• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुदुरपश्चिम सरकारको बेरुजु ६० लाख

64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०७५  २१:१२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ मा करिब ६० लाख रुपैयाँ अनियमित ढंगले खर्च गरेको पाइएको छ। 

महालेपरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५६औं वार्षिक प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकार मातहतका १० वटा कार्यालयको बेरुजु ५९ लाख ५९ हजार रुपैयाँ रहेको उल्लेख छ। 

महालेखापरीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकार मातहतका १० वटा कार्यालयको २६ करोड १९ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गर्दा दुई दशमलव २८ प्रतिशत बेरुजु देखिएको छ। 

महालेखापरीक्षकको प्रतिवेदनअनुसार प्रदेश सरकारले ९५ वटा सैद्धान्तिक कमजोरी गरेका कारण सो रकम बेरुजु देखिएको छ। प्रतिवेदनमा ८ लाख २५ हजार रुपैयाँ अनियमितता गरेको र ५१ लाख ३४ हजार रुपैयाँ प्रमाण नै नपुर्‍याइ खर्च गरेको उल्लेख छ।

यद्यपि, महालेखापरीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारबाट असुल उपर गर्न नपर्ने समेत प्रतिवेदनमा उल्लेख गरेको छ।

सुदूरपश्चिम प्रदेश सभाबाट आर्थिक वर्ष २०७४/०७५ का लागि स्वीकृत गरेको १ अर्ब २ करोड पाँच लाख रुपैयाँमध्ये २५ करोड ९८ लाख रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटको २५ दशमलव ४६ प्रतिशत रकम मात्रै खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम प्रतिस्पर्धाको आधारमा खरिद गर्नुपर्ने सामानहरु सोझै खरिद गरेको उल्लेख गरिएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा फर्निचर, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टरलगायतका सामग्री खरिद गर्दा प्रतिस्पर्धा बिना पटकपटक सोझै खरिद गरेको प्रतिवेदनमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

'नयाँ स्थापना भएका मन्त्रालयको सञ्चालनका लागि तत्काल खरिद गर्नु परे पनि सोझै खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र नियमावलीको नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी प्रक्रियासमेत अवलम्बन गरेको देखिएन,’ महाखापरीक्षको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशसभा सचिवालयले प्रदेश राजधानीमा घर हुने र नहुने प्रदेश सांसद्हरुलाई समान रुपमा घरभाडा दिने निर्णय उपयुक्त नभएको प्रतिवेदनले जनाएको छ। 

'सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई क्रमशः ५५ लाख ८० हजार, ८५ लाख ३९ हजार, ९१ लाख ६ हजार, ३२ लाख १४ हजार, ७१ लाख १० हजार, १६ लाख ६८ हजार र ३१ लाख ९२ हजार रुपैयाँ घरभाडा भुक्तानी गरेको देखिएको छ,’ महालेखापरीक्षकको प्रतिवेदनमा लेखिएको छ, 'प्रदेश राजधानीमा घर हुने र नहुनेलाई समान रुपले घरभाडा भुक्तानी दिने निर्णय उपयुक्त देखिएन।'

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीलाई दुई निकायबाट इन्धन उपलब्ध गराउदा खर्च नियन्त्रण गर्न कठिनाई भएको भन्दै महालेखा परीक्षकको कार्यालयले एउटै निकायबाट इन्धन दिने व्यवस्था मिलाउन सुझाव दिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्रीलाई दुई वटा सवारी साधन र इन्धन आवश्यकता अनुसार उपलब्ध गराउने गरी कानुन बनाएको देखिन्छ। अतिथि सत्कारका लागि मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशले मासिक १० हजार रुपैयाँ निर्धारण गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, 'प्रदेशअन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी हुँदा आवश्यक पर्ने इन्धन सम्बन्धित मन्त्रालयबाट उपलब्ध गराउने गरेको देखिन्छ। 

यसप्रकार दुई निकायबाट इन्धन उपलब्ध गराउँदा खर्चमा नियन्त्रण गर्न कठिनाइ पर्ने देखिएकोले सो व्यवस्थामा पुनरावलोकन गरी एकै निकायबाट इन्धन सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने समेत सो प्रतिवेदनमा उल्लेख छ। 

महालेखापरीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय र मुख्यन्यायाधिवक्ताको कार्यालय गरी प्रदेशका १० कार्यालयको महालेखा परीक्षण गरेको थियो।

महालेखा परीक्षकको प्रतिवेदनमा सुदूरपश्चिमाञ्चल विकास आयोगले ६० हजार रुपैयाँ बेरुजु गरेको जनाएको छ। 

त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयमा १ करोड १२ लाख ९४ हजार रुपैयाँ बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला समन्वय समितिमध्ये आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी बेरुजु गर्नेमा कैलाली जिल्ला समन्वय समिति परेको छ। त्यस्तै, बेरुजु गर्नेमा बैतडी दोस्रो, डोटी तेस्रो, बाजुरा चौथो स्थानमा छन्। 

कैलाली जिल्ला समन्वय समितिको ३० करोड २५ लाख १७ हजार रुपैयाको लेखा परीक्षण गरिएकोमा पाँच करोड १८ लाख ९३ हजार रुपैयाँ बेरुजु भेटिएको प्रतिवेदनमा उल्लेख छ। 

बैतडी जिल्ला समन्वय समितिको ८ करोड ७९ लाख ५४ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ३ लाख १२ हजार रुपैयाँ बेरुजु भेटिएको छ। भने डोटी जिल्ला समन्वय समितिको १८ करोड ९९ लाख ९४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा एक लाख ५९ हजार रुपैया बेरुजु भेटिएको छ। 

त्यस्तै, बाजुरा जिल्ला समन्वय समितिको २० करोड २४ लाख ३७ हजार रकमको लेखापरीक्षण गर्दा एक लाख १४ हजार रुपैयाँ बेरुजु भेटिएको छ। कञ्चनपुर जिल्ला समन्वय समितिको २४ करोड ३५ लाख १० हजारको लेखा परीक्षण गर्दा ६० हजार रुपैया, दार्चुलाको ११ करोड २२ लाख ६० हजारको लेखापरीक्ष गर्दा १८ हजार र डडेल्धुराको पाँच करोड ९२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा तीन हजार रुपैयाँ बेरुजु भेटिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। 

त्यसैगरी, क्रमशः आठ करोड ७३ लाख २९ हजार र ९ करोड ५३ लाख २७ हजार रुपैयाँको लेखापरीक्षण गरिएको अछाम र बझाङ जिल्ला समन्वय समितिमा भने बेरुजु रहेको छैन।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्