काठमाडौं- नवनियुक्त रक्षा सचिव विनोद केसीले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग देशको विद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध विषयमा छलफल गरेका छन्।
जंगी अड्डामा भएको भेटमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको कार्ययोजनाबारे पनि छलफल भएको थियो। वर्तमान वस्तुस्थिति, सेनाका विभिन्न निकायहरुको जिम्मेवारी लगायतका विषयमा रक्षा सचिव केसीले प्रधानसेनापतिसँग जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।