• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विमानस्थलमा दीपक मल्होत्राको रजाइँ-५ : बक्यौता भुक्तानीका लागि १८ पत्र पठाउँदा २ करोड मात्रै दाखिला

64x64
उत्तम काप्री बुधबार, चैत २७, २०७५  १७:००
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको ५२ रोपनी जग्गामा रजाइँ गर्दै आएका व्यवसायी दीपक मल्होत्रालाई कार्यालयले हालसम्म २७ पत्र पठायो। जसमध्ये १८ पत्रमा रकम भुक्तानीको विषय उल्लेख छ। तर,उनले कुनै पत्रको जवाफ नदिएको खुल्न आएको छ। साथै, मल्होत्राले विमानस्थल कार्यालयको पत्रलाई बेवास्ता गर्दै जग्गा बापतको भाडा रकमसमेत तिरेका छैनन्।

विमानस्थल कार्यालयले मल्होत्रासँग २०६९ कात्तिक २ गते सम्झौता गरेको थियो। तर, सम्झौताको म्याद २०७२ माघ १ मा सकियो। त्यसपछि मात्रै रकम भुक्तानीदेखि अन्य आर्थिक कारोबारको विषय उल्लेख गर्दै कार्यालयले २७ पटक पत्र पठाइसकेको हो।

‘कार्यालयले मल्होत्रालाई २७ पटकसम्म जग्गा बापतको भाडा भुक्तानी लगायत विभिन्न विषयमा पत्राचार गरेका छौं,’ विमानस्थल कार्यालयका एक कर्मचारीले भने, ‘कार्यालयले पठाएको पत्रभन्दा राज्यशक्ति प्रयोग गरेर कसरी आफ्नो खल्ती भर्न सकिन्छ भने विषयमा उनको ध्यान केन्द्रित छ।’

मल्होत्रालाई ५२ रोपनी जग्गामा रजाइँ गर्ने वातावरण भने तत्कालीन विमानस्थलका महाप्रबन्धक इन्जिनियर रतीश चन्द्रलाल सुमनले तयार गरिदिएका थिए। 

तत्कालीन महाप्रबन्धक सुमनले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय, चमेना गृह, पर्यटक मनोरन्जनका लागि पार्क, बगैंचा लगायत विमानस्थल व्यवसायसँग सम्बन्धित कामका लागि भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि मल्होत्रालाई जिम्मा लगाएका थिए।

तत्कालीन मन्त्रिपरिषद्को निर्णय र नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डको निर्णयविपरीत मल्होत्राले प्राधिकरणको जग्गामा उक्त संरचना निर्माणका लागि सम्झौता गरेका थिए। रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिसँग ५२ रोपनी जग्गामा ‘बुट मोडल’मा आवश्यक पूर्वाधार निर्माण गर्ने र मल्होत्राले सञ्चालन गर्नेगरी ३० वर्षका लागि सम्झौता भएको थियो।

सम्झौतालाई नै आधार मानेर मल्होत्राले नियमावली संशोधन पहिलेको वार्षिक ७८ लाख रुपैयाँ बापतको रकम पनि तिरेका छैनन्। योसँगै सुमनले तेस्रो पक्षसँग व्यवसाय सञ्चालनका लागि लिएको भाडाको पहिलो १० वर्ष ५ प्रतिशत, दोस्रो १० वर्ष १५ प्रतिशत र बाँकी अवधिमा २५ प्रतिशत लिने गरी सम्झौता गरेको खुल्न आएको छ। 

तर, मल्होत्राले अहिले निर्माण सम्पन्न भएको संरचना भाडामा लगाए पनि त्यस बापतको रकम र नियमावली संशोधनपछि हुने जग्गाको वार्षिक १ करोड ५६ लाख रुपैयाँको दरले भाडा रकम तिरेका छैनन्। रकम भुक्तानीकै लागि विमानस्थल कार्यालयले बारम्बार पत्र काटे पनि मल्होत्राले कुनै प्रतिक्रिया नदिएको विमानस्थल कार्यालयका एक कर्मचारी बताउँछन्।

Ncell 2
Ncell 2

आज विमानस्थलका रजाइँ गर्ने मल्होत्रालाई पूर्वमहाप्रबन्धकदेखि हालका महाप्रबन्धकको समेत सहयोग रहेको स्रोत बताउँछ। तर, विमानस्थल कार्यालयका हालका महाप्रबन्धक राजकुमार क्षेत्री भने उनीहरु सम्पर्कमै रहेको बताउँछन्। 

मल्होत्रालाई बाँकी रहेको बक्यौता रकम छिट्टोभन्दा छिट्टो तिर्न बारम्बार ताकेता गरेको स्रोत दाबी गर्छ। 

