काठमाडौं– नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब एएफसी कपको आफ्नो दोस्रो खेल तथा पहिलो अवे खेलका लागि भारत प्रस्थान गरेको छ।
मनाङ भारतको चेन्नइयनसँग खेल्न भारत प्रस्थान गरेको हो। खेल आगामी बुधबार हुनेछ। अहमेदावादस्थित चेन्नइयनको घरेलु मैदानमा द एरेनामा खेल हुनेछ।
यसअघि मनाङ घरेलु मैदानमा भएको खेलमा पराजित भएको थियो। मनाङलाई बंगलादेशको लिग च्याम्पियन अबहानी लिमिटेड ढाकाले १–० गोलले पराजित गरेको थियो।
अघिल्लो चरणमा स्थान बनाउनका लागि मनाङका खेल महत्वपूर्ण छ। समूह 'ई' को मनाङसँगै लादेशको लिग च्याम्पियन अबहानी लिमिटेड ढाका तथा भारतीय क्लबद्वय मिनेरभा पञ्जाव र चेन्नइयन छन्। पहिलो खेलमा जित हात पारेको ढाका शीर्ष स्थानमा छ। पञ्जाव र चेन्नइयनले पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए।
तीनै टिमसँग मनाङले ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ। मनाङले पन्जावसँग वैशाख १४ गते एन्फा कम्प्लेक्समा खेल्नेछ।
मनाङ टिममा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की छन्। डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश दनुवार, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन्। मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठले खेल्नेछन्। फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।