भैरहवा– भैरहवामा संस्कृति रक्षा दौडको आयोजना गरिएको छ।
हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा विभागले दौडको आयोजना गरेको हो।
राष्ट्रिय स्वाभिमान र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०६८ सालदेखि आयोजना गरिँदै आएको कार्यक्रमलाई निरन्तरता दिँदै दौडआयोजना गरिएको हिन्दू स्वयंससेवक संघ नेपाल विभागका रविकान्त उपाध्यायले बताए।
भैरहवाको बर्मेलीटोलबाट सुरु भएको दौड सिद्धार्थनगरको नारायणपथ, मिलनचोक, निर्वाण होटल, बसपार्क सडक,देवकोटाचोक हुँदै पुनः बुद्धचोकमा पुगेर समापन भएको थियो।
दौडमा हेमन्त श्रीस प्रथम, सत्येन्द्र यादव द्धितीय, मोहम्मद रफिक तृतीय र दीपक भण्डारी र लक्ष्मी मुखिया सान्त्वना भएको हिन्दू स्वयंसेवक संघ भैरहवा विभागले जनाएको छ।
दौडमा विजयी हुने सहभागीहरूलाई प्रथम पुरस्कार रु ११ हजार, द्धितीय पुरस्कार ५ हजार १ सय, तृतीय पुरस्कार २ हजार १ सय र सान्त्वना पुरस्कार १ हजार प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।