• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

म्यानपावर व्यवसायीको बदमासी : कतारको एउटै कोठामा १४ नेपाली अलपत्र

64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०७५  ०६:३२
1140x725

काठमाडौं- हातमा सानो झोला भिरेर पिपुल फोरमको अफिस पुगेका निराजन सार्कीको अनुहार निकै मलिन देखिन्थ्यो। कानुनी सहायताका लागि वैदेशिक रोजगार विभाग नजिकै रहेको फोरम आइपुगेका सार्कीले टेबुलमा झोला राखे र लामो श्वास फेर्दै भने, 'दलालहरुले फसाएपछि विमानस्थलबाट सिधै आइयो।'

कतार पुगेर विमानस्थलबाटै फर्काइएका सार्कीको पीडा यसरी सुरु हुन्छ:
पारिवारिक अवस्था सामान्य रहेका बाजुराका उनी कामको खोजीमा नेपालमा धेरै  ठाउँ भौंतारिए। भनेजस्तो काम नपाएपछि विदेश जाने सोच बनाए। काठमाडौं आइसकेपछि उनको भेट चिनजानकै जयबहादुर सिहंसँग भयो।

सिहंले सार्कीलाई टिएमएस म्यानपावर प्रालि पुर्‍याए। उनलाई कतारमा होटलको काम र  १४ सय रियाल मासिक तलब हुने सुनाइएको थियो।

म्यानपावरले कतारमा राम्रो काम भएको भन्दै २ लाख १० हजार लागत लाग्ने बतायो। सार्कीले सो रकम पनि बुझाए तर रकम बुझाएको कुनै प्रमाण उनीसँगग छैन। पैसा बुझाएपछि भिसा आउँछ आउँछ भन्दाभन्दै तीन महिनासम्म काठमाडौंको होटलमा बित्यो।

तीन महिनापछि अप्रिल ३ मा विमानस्थल पुगेपछि मात्रै कामदारको करारनामा पत्रमा हस्ताक्षर गर्न लगाइयो। त्यो समझदारीपत्रमा सार्कीको कामको प्रकृति लेभर उल्लेख गरिएको छ। १४ सय भनेर पहिले बताइएको भए पनि समझदारीमा १ हजार रियाल उल्लेख छ। दुई वर्षको करार अवधिमा दैनिक ८ घन्टा र हप्तामा ६ दिन काम गर्नेपर्ने पनि लेखिएको छ। खानेबस्ने सुविधा कम्पनीले तोकेको ठाउँमा भनिएको छ। हवाईखर्च लगायतको सुविधाबारे पनि समझदारीपत्रमा उल्लेख छ। 

'भन्ने बेलामा होटलमा म्यानेजमेन्टको काम भनिएको थियो,' सार्की भन्छन्, 'मासिक १४ सय रियाल र ओभरटाइम सुविधासमेत उल्लेख गरिएको थियो। तर समझदारीपत्रमा सबै कुरा फरक रहेछ। फ्लाइट नै फिक्स भएपछि कतार जानैपर्‍यो।'

काठमाडौं आएको तीन महिनापछि अप्रिल ३ मा सार्की कतार उडे। कतार एअरपोर्टमा पुगेपछि पनि उनलाई रिसिभ गर्न झन्डै १२ घन्टापछि  एजेन्टहरु आए। 

Ncell 2
Ncell 2

'१२ घन्टासम्म खुल्ला आकाशमुनि बसियो, कोठामा पुगेपछि सबैले तपाईं पनि फस्नुभयो भनेपछि मात्रै थाहा भयो,' दलालको सेटिङमा फसिएछ निराजनले भने। 

उनी पुगेको अफिसमा फरकफरक म्यानपावर कम्पनीमार्फत पठाइएका धेरै कामदार महिनौंदेखि थुनिएर बसेका रहेछन्।

कोठामा १३ जना अन्य नेपाली अलपत्र परेको देखेपछि आफू पनि फसेको सार्कीले बल्ल थाहा पाए।

‘एक हप्तासम्म खान पनि राम्रोसँग पाइएन, दाल, चामल मात्रै थियो। त्यो पनि सकियो,' उनी सम्झन्छन्, 'हामीलाई न काममा पठाउँछ न नेपाल, धेरै पीडा भयो। एकातिर पैसा सक्कियो अर्कातिर समय।’

 निराजनसँग मोबाइल पनि साथमा थिएन। साथीको मोबाइलमार्फत कतारस्थित दूतावासमा सम्पर्क गरे।

दूतावासलाई उद्धारका लागि अनुरोध गरेपछि दूतावासकै सहयोमा उनीसहित तीन जना चैत २७ गते नेपाल फर्किए।

सार्कीसँगै फर्किनेमा देव दर्लामी र शम्भुप्रसाद चौधरी पनि छन्। 'अरु साथीहरु पनि फर्काइने भनिएको छ, छुट्टाछुट्टै दिनको टिकट मिलाएको भएर हामी छिटो आइपुग्यौं।'

उनीसँग फर्किएका गुल्मीका २६ वर्षीय देव दर्लामी मगरको कथा पनि ठ्याक्कै सार्कीको जस्तै छ। 

कतारमा लेवरका लागि भन्दै मासिक १२ सय रियालभन्दा बढी तलब हुने प्रलोभनमा टिएमएस म्यानपावर कम्पनीले मगरलाई पनि पठाएको थियो। ‘काम गर्न गएको बन्दी जस्तै खानु न पिउनु दुई लाख सकेर आएँ,' निराशपूर्ण आवाजमा उनी भन्छन्, 'सबै पैसा सक्कियो, काम पनि भएन। अब कुन मुख लिएर घर फर्कनु?’

कतारमा रिसिभ गर्ने एजेन्टहरु सम्राट मैनाली, किरण केसी लगायत रहेको पीडितहरुले बताएका छन्।

‘काम गर्न गएका हामीलाई एउटै कोठामा बन्दी जस्तो राखियो,' मगरले सुनाए, 'न काम दिन्छ, न खान नै। कतिपय कामदारहरु त तीन महिनाभन्दा बढी समयदेखि बिजोगले अलपत्र परेर बस्न बाध्य छन्।’ 

प्रमाण दिँदैनन् म्यानपावर 
अलपत्र पर्ने कामदारहरुमा बाजुराका निराजन सार्की, कोहलपुरका तुलाराम खड्का, भोजपुरका किलाबहादुर थापा, बाराका शम्भुप्रसाद चौधरी, मोरङका शेखर पौडेल, पाल्पाका उत्तम रायमाझी, बाग्लुङका भूपाल विक, कैलालीका जगतबहादुर थापा, कोहलपुरका सन्दीप खत्री, कोहलपुरकै एमबहादुर पाण्डे, बाग्लुङका खमानसिंह श्रेष्ठ, पाल्पाका होमबहादुर साख, गुल्मीका देवबहादुर दर्लामी र गोरखाका जीवन मगर रहेका छन्। 

विभिन्न आकर्षक काम र कमाइको प्रलोभन देखाएर कतार पठाउने र कोठमा राखिसकेपछि एजेन्टहरु सम्पर्कविहीन हुने पीडितहरु बताउँछन्। आरोही एचआर सोलुसन, टिएमएस नेपाल प्रालि, जुगल म्यानपावर, म्यारिगोल्ड ओभर्सिस प्रालि लगायतका म्यानपावरले यसरी ठगी गरेको खुलेको छ। पिपुल फोरमसम्म आइपुगेका पीडितहरुले दिएको जानकारी अनुसार उल्लेखित म्यानपावर कम्पनीहरु  ठगीमा संलग्न भएको देखिएको छ।

अलपत्र पर्ने १४ जना श्रमिकहरु मध्ये ७ जना श्रमिकहरु टिएमएस म्यानपावर कम्पनीमार्फत कतार गएका थिए।

टिएमएसका कम्पनी डाइरेक्टर मनसुनकाजी क्षेत्रीसँग सम्पर्क गर्दा उनले अलपत्र परेका कामदारलाई झिकाएर क्षतिपूर्ति दिलाउने बताए। ‘कामका लागि पहल गर्दागर्दै पनि कम्पनीबाट काम दिलाउन नसकिएपछि नेपाल झिकाउन दूतावाससँग सहकार्य गरेका छौं, अब पीडितलाई क्षतिपूर्ति दिलाउँछौं,’ उनले दाबी गरे।

रोजगारीमा गएका सबै श्रमिकबाट २ लाख देखि २ लाख ५० हजारसम्म रकम असुल गरेको भए पनि म्यानपावरले धेरैजसो श्रमिकलाई रकम लिएको कुनै पनि प्रमाण दिएका छैनन्। केही श्रमिकलाई दिएको रसिद १० हजारको मात्रै छ।

खाडी पठाउँदा लाखौं रकम असुलेका म्यानपावरले १० हजारको रसिद दिई सोही अनुसार क्षतिपूर्ति दिने गरेका छन्। 

वैदेशिक रोजगारका नाममा ठगिएका कामदारहरुलाई निस्शुल्क कानुनी सेवा दिँदै आएको पिपुल फोरमका अधिवक्ता सुदीप देवकोटा भन्छन्, ‘सरकारले फ्री भिसा, फ्री टिकटको नीति लागू गरी कार्यान्वयनमा ल्याउन नसक्दा म्यानपावर कम्पनीले श्रमिकहरुबाट लाखौं रकम लिएर १० हजार रकम लिएको रसिद मात्रै दिने समस्या बढेको हो। यसबाट धेरै श्रमिकहरु नै मारमा परेका छन्।’

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले भने, 'हामीसम्म पीडितहरु आइपुग्नु भएको छैन, पीडितहरु उजुरी लिएर आए छानबिन गरी दोषीलाई कारबाही गर्छौं र पीडितहरुबाट सबै कुरा सुनेपछि ठगीमा संलग्न म्यानपावर व्यवसायीलाई ठगीको प्रकृति हेरेर सोही अनुसार कारबाही गर्छौं।'

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्