तस्बिर : साेलु एफएम
काठमाडौं- सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना भएकाे छ। दुर्घटनामा २ जनाको मृत्यु भएको साेलुखुम्बुका डिएसपी सालिकराम शर्माले बताए।
आइतबार बिहान उडान भर्ने क्रममा विमान दुर्घटना भएको बताइएकाे छ। उडान भर्ने क्रममा रन-वेबाट चिप्लिएर विमान पार्किङ गरिएका मनाङ एयरको २ वटा हेलिकोप्टरसँग ठोक्किएकाे साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।
दुर्घटनामा विमानका को-पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको छ। विमानका चालककाे अवस्था गम्भीर रहेकाे र उनलाई थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे प्रहरीले जानकारी दिएकाे छ।
दुर्घटनाकाे थप विवरण आउन बाँकि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।