काठमाडौं– विभिन्न कार्यक्रम गरी शुक्रबार काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ।
हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो।
त्यसैगरी मन्त्रीगणहरू, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुखहरू, उच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो।
समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए।
राष्ट्रपति भण्डारीले विभिन्न प्रतियोगितामा उत्कृष्ट घोडसवारहरूलाई पुरस्कार प्रदान गरेका थिए।
हरौं तस्बिरमा घोडेजात्रा :









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।