मल्होत्राले हालसम्म २ करोड रुपैयाँ तिरिसकेको र ६ करोड रुपैयाँ बराबरका रकम तिर्न बाँकी रहेको क्षेत्री स्वीकार गर्छन्। ‘मल्होत्राले सबै रकम तिर्नुपर्छ,’ क्षेत्रीले भने, ‘रकम असुल्लीका कुनै कम्प्रमाइज हुँदैन। सम्झौता अनुसार सबै रकम असुली हुन्छ।’ तर, महाप्रबन्धक क्षेत्री यसो भन्दै गर्दा मल्होत्राले भने सम्झौत गर्दा तत्कालीन महाप्रबन्धक सुमनले गरेको गल्तीको पत्र देखाउँदै रकम तिर्न आनकानी गरिरहेका छन्।

रकम भुक्तानीका लागि मल्होत्रालाई पठाइएको पत्र-विवरण 
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको ५२ रोपनी जग्गामा गरिएको सम्झौताको म्याद सकिएको ११ दिनपछि पहिलो पटक मल्होत्रालाई विमानस्थल कार्यालयले पत्र काटेको थियो। सम्झौतामा उल्लेख गरिएको र थप गरिएको १८ महिनासमेत गरी निर्माण सम्पन्न गर्नुपर्ने समय २०७२ माघ १ गते सकिएको थियो।

१. २०७२ माघ ११ : विमानस्थल कार्यालयले मल्होत्रा (निर्माण कम्पनी रसुवा केडी ज्वाइन्ट भेन्चर) प्रालिलाई बहाल रकम भुक्तानी गर्ने सम्बन्धमा पत्राचार। 
२. २०७२ चैत १९ : पुनः भाडा बापतको रकम भुक्तानी गर्ने सम्बन्धमा।
३. २०७४ मंसिर ५ : गते रकम भुक्तानी गर्ने सम्बन्धमा पुनः पत्राचार।
४. २०७४ पुस २ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुनः पत्राचार।
५. २०७४ पुस २० : बक्यौता रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
६. २०७४ माघ २८ : बक्यौता तथा विद्युत महसुल भुक्तानीका लागि पुन: पत्राचार।
७. २०७४ चैत ६ : बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
८. २०७४ चैत ७ : प्रालिको विषयमा स्पष्ट जानकारी खुल्नेगरी यसअघिका पत्रको जवाफ पठाउन र रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
९. २०७५ बैसाख ४ : जग्गा बापतको रकम भुक्तानी गर्ने सम्बन्धमा पत्राचार।
१०. २०७५ बैसाख ५ : सबै विवरण उपलब्ध गराउन र रकम भुक्तानी गर्ने सम्बन्धमा पत्राचार।
११. २०७५ जेठ ६ : रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१२. २०७५ जेठ २३ : रकम भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार। 
१३.  २०७५ असार १९ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१४. २०७५ साउन १ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१५.  २०७५ भदौ २९ : बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा पुन: पत्राचार।
१६. २०७५ कात्तिक १३ : विमानस्थलको राजस्व शाखाबाट ५ करोड २५ लाख ९० हजार ८ सय ३२ रुपैयाँ भुक्तानी गर्न विवरण सहितको पत्राचार।
१७. २०७५ कात्तिक १३ : बाँकी बक्यौता भुक्तानी गर्न तथा लिजमा दिइएको क्षेत्रको सम्झौता बमोजिम हुन आउने रकम समेत भुक्तानी गर्ने सम्बन्धमा पत्राचार।
१८. २०७५ कात्तिक २८ : सेवा रोक लगाउन सकिने व्यहोरा उल्लेख गरी पत्राचार हुँदा पनि रकम भुक्तानी नभएको।

त्यसपछि पनि बारम्बार पत्रचार भए पनि कुनै मल्होत्राले कुनै प्रतिक्रिया दिएका छैनन्। यसबीचमा २०७५ असार ३२ मा एक करोड गरी अहिलेसम्म दुई करोड रुपैयाँ मात्रै रकम बुझाइएको विमानस्थल कार्यालले जनाएको छ।

विमानस्थलमा व्यापारी मल्होत्राको रजाइँबारे नेपाल लाइभका थप खोज सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाइँ-१

विमानस्थलमा मल्होत्राको रजाइँ-२ : नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली

विमानस्थलमा मल्होत्राको रजाइँ-३ निर्माण सम्पन्न नभएका संरचनामा बैंकदेखि बेकरीसम्म राखी अवैध भाडा असुली

विमानस्थलमा दीपक मल्होत्राको रजाइँ-४ : नक्सा पासै नगरी ठड्याए ५ तले भवन

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्