• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोल्पाको पीडा : घाउमा खाटा त बस्यो, दुखाइ उस्तै छ

64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १७:५३
1140x725

रोल्पा– जेल्वाङका पूर्णे पुनले विस्थापनको जीवन गुजारेको दुई दशक पुग्यो। माओवादीले सुरु गरेको सशस्त्र युद्धका क्रममा २० वर्षअघि उनलाई गाउँ छाड्न उर्दी जारी गरिएपछि सुरक्षाको ओत खोज्दै जिल्ला लिवाङ आइपुगे। 

घरमै खेतीकिसानी गर्ने उनलाई फरक राजनीतिक दलमा आस्था राखेकै आधारमा गाउँबाट लखेटिएको थियो। पुर्खाले आर्जेको सम्पत्ति चटक्कै माया मारेर उनी परिवारसहित सदरमुकाम आए। डेरा लिएर बस्दै आएका उनको हातमुख जोर्ने माध्यम ज्याला मजदुरी बन्यो। 

अहिले उनको घरको नामोनिसान छैन। भत्किएर घर जंगलझैं बनेको छ। 'जन्मेको ठाउँको निकै माया हुँदो रहेछ, फर्केर जाऊँ जस्तो लाग्छ तर कहाँ बस्ने, के खाने,' पुन सुँकसुँकाउँछन्, 'यही चिन्ताले सदरमुकाममा सानो झुपडी बनाएर बसेको छु।'

OOO

रोल्पा नगरपालिका १ हरिगातिनाकी गोठी थापा सुत्केरी भएको एक महिना पनि पुगेको थिएन। एक साँझ तत्कालीन शाही नेपाली सेनाको एक हुल उनको घर पस्यो। सुत्केरी स्याहारमा रहेका श्रीमान् हर्कलाललाई 'एकछिन काम छ' भन्दै सेनाले लिएर हिँड्यो। उनी कहाँ छन्, अहिलेसम्म अत्तोपत्तो छैन। छोरी भने क्याम्पस पढ्ने भइसकिन्। बेपत्ता श्रीमान्‌ फर्किने आशामा उनका आँखा टट्याइसकेका छन्।

सोही गाउँकै प्रतिभा थापा र ढाँटे थापाको विवाह गरेको दुई वर्ष पनि पुगेको थिएन। एक साँझ सेनाहरु घरमा आए। घरको काममा व्यस्त थिए ढाँटे थापा। तर उनलाई बिनाकारण पक्राउ गरी जंगलको बाटो हुँदै लिवाङतर्फ लिएर हिँडे। सेनाले सोधपुछपछि त पक्कै छोड्छ होला भन्ने लागेको थियो प्रतिभालाई। नाबालक छोराको मुख हेरेर बसिन। श्रीमान् एक दिन पक्कै फर्कन्छन् भन्ने आसैआसमा बसेको वर्षौं भइसक्यो, तर उनी फर्किएनन्। 

OOO

९० दिन लामो माओवादी 'कष्टडी'मा बसेर बालबाल ज्यान जोगाएका रोल्पा नगरपालिका ८ जंकोटका खटकबहादुर खत्रीको आँखामा द्वन्द्वको नमिठो दृश्य बेलाबेला घुमिरहन्छ। तर उनी त्यसलाई भुल्न चाहन्छन्। आँखामा पट्टी बाँधेर झुन्ड्याई-झुन्ड्याई पिटाई खाएका उनको शरीर अहिले पनि दुखिरहन्छ। नेपाली कांग्रेसमा आस्था राखेबापत पाएको 'पुरस्कार' थियो त्यो। बाँच्ने आशा मारिसकेका उनी आफ्नो जीवनलाई नाफाको जीवन भन्ने गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

OOO

रोल्पाका यी फरका पात्रहरुले बाँचिरहेको जीवन  खटकबहादुरले भनेझैं नाफाको जीवन हो। तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व १० वर्षपछि शान्ति प्रक्रियामा रुपान्तरण भयो। तर, द्वन्द्वपीडितहरुको घाउमा खाटो मात्र बसेको हो। दुखाइ त बेलाबेला बल्झिइरहन्छ। 

