काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा लक्ष्मणबहादुर चन्दविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भन्सारबाट आयात हुने चामललगायत अन्य सामानको प्रज्ञापनपत्र बनाइदिने तथा भन्सार परीक्षणमा सहजीकरण गरिदिने भन्दै नायब सुब्बा चन्दले सेवाग्राहीसँग रु ५२ हजार घुस लिएको आरोप लागेको छ।
आयोगको टोलीले केही दिन पहिलेमात्रै घुस लिँदालिँदै पक्राउ गरेको थियो।
आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।