• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

म्यानपावर व्यवसायीको बदमासी : कतारको एउटै कोठामा १४ नेपाली अलपत्र

64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०७५  ०६:३२
1140x725

काठमाडौं- हातमा सानो झोला भिरेर पिपुल फोरमको अफिस पुगेका निराजन सार्कीको अनुहार निकै मलिन देखिन्थ्यो। कानुनी सहायताका लागि वैदेशिक रोजगार विभाग नजिकै रहेको फोरम आइपुगेका सार्कीले टेबुलमा झोला राखे र लामो श्वास फेर्दै भने, 'दलालहरुले फसाएपछि विमानस्थलबाट सिधै आइयो।'

कतार पुगेर विमानस्थलबाटै फर्काइएका सार्कीको पीडा यसरी सुरु हुन्छ:
पारिवारिक अवस्था सामान्य रहेका बाजुराका उनी कामको खोजीमा नेपालमा धेरै  ठाउँ भौंतारिए। भनेजस्तो काम नपाएपछि विदेश जाने सोच बनाए। काठमाडौं आइसकेपछि उनको भेट चिनजानकै जयबहादुर सिहंसँग भयो।

सिहंले सार्कीलाई टिएमएस म्यानपावर प्रालि पुर्‍याए। उनलाई कतारमा होटलको काम र  १४ सय रियाल मासिक तलब हुने सुनाइएको थियो।

म्यानपावरले कतारमा राम्रो काम भएको भन्दै २ लाख १० हजार लागत लाग्ने बतायो। सार्कीले सो रकम पनि बुझाए तर रकम बुझाएको कुनै प्रमाण उनीसँगग छैन। पैसा बुझाएपछि भिसा आउँछ आउँछ भन्दाभन्दै तीन महिनासम्म काठमाडौंको होटलमा बित्यो।

तीन महिनापछि अप्रिल ३ मा विमानस्थल पुगेपछि मात्रै कामदारको करारनामा पत्रमा हस्ताक्षर गर्न लगाइयो। त्यो समझदारीपत्रमा सार्कीको कामको प्रकृति लेभर उल्लेख गरिएको छ। १४ सय भनेर पहिले बताइएको भए पनि समझदारीमा १ हजार रियाल उल्लेख छ। दुई वर्षको करार अवधिमा दैनिक ८ घन्टा र हप्तामा ६ दिन काम गर्नेपर्ने पनि लेखिएको छ। खानेबस्ने सुविधा कम्पनीले तोकेको ठाउँमा भनिएको छ। हवाईखर्च लगायतको सुविधाबारे पनि समझदारीपत्रमा उल्लेख छ। 

'भन्ने बेलामा होटलमा म्यानेजमेन्टको काम भनिएको थियो,' सार्की भन्छन्, 'मासिक १४ सय रियाल र ओभरटाइम सुविधासमेत उल्लेख गरिएको थियो। तर समझदारीपत्रमा सबै कुरा फरक रहेछ। फ्लाइट नै फिक्स भएपछि कतार जानैपर्‍यो।'

काठमाडौं आएको तीन महिनापछि अप्रिल ३ मा सार्की कतार उडे। कतार एअरपोर्टमा पुगेपछि पनि उनलाई रिसिभ गर्न झन्डै १२ घन्टापछि  एजेन्टहरु आए। 

Ncell 2
Ncell 2
nimb
nimb

'१२ घन्टासम्म खुल्ला आकाशमुनि बसियो, कोठामा पुगेपछि सबैले तपाईं पनि फस्नुभयो भनेपछि मात्रै थाहा भयो,' दलालको सेटिङमा फसिएछ निराजनले भने। 

उनी पुगेको अफिसमा फरकफरक म्यानपावर कम्पनीमार्फत पठाइएका धेरै कामदार महिनौंदेखि थुनिएर बसेका रहेछन्।

कोठामा १३ जना अन्य नेपाली अलपत्र परेको देखेपछि आफू पनि फसेको सार्कीले बल्ल थाहा पाए।

‘एक हप्तासम्म खान पनि राम्रोसँग पाइएन, दाल, चामल मात्रै थियो। त्यो पनि सकियो,' उनी सम्झन्छन्, 'हामीलाई न काममा पठाउँछ न नेपाल, धेरै पीडा भयो। एकातिर पैसा सक्कियो अर्कातिर समय।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 निराजनसँग मोबाइल पनि साथमा थिएन। साथीको मोबाइलमार्फत कतारस्थित दूतावासमा सम्पर्क गरे।

दूतावासलाई उद्धारका लागि अनुरोध गरेपछि दूतावासकै सहयोमा उनीसहित तीन जना चैत २७ गते नेपाल फर्किए।

सार्कीसँगै फर्किनेमा देव दर्लामी र शम्भुप्रसाद चौधरी पनि छन्। 'अरु साथीहरु पनि फर्काइने भनिएको छ, छुट्टाछुट्टै दिनको टिकट मिलाएको भएर हामी छिटो आइपुग्यौं।'

उनीसँग फर्किएका गुल्मीका २६ वर्षीय देव दर्लामी मगरको कथा पनि ठ्याक्कै सार्कीको जस्तै छ। 

कतारमा लेवरका लागि भन्दै मासिक १२ सय रियालभन्दा बढी तलब हुने प्रलोभनमा टिएमएस म्यानपावर कम्पनीले मगरलाई पनि पठाएको थियो। ‘काम गर्न गएको बन्दी जस्तै खानु न पिउनु दुई लाख सकेर आएँ,' निराशपूर्ण आवाजमा उनी भन्छन्, 'सबै पैसा सक्कियो, काम पनि भएन। अब कुन मुख लिएर घर फर्कनु?’

