काठमाडौँ– नेपाली काँग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदै छ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् ।
सोही क्रममा काँग्रेसले नुवाकोट-१ मा महतलाई उम्मेदवार बनाएको हो ।
गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।