चितवन– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व भूमिसुधारमन्त्री विक्रम पाण्डेको जग्गा कब्जा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन रत्ननगर नगर समितिले पूर्व भूमिसुधार मन्त्री विक्रम पाण्डेको कालिका कन्ट्रक्शनको नाममा रहेको रत्ननगर–९, टिकौलीस्थित सिंचाई छेउमा ३ बिघा जग्गा आज पार्टीको झण्डा र व्यानर गाडेर नियन्त्रणमा लिइएको घोषणा गरेका हुन्।
बिगतमा कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जग्गा अहिले केही व्यक्तिले भोगचलन गरी उद्योग संचालन गर्न खोजेको भन्दै जग्गा पुनः कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।