कतारमा रिसिभ गर्ने एजेन्टहरु सम्राट मैनाली, किरण केसी लगायत रहेको पीडितहरुले बताएका छन्।

‘काम गर्न गएका हामीलाई एउटै कोठामा बन्दी जस्तो राखियो,' मगरले सुनाए, 'न काम दिन्छ, न खान नै। कतिपय कामदारहरु त तीन महिनाभन्दा बढी समयदेखि बिजोगले अलपत्र परेर बस्न बाध्य छन्।’ 

प्रमाण दिँदैनन् म्यानपावर 
अलपत्र पर्ने कामदारहरुमा बाजुराका निराजन सार्की, कोहलपुरका तुलाराम खड्का, भोजपुरका किलाबहादुर थापा, बाराका शम्भुप्रसाद चौधरी, मोरङका शेखर पौडेल, पाल्पाका उत्तम रायमाझी, बाग्लुङका भूपाल विक, कैलालीका जगतबहादुर थापा, कोहलपुरका सन्दीप खत्री, कोहलपुरकै एमबहादुर पाण्डे, बाग्लुङका खमानसिंह श्रेष्ठ, पाल्पाका होमबहादुर साख, गुल्मीका देवबहादुर दर्लामी र गोरखाका जीवन मगर रहेका छन्। 

विभिन्न आकर्षक काम र कमाइको प्रलोभन देखाएर कतार पठाउने र कोठमा राखिसकेपछि एजेन्टहरु सम्पर्कविहीन हुने पीडितहरु बताउँछन्। आरोही एचआर सोलुसन, टिएमएस नेपाल प्रालि, जुगल म्यानपावर, म्यारिगोल्ड ओभर्सिस प्रालि लगायतका म्यानपावरले यसरी ठगी गरेको खुलेको छ। पिपुल फोरमसम्म आइपुगेका पीडितहरुले दिएको जानकारी अनुसार उल्लेखित म्यानपावर कम्पनीहरु  ठगीमा संलग्न भएको देखिएको छ।

अलपत्र पर्ने १४ जना श्रमिकहरु मध्ये ७ जना श्रमिकहरु टिएमएस म्यानपावर कम्पनीमार्फत कतार गएका थिए।

टिएमएसका कम्पनी डाइरेक्टर मनसुनकाजी क्षेत्रीसँग सम्पर्क गर्दा उनले अलपत्र परेका कामदारलाई झिकाएर क्षतिपूर्ति दिलाउने बताए। ‘कामका लागि पहल गर्दागर्दै पनि कम्पनीबाट काम दिलाउन नसकिएपछि नेपाल झिकाउन दूतावाससँग सहकार्य गरेका छौं, अब पीडितलाई क्षतिपूर्ति दिलाउँछौं,’ उनले दाबी गरे।

रोजगारीमा गएका सबै श्रमिकबाट २ लाख देखि २ लाख ५० हजारसम्म रकम असुल गरेको भए पनि म्यानपावरले धेरैजसो श्रमिकलाई रकम लिएको कुनै पनि प्रमाण दिएका छैनन्। केही श्रमिकलाई दिएको रसिद १० हजारको मात्रै छ।

खाडी पठाउँदा लाखौं रकम असुलेका म्यानपावरले १० हजारको रसिद दिई सोही अनुसार क्षतिपूर्ति दिने गरेका छन्। 

वैदेशिक रोजगारका नाममा ठगिएका कामदारहरुलाई निस्शुल्क कानुनी सेवा दिँदै आएको पिपुल फोरमका अधिवक्ता सुदीप देवकोटा भन्छन्, ‘सरकारले फ्री भिसा, फ्री टिकटको नीति लागू गरी कार्यान्वयनमा ल्याउन नसक्दा म्यानपावर कम्पनीले श्रमिकहरुबाट लाखौं रकम लिएर १० हजार रकम लिएको रसिद मात्रै दिने समस्या बढेको हो। यसबाट धेरै श्रमिकहरु नै मारमा परेका छन्।’

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले भने, 'हामीसम्म पीडितहरु आइपुग्नु भएको छैन, पीडितहरु उजुरी लिएर आए छानबिन गरी दोषीलाई कारबाही गर्छौं र पीडितहरुबाट सबै कुरा सुनेपछि ठगीमा संलग्न म्यानपावर व्यवसायीलाई ठगीको प्रकृति हेरेर सोही अनुसार कारबाही गर्छौं।'

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्