उनीहरु सबैमा उस्तै चिन्ता देखिन्छ यतिबेला। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिंसात्मक गतिविधिले फेरि द्वन्द्व निम्त्याउने त होइन! नेकपाका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्ध लगाएसँगै उसका नेता-कार्यकर्ता पक्राउ गर्न थालेपछि रोल्पाका द्वन्द्वपीडितहरुमा शंका थपिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी सशस्त्र युद्धमा देशमै सबभन्दा वढी जिउधनको क्षति भोगेको रोल्पामा तत्काली  विद्रोही पक्ष र राज्यबाट हताहत हुनेको संख्या निकै ठूलो छ। राज्य पक्षबाट ७६२, विद्रोही पक्षबाट १६५, दोहोरो भिडन्तमा मृत्यु भएका ८ र पक्ष नखुलेका ११ समेत जिल्लामा जम्मा ९४६ जनाको मृत्यु भएको थियो। यसैगरी राज्यबाट बेपत्ता बनाइएका २७ र विद्रोही पक्षबाट बेपत्ता बनाइएका ६ समेत गरी ३३ जनाको अझै  कुनै खुटखबर छैन। 

जिल्लामा द्वन्द्वको कारण विशिष्ट श्रेणी र प्रथम श्रेणीको रुपमा अपांगता भई मासिक रुपमा निर्वाह भत्ता लिइरहेका द्वन्द्व प्रभावितको संख्या ७७ जना छ। जिल्लामा राज्य र विद्रोही पक्षबाट अपहरणमा परी हाल राहत लिइरहेकाहरुको संख्या २०१ जना छ। उनीहरुलाई राज्यले २५ हजारका दरले एकमुष्ट राहत उपलब्ध गराएको थियो। जिल्लामा ५९५ जनाले घाइते अपांगको राहत लिएका छन्। उनीहरुलाई राज्यले अधिकतम २ लाखसम्म राहत उपलब्ध गराएको थियो। उनीहरुले न्यूनतम १० प्रतिशतदेखि अधिकतम शतप्रतिशतसम्म राहत लिएका थिए। द्वन्द्वमा जिल्लामा ३३ वटा प्रहरी युनिट, १४ वटा गाविस भवन ध्वस्त पारिएको थियो। द्वन्द्वका कारण ३२३ महिलाका श्रीमान्‌को मृत्यु र ७ महिलाका श्रीमान् बेपत्ता हुँदा द्वन्द्वका कारण ३३० महिला एकल जीवन जीउन बाध्य भएका छन्। 

बेपत्ता पारिएकाहरुको परिवार झनै पीडामा
सशस्त्र विद्रोह शान्ति प्रक्रियामा रुपान्तरण भएको दशक भयो। बितेको एक दशकका हरेक साँझ बेपत्ताका परिवार आसैआसका साँझ बने। दिनभर खेतीकिसानी गर्‍यो, बेलुका घरभित्र पस्नु अघि एक पटक टोलाउँदै आफन्त आउने बाटो हेर्दै भित्र पस्यो। यो बेपत्ता परिवारको दैनिकी जस्तै भएको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसके पनि उनीहरुका आफन्त भने मरे कि जिउँदै छन्, अहिलेसम्म थाहा छैन। 

जिल्लामा बेपत्ताको संख्या कति छ भन्ने राज्यसँग यकिन तथ्यांक छैन। स्थानीय शान्ति समितिको अभिलेख अनुसार जिल्लामा ३३ जना बेपत्ताका परिवारले मात्रै राहत लिएका छन। आइसिआरसीले  जिल्लामा ६७ जना बेपत्ता भएकोमा २ जना घर फर्किसकेको भनेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको छानबिन आयोगले पछिल्लो पटक मागेको निवेदनमा ११९ जनाले आफ्ना आफन्त बेपत्ता भएको उजुरी दिएका छन्। 

रोल्पा नगरपालिका १ हरिगतातिनामा हर्कलाल थापा, ढाँटे थापा र कविराम खत्रीलाई नेपाली सेनाले एकै दिन गिरफ्तार गरी बेपत्ता बनायो। उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ। 

'आफन्त आउने आशामा दिनहुँ प्रतीक्षामा हुन्छौं,' हर्कलाल थापाकी श्रीमती गोठीले भनिन्, 'मृत्यु भएकाहरुको परिवार त मृत्यु भइसकेको भन्ने कुरामा ढुक्क छन्। बेपत्ताहरुको न लास न सासको अवस्था हुँदा पीडा हुँदो रहेछ।'

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा भने सैद्धान्तिक रुपमा बेपत्ताहरुको अवस्था के छ भन्ने अझै पत्ता नलागे पनि व्यावहारिक रुपमा अधिकांश परिवारजन मृत्यु भएकोमा विश्वस्त भइसकेको बताउँछन्। माओवादी सेनाको पूर्वकमाण्डर समेत रहेका बुढाले परिवर्तनमा ठूलो भूमिका खेलेका बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारसँग मागसमेत गरे।

वेपत्ता आफन्तको स्थितिको बारेमा सत्यतथ्य थाहा नपाएर लामो समय आफन्तजन तड्पिइरहेकाले यसको यथाशीघ्र निकास दिनुपर्ने प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीको भनाइ छ। 'मृतकका परिवारको भन्दा बेपत्ता परिवारको पीडा दर्दनाक हुन्छ, एमसीले भने, 'विषम परिस्थितिमा यस्ता घटना हुन्छन्। तर सत्यतथ्य पत्ता लगाउन सबै पक्ष जिम्मेवार हुनुपर्छ।'

राहतमा रोइलो
आन्तरिक विस्थापनमा परी लामो समय घरबाहिर बसेका उनीहरुले सरकारद्वारा वितरण गरिएको राहतमा विभेद गरेको गुनासो गरेका छन्। राज्य र विद्रोही पक्षको दबाबमा परी ७३६ घरधुरीका ३ हजार ५ सय व्यक्ति द्वन्द्वबाट विस्थापित भए पनि थोरै संख्यालाई मात्र राहत वितरण गरिएको द्वन्द्वपीडित सरोकार केन्द्र रोल्पाले जानकारी दिएको छ। 

दुवै पक्षको दबाबमा परी यति ठूलो संख्यामा विस्थापन भए पनि १ हजार ११ व्यक्तिले मात्र राहत पाउने गरी सूचीमा नाम उल्लेख छ। द्वन्द्वपीडित सरोकार केन्द्र रोल्पाका अध्यक्ष मानसिं घर्तीले भने। शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा गठित द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदलले विस्थापितको विवरण पठाउँदा विभेद गरेको अध्यक्ष घर्तीले बताए। 'राजनीतिक आस्थाको आधारमा एक पक्षीय ढंगले सिफारिस भएको छ,' घर्तीले भने, 'द्वन्द्वमा विस्थापित भएर हालसम्म पनि कष्टपूर्ण जीवन बिताउन बाध्य भएकाहरुलाई विभेद गरी टाठाबाठाको नाम मात्रै सिफारिस गरिनु दुखद हो।'

कार्यदलले सिफारिस गरी राहत पाउनेमा सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरासहित परिवारका ६ जना सदस्यको नाम उल्लेख छ। राज्यको दबाबका कारण ३० साउन २०५४ मा विस्थापित उनीहरु रोल्पाको जैमाकसला गई बसेको विवरणमा उल्लेख छ। यसैगरी प्रदेश ५ का सांसद दीपेन्द्रकुमार पुनकी श्रीमती दिलकुमारी बाँठासहित परिवारका अन्य २ सदस्यको नामसमेत राहत पाउनेको सूचीमा समावेश गरिएको छ। उनीहरु ११ मंसिर २०५८ मा विस्थापित भई पाल्पा गएर बसेको उल्लेख गरिएको छ। 

विस्थापित भई राहत पाउनेको सूचीमा पूर्वसभामुख ओनसरी घर्तीका पूर्व स्वकीय सचिव बाबुलाल पुनको नाम पनि समावेश छ। पुनसहित परिवारका १० सदस्य सुरक्षाकर्मीको दबाबमा १ बैसाख २०५६ मा  विस्थापित भएको उल्लेख गरिएको छ। माओवादी सशस्त्र युद्ध सुरु भएको १८ दिनपछि विस्थापित भएका पूर्वमन्त्री बालाराम घर्तीका भाइ भूपनारायण घर्तीमगरको नाम समेत सूचीमा समावेश गरिएको छ। विद्रोही पक्षका कारण १९ फागुन २०५२ मा विस्थापित भई ललितपुर बसेको विवरणमा उल्लेख गरिएका घर्ती हाल अमेरिका छन्। 

आन्तरिक विस्थापनमा परी राहत पाउनेको सूचीमा नाम समावेश भएका अन्य सार्वजनिक पद धारण गरी राज्यबाट सेवासुविधा लिइरहेका व्यक्तिहरुमा सुनिल स्मृति गाउँपालिकाका उपाध्यक्ष बागमती थापाको नामसमेत उल्लेख गरिएको छ। यसैगरी राहत पाउने अन्य व्यक्तिहरुमा नेपाली कांग्रेसका नेता तथा रोल्पा नगरपालिका १० का वडाध्यक्ष मानबहादुर खत्री, मावि गजुलका पूर्वप्रधानाध्यापक नारायणप्रसाद सुवेदी, लुंग्री गाउँपालिका ७ का वडाध्यक्ष कर्णबहादुर रोकाको नामसमेत उल्लेख गरिएको छ। 

सार्वजनिक पद धारण गरी राज्यबाट समेत सेवासुविधा लिइरहेका यस्ता व्यक्तिहरुको नाम समावेश भए पनि सर्वसाधारणको नाम भने सिफारिस नगरिएको द्वन्द्वपीडित देवविक्रम शाहले जानकारी दिए। युद्धसँगै आफू विस्थापित भए पनि नाम समावेश नगरिएको शाहको गुनासो छ। 'परिवारका ६ सदस्यसहित सदरमुकाममा चिया पसल गरेर जीविका चलाउन बाध्य छु,' शाहले भने, 'टाठाबाठा र भनसुन गर्ने जुनसुकै दलको भए पनि राहत प्राप्त गर्ने सूचीमा परेको, इमानदार र लाटा सोझा छुटेका छन्।' 

कार्यदलको प्रतिवेदनका आधारमा सरकारले अघिल्लो वर्षको असारमा राहत वितरण गरेको थियो। प्रतिव्यक्ति २५ हजारका दरले उक्त राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए। 'विगतको सिकाइलाई मध्यनजर गर्दै बैंक खातामा राहत जम्मा गरिदियौं,' प्रजिअ एमसीले भने, 'घरमुलीलाई परिवारका अन्य सदस्यको समेत राहत नगदै हस्तान्तरण गर्दा परिवारबाटै गुनासो आएकाले यस पटक हरेकको बैंक खातामा जम्मा गरिदिएका छौं।'

बासस्थान नहुँदा अझै भएन पुनर्स्थापना
द्वन्द्वका कारण लामो समय घर छोडेका कारण अधिकांश घर भग्नावशेषमा परिणत भएका छन्। जग्गासमेत बाँझो छ। जसका कारण पनि खेतीपाती गर्न मुस्किल भएका कारण ठूलो संख्याका द्वन्द्वपिडीतहरु अझै घर फर्केका छैनन्।

'घर फर्कनका लागि भन्दै सरकारले प्रति घरमुली १५ हजार र प्रति सदस्य ७ हजारका दरले राहत दिए पनि उक्त रकमले घर निर्माण र मर्मत गर्न पुगेन,' द्वन्द्वपीडित सरोकार केन्द्र रोल्पाका पूर्व अध्यक्ष पूर्णे पुनले भने, 'सदरमुकाम तथा अन्य बजार केन्द्रमा ज्याला मजदुरी गरेर जीविका चलाइरहेका छौं। हरेक परिवारलाई थप २० हजार उपलब्ध गराउने भनिएको थियो, अहिलेसम्म दिइएको छैन।'

विद्रोहीको दबाबमा परी घर छोडेका मध्ये अधिकांश सदरमुकाम लिवाङ, दाङ, बाँके,काठमाडौं लगायतका स्थानमा बसिरहेका छन। राज्यबाट विस्थापित हुनेमध्ये अधिकांश माओवादी जनयुद्धमा सहभागी भएको र केही वैदेशिक रोजगारीमा गएको बताइएको छ। 

जिल्लामा द्वन्द्वका कारण आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपमा ठूलै असर परेको थियो। जसको पूर्ति अझै हुन सकेको छैन। द्वन्द्व भुल्दै बिस्तारै सामान्य अवस्थामा फर्कंदै गरेका यहाँका जनता फेरि द्वन्द्व बल्झने भयले त्रसित छन्। 'द्वन्द्व नफर्कने गरी राज्यले असन्तुष्टका माग सम्बोधन गर्नुपर्छ,' द्वन्द्व प्रभावित पूर्णे पुन भन्छन्, 'विगत १० वर्षको द्वन्द्वले धेरै पाठ सिकाएको छ। द्वन्द्वलाई ख्यालठट्टाको विषय बनाउन हुन्न।'

पूर्व सांसद लेखनाथ आचार्य पनि विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई वार्ताको माध्यमबाट हल गर्नुको विकल्प नभएको बताउँछन्। 'कसैले पनि दम्भ र अहंकार गर्नु हुँदैन,' नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व सांसद आचार्यले भने, 'द्वन्द्वको झिल्को सानैबाट सुरु हुने हो। विगतको सिकाइलाई मध्यनजर गर्दै समाधान खोजौं।' यसका लागि बहुमतको दम्भ नराखी राज्य नै अभिभावक बन्नुपर्ने उनले बताए।

रोल्पालाई सरकारले विप्लव नेतृत्वको नेकपाको प्रभावित जिल्लाको रुपमा राखेको छ। सुरक्षा निकायले सरकारलाई ब्रिफिङ गर्दै रोल्पासहित देशका ३३ जिल्लामा विप्लव नेकपाको सघन उपस्थिति रहेको जनाएको थियो।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्