नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो हुने दाबी गरेको छ ।
२ नं प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज आयोजित पत्रकारसम्मेलनमा एमालेका महासचिव ईश्वर पोखरेलले संगठित रुपमा बलियो र जनताको विश्वासका कारण एमाले पहिलो पार्टी हुने दाबी गरे।
महासचिव पोखरेलले एमाललेलाई मधेश विरोधी भनेर दुश्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध नेपाली काँगेस र नेकपा (माओवादी केन्द्र) बीच महागठबन्धन भए पनि एमालेको जित सुनिश्चित भएको बताए। ।
सो अवसरमा एमाले सचिव तथा प्रचार विभाग प्रुुमुख योगेश भट्टराईले निर्वाचनका समयमा एमालेको उम्मेदवारलाई घेराबन्दीमा पार्ने प्रयास गरिएको र एमाले विरोधी प्रचार गरिएपनि एमाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर पहिलो पार्टी हुने सुनिश्चित भएको बताए।
सो पार्टीका प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले तराई–मधेशमा एमालेलाई हराउनका लागि अनेक षडयन्त्र शुरु भएको भए पनि एमालेको जित सुनिश्चित भएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।