको सोच परिवर्तन भएको छैन, नयाँ चिज गर्ने वातावरण छैन। फिल्मपिच्छे नयाँ चिज हुनुपर्ने हो, तर भएको छैन। म कति जनालाई भन्छु, तर उहाँहरू रिस्क लिन तयार हुनुहुन्न’, उनले भने।

आफ्नो मर्म कसैले नबुझेपछि अर्जुन पछिल्लो समय वैकल्पिक बाटोबाट आफ्नो मन खाने काम गर्ने तयारीमा छन्। व्यक्तिगत रूपमै उनले आफूले चाहेजस्ता संगीत पस्किने उनको सोच छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्