काठमाडौं- सप्तरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी टोलीले छिन्नमस्ता गाँउपालिका ३ गोविन्दपुरस्थित सिमा क्षेत्रबाट भारतको सुपौल जिल्ला डगमारा ग्राम १२ घर बताउने २३ वर्षीय रमेश कुमार मण्डललाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट छिन्नमस्ताका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्रबहादुर थापाको कमान्डमा खटिएको टोलीले उनलाई आज